तेह्रथुम । प¥याप्त बर्षात नहुदा तेह्रथुमका ताल– तलैया सुक्दै गएका छन् । जिल्लाको आधा दर्जन पोखरी सुकी सकेका छन् भने अरु पोखरी पनि क्रमशः सुक्दै गएका छन् । आठराई छातेढुंगााको डेउडी पोखरी र सुङ्नामको पाँचपोखरी, पञ्चकन्याको छथरको पोखरी, ओख्रेको साँघुरी पोखरी, मेहरतापा पोखरी र शुक्रबारेको मुड्के पोखरी सुकीसकेका छन् । बाहै महिना टनाटन पानी हुने ति पोखरीहरूमा बर्खा याममा मात्र पानी जम्ने गरेको छ । पानी सुकेपछी कतिपय पोखरीमा स्थानीयले खनजोत गरी अन्नवाली लगाउन थालेका छन् । पर्यटकीय तथा धार्मिक महत्व बोकेका जिल्लाको मार्गा पोखरी, चिचिलिङ्ग पोखरी, रातपोखरी लागायतका पोखरी पनि सुक्दै गएका छन् । ति पोखरीहरूमा पनि आधाभन्दा बढी पानी सुकिसकेका छन् । आङ्दीम र फुलेकको सिमास्थित मार्गा पोखरी सुकेर एक चौथाई भागमा खुम्चिएको छ । २४ सय मिटर उचाईमा रहेको उक्त पोखरीको ८० प्रतिशत पानी सुकिसकेको मार्गा पोखरी संरक्षण समितिका सचिव लाक्पा छुती सेर्पाले बताए । ‘ विगत ५÷६ बर्ष अघिदेखी पोखरी सुक्न थालेको हो,’ उनले भने ‘ अव स्थानीय मुहानबाट पानी नल्याए पोखरी हराएर जानेछ ।’ विगत बर्षहरूबाटै पोखरीमा क्रमशः पानीको सतह घट्दै आए पनि यस वर्ष भने तिब्र रूपमा पानी सुकेको उनको भनाई छ । अव स्थानीय मुहानबाट पानी नल्याए पोखरी संरक्षण गर्न नसकिने सेर्पाले बताए । हिउँदमा हिउँ नपर्नु, बर्षातको मात्र घट्दै जानु र वरीपरीको घना जंगल तथा बुट्यान मासिदै गएकाले पोखरीमा पानी सुक्दै गएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तुलसी संग्रौलाको अनुभव छ । ओयाक्जुङ्ग, जल्जले, सिम्लेको सिमास्थित चिचिलिङ्ग पोखरी पनि सुकेर एक तिहाई भागमा खुम्चिएको छ । पोखरीको तिन भाग मध्ये दुई भाग सुकिसकेको चिचिलिङ्ग पोखरी संरक्षण ब्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर हुक्पा चोङ्वाङ्गले जानकारी दिए । पोखरीमा पानीको स्रोत नभएकाले प¥याप्त बर्षात नहुदा चिचिलिङ्ग पोखरी सुक्दै गएको उनले बताए । ‘पोखरीको एक मात्र स्रोत बर्षातको पानी हो,’ उनले भने ‘बर्षायाममा प¥याप्त पानी पर्न छाडेपछी पोखरी सुक्दै गएको छ ।’ विगत केहीबर्ष यता बर्षातको मात्रा घट्दै जानुका साथै पानीका मुहान सुक्दै गएका, जलवायुपरिर्वन भएकाले पनि पोखरीहरू पनि सुक्दै गएको वन उपभोक्ता महासंघका अध्यक्ष संग्रौलाले बताए । यसै गरि रहेका तीनजुरे, मिल्के जलजले क्षेत्रमा पाँचपोखरी, सुकेपोखरी, जोरपोखरी, गुफा पोखरी, लामपोखरी पनि सुक्न थालेका स्थानीयहरू बताउछन । यी पोखरीको समयमा नै संरक्षण गर्न सके पर्यटन व्यवसाय पनि फस्टाउने गुफा बजारका पेम्वा भुटियाले बताए ।