महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन हो ।
शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।
कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउँदा शरिरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमितता आउने गर्दछ । तनाव पनि महिनावारी गढबढीको कारण मध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ ।
पाठेघरका विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ । यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको सुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भई नै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन हुदैन् । डाक्टर वैद्यका अनुसार महिनावारी २१ देखि ३५ दिनसम्मको लागि नर्मल साईकल भनिन्छ ।
तर सबैको पाठेघरको बनोट एउटै नहुने भएकाले सबैको चक्र एउटै हुँदैन । ३–४ दिन यता–उता भयो भने खासै फरक पर्दैन तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन । ‘महिनावारी गडबढी व्यक्तिपिच्छे फरक पर्ने हुन्छ । २१, २८ वा ३० दिनमै महिनावरी हुनु पर्ने कुनै नियम छैन । सुरुदेखि जस्तो भइरहेको छ । अहिले पनि त्यस्तै हो भने त्यो सामान्य हो ।’ यसैगरी तीन चार दिनको तल माथि हुनुलाई पनि सामान्य नै मानिन्छ ।