यासोक/सिंह दरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधिहरु आफ्नो सेवा सुबिधाको लागि लाखाैं र करोडौं पर्ने गाडीहरुमा गुड्ने गर्दछन् तर पाँचथरको यस्तो एउटा स्थानिय तह छ । जस्ले आफ्नो सुबिधा भन्दा पनि जनताको सुबिधा प्रति चासो दिएको छ । प्रसंग हो, पाँचथरको सुख्खा ग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको जताततै खानेपानीको संकटमा परेका नागरिकलाई गाउँपालिको पहिलो गाउँसभाबाटै पानी खुवाउनको लागि उत्घोष गर्यो फलस्वरुप कार्यालयले ढिलै भए पनि खानेपानी बितरण गर्न थालेको छ । सुलभ मुल्यमा पानी बितरण गर्ने उदेश्य अनुरुप ट्रयाङकर खरित प्रकृया पुरा गरी गाउँपालिकाले पानी बितरण गर्न थालेको हो ।

खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई खानेपानीको पहूँचमा पुर्याउनको लागि यो अभियानलाई तिब्रता दिन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कुल ४५ लाखको लागतमा ट्रयाक्टर सहितको ट्रयाङकर खरित गरेको हो । खानेपानीको गंम्भिर समस्या भएका वडाहरुको पहिचान गरी सामूहिक रुपले उक्त क्षेत्रमा खानेपानी बितरण गर्ने गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । स्थानियहरुले प्रति लिटर दुई देखी डेढ रुपयाँ सम्मको दरले पानी किनेर खानुपर्ने बाध्यता थियो । तर अहिले परिवारका आवश्यकता र हाेटल व्यबसाय गर्न सहज भएको छ । अध्यक्ष चेम्जोङले भने । खानेपानीको समस्या भएको कुम्मायक गाउँपालिकाको विभिन्न वडाहरुमा खानेपानीको हाहाकार छ ।

मेलेम्ची पछि कै दोस्रो ठुलो आयोजनाको रुपमा रहेको तमोर लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न नभए सम्मका लागि स्थानियहरुलाई राहत दिन गाउँपालिकाले ६० पैसामा पानी वितरण गर्न थालेपछि स्थानियहरु हर्सित समेत भएका छन् । स्थानिय हाेटल व्यबसाय देबेन्द्रकुमार सम्बाहाम्फे भन्छन् खानेपानी किनेर मात्रै प्रयोग गर्नु पर्ने भएकाले यो सस्तो रेटमा गाउँपालिकाले खानेपानी उपलब्ध गराएको छ । राम्रो काम गर्नेलार्इ  रामै भन्नुपर्छ । खानेपानी बितरणको सेवा अहिले बजारमा मात्रै केन्द्रित भएको छ त्यसलाई गाउँमा पनि केन्द्रित गर्नुपर्छ सुझाब दिदै उनले भने ।

गाउँपालिकाको यासोक बजारमा मात्रै दैनिक ५० देखी ६० हजार लिटर पानी खपत हुने गरेको छ । आधारभूत आवश्यकता पूरा गर्न नसकेको उक्त खानेपानी आयोजनाले दैनिक २० देखी २५ हजार लिटर पानी पनि पुर्याउन समेत हम्मे–हम्मे हुने गरेको यासोक खानेपानी सरसफाई उपभोक्ता समिति अध्यक्ष तथा वडा न. १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । बजारममा खानेपानीको आवश्यकता पुरा गर्न साना तिना आयोजनाले सकिरहेको छैन भने गाउँ घरमा खानेपानीका श्रोतहरु सुक्दा यो समस्याले बिकराल रुप लिदै छ । उनले भने ।