तेह्रथुम । परापूर्र्वकालदेखि दलित समुदायले मात्र बजाइरहेको पञ्चे र नौमती बाजा लोप हुन लागेको भन्दै आठराई गाउँपालिका खाम्लालुङ साम्थाङका ब्राह्मण महिलाहरू संरक्षणमा जुटेका छन् । बाजा बजाएकै कारण आपूmहरू अन्य समुदायबाट अपहेलित भएको भन्दै दलित समुदायले बाजा बजाउन छाडेपछि तिनै बाजाहरू सङ्कलन गरेर यहाँका महिलाले संरक्षण गर्न थालेका हुन् । विशेष गरेर शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउ“घरमा आयोजना गरिने यस्ता कार्यहरू सुनसान बन्न थालेका खाम्लालुङ निवासी देवीमाया दाहाल बताउँछिन् । पञ्चे र नौमती बाजा बजाएर गरिने विवाह पछिल्लो समय बाजाको अभावमा खल्लो हुँदै आएको दाहालको धारणा छ । लोपोन्मुख नौमती बाजाको संरक्षण गर्न अभियान थालेको स्थानीय अगुवा मन्दा निरौलाको भनाइ छ । यो कार्यले समाजमा रहेको जातीय विभेदको अन्त्य गर्न सहयोग पु¥याएको छ । उनकै पहलमा गाउ“भरिका महिलाहरूले यी बाजाको संरक्षण गर्न प्रयास थालेका हुन् । गाउ“मा रहेका ब्राह्मण परिवारका ३० जनाभन्दा बढी महिला बिहान सबेरै उठी घरका काम भ्याएर बाँकी समय पञ्चे र नौमती बाजा सङ्कलन गरेर बजाउने काममा व्यस्त छन् । गाउ“का यिनै ब्राह्मण महिलाहरूले तीन वर्षयता गाउँघरमा हुने विवाहमा पञ्चे र नौमती बाजा बजाएर उतारिरहेका छन् । ‘अब बाजा बजाउनकै लागि भनेर दलितलाई गुहार्नु पर्दैन ।’ निरौलाले भनिन् । बाजा बजाउँदा अन्य समुदायका व्यक्तिले दलित भनेर अपहेलना गरेको भन्दै दलित समुदायका जिल्लाभरका व्यक्तिले पछिल्लो समय अन्य जातिका शुभकार्यमा समेत बाजा बजाउन छोड्दै गएका छन् । केही वर्ष अघिसम्म यहा“का दलित समुदायका व्यक्तिले गाउ“भरिका विवाह, पूजाआजा, व्रतबन्ध, पुराण, असारे रोपाइँलगायतका शुभकार्यमा पञ्चे, नौमती तथा बेठीलगायतका बाजा बजाएर रमाइलो गर्दथे । तर अहिले दलितले छोडेको यो पेशा ब्राह्मण महिलाले सम्हालेको स्थानीय राधाकृष्ण खनालको धारणा छ । शुरुमा गाउ“का केही पढेलेखेका र लोकसंस्कृतिका बाजा रुचाउने दुई–चार जना महिलाले मिलेर शुरु गरेको बाजा बजाउने अभियानमा अहिले गाउ“भरिका सासू, बुहारी र छोरीहरू समेतले साथ दिएका छन् । प्रत्येक घरका छोरी–बुहारीले बाजा बजाउन सिकिसकेको स्थानीय शिक्षिका मञ्जु निरौलाले जानकारी दिइन् । उनी पनि यो अभियानमा संलग्न छिन् । नेपालीको मौलिक चिनारीको रूपमा रहेको पञ्चे र नौमती बाजा दलित जातिले बजाउन छोडेपछि यसको अस्तित्व नै मेटिन लागेकाले संरक्षणका लागि गाउ“भरिका ब्राह्मण महिलाहरू सङ्गठित भएका हुन् । बाजाको संरक्षका लागि गाउ“भरिका ब्राह्मण समुदायका महिलाहरू मिलेर सामथाङ युथ सोसाइटी नामको संस्थासमेत स्थापना गरेका छन् । दलित समुदायले ºया“केका बाजा किनेर यी महिलाले सङ्कलन गरेका छन् । नरसिंहा जिल्लामा नपाइएकाले सङ्खुवासभाको चैनपुरमा पुगेर खरिद गरिएको सोसाइटीकी सदस्य निरौलाले बताइन् । सोसाइटीमार्फत् सङ्गठित भएका ब्राह्मण महिलाहरूले सहनाई, दमाहा, भ्mयाम्टा, ढोलकी, मादल, नरसिंहा, नगरा, ट्याम्कोलगायतका बाजा खरिद गरेर ल्याएका छन् । सोसाइटीले अहिले गाउँभरिका ब्राह्मण परिवारका युवायुवती तथा बूढापाकाहरूलाई यी बाजा बजाउने प्रशिक्षण समेत दिइरहेको छ । दलित समुदायले छोडेको काम उच्च जात भनिने ब्राह्मण त्यसमा पनि महिलाहरूले सम्हालेको भन्दै अहिले जिल्लाभर चर्चा चलेको छ । गाउँभरिका ब्राह्मण महिलाहरू घरको काम था“ती राखेर प्रत्येक दिन दुई घण्टा बाजा बजाउने तालीम लिइरहेका छन् । सिक्न आउने सबैलाई स्थानीय शिक्षक सीताराम निरौलाले आफ्नै घरमा सबै प्रकारका बाजा बजाउन सिकाउँछन् । ब्राह्मण परिवारका निरौला दलितले बजाउने सबै प्रकारका बाजा बजाउन जान्दछन् । अन्य गाउँका ब्राह्मण महिलाहरू दलितले बजाएका बाजा छुँदासमेत अछूत होइने डरले छिःछिः र दूरदूर गर्छन्, तर यहाँका ब्राह्मणहरू भने तिनै दलितले बजाएका बाजा खोजेर बजाउने काममा तल्लीन छन् । लेकाली यो गाउँको ब्राह्मण बस्ती प्रत्येक दिन जसो पञ्चे र नौमती बाजाले गुन्जायमान हुन थालेपछि वरिपरिका गाउँका बासिन्दाहरू रमाइलो मानेर हेर्न आइरहेका छन् । पहिलोपटक हेर्न आउनेहरू ब्राह्मण महिलाहरूले बाजा बजाएको देखेर अनौठो मानेर हेर्ने गर्छन् । गाउँ–गाउँमा छरिएर रहेका लोकबाजा, लोकसंस्कृति, लोकनृत्यलगायतका कलाको संरक्षण र जगेर्ना गर्न राज्यले सहयोग गर्नुपर्नेमा कतैबाट सहयोग नपाएकोमा भने गाउ“का यी ब्राह्मण महिलाहरू दुःखी छन् । जातीय रूपमा पक्षपाती रहेको समाजलाई चुनौती दिएर गरिएको यो कामका लागि गाउँपालिकासँग बाजा खरिद गर्न केही आर्थिक सहयोगको मागसमेत उनीहरूले गरेका छन् । गाउँपालिका उपाध्यक्ष रूपा कन्दङ्वा उनीहरूले गरेको आँट, शाहस र सीपबाट आफु प्रभावित भएको बताउँछिन् ।