काठमाडाै । ‘विमानस्थलबाट कसरी छिर्छ सुन ?’ भनेर पूर्वएआईजी विज्ञानराज शर्माको भनाइलाई समेत समेटेको छ । शर्माले भनेका छन्-
त्यहाँ बिभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घेरामा मात्र प्रहरीसँग सेटिङ हुन्छ ।
त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्चरसँग पनि मिलेमतो हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत् गुप्तचरका कर्मचारीसँग मिलेमतो हुन्छ । यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।
पूर्वएआईजी शर्मा भन्छन्- सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन् । सबै मान्छे आ-आफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत् सामग्री पठाउँछ । यस क्रममा उसले तस्करीका सामग्री प्याक गरिएको लगेको फोटो भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ ।
एयरलाइन्सका कर्मचारीमार्फत् सर्कुलेट हुँदै सम्बन्धित जहाजको लोडरउसम्म पुग्छ । सोही फोटोको आधारमा तस्करको सामग्री पहिचान हुन्छ । लोडरले अन्यसँगै तस्कर सामग्रीलाई गाडीमा लोड गरेर भन्सार चेकजाँच कक्षमा लैजान्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री एक्सरे मेसिनमा एक-एक गर्दै चेकजाँच गरिन्छ । तर, तस्करीका सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखिहाले पनि चेकजाँच गर्नेले नदेखेझैं गरिदिन्छ । किनकी, त्यो लगेजको फोटो जाँच गर्ने कर्मचारीसम्म पुगिसकेको हुन्छ । तस्करीको सामान सुन हो भने रातारात सीमा कटाइन्छ ।