यो लेख तयार पार्दासम्म भारतको केरलामा निपा भाइरसबाट संक्रमितहरु मध्ये एक जना नर्स सहित १४ जनाको मृत्यु भैसकेको समाचार प्राप्तभएको छ । नेपाल भारत खुला सिमानाका कारण नेपालमा पनि यस भाइरस फैलने जोखिम बढेको छ ।
के हो निपाभाइरस संक्रमण ?
निपाभाइरस हालसालै पुन फैलिएको एक प्रकारको ज्यानै लिन सक्ने कडा प्रकारको संक्रमण हो । जुन ‘निपा’नामक विषाणु (एक प्रकारको आरएनएभाइरस)द्वारा जनावर तथा मानिसमा सर्ने गर्दछ । उक्त भाइरस विशेष गरी फलफुलखाने ‘टेरोपस’जातिको संक्रमित चमेरोको र्यालमा पाइने गर्दछ । यो भाइरसको संक्रमण कालिन अवधि ४ देखि १४ दिन सम्महुने गर्दछ ।
कहाँ देखियो पहिले ?
निपाभाइरस अर्थात् एनआइभी संक्रमणको रुपमा सर्वप्रथम सन् १९९८ मा मलेसियाको ‘काम्पुंग सुंगाई निपा’भन्ने ठाउँमा रहेको एक सुगुर फर्मका सुगुरहरुमा देखिएको थियो । त्यहिबाट यसको नाम निपा रहनगयो । त्यसबेला २ सय ५७ जना व्यक्तिहरुमा यसको संक्रमण देखिएकोमा १ सय ५ जनाले ज्यान गुमाएका थिए भने लाखौँको संख्यामा सुगुरहरु मरेका थिए । त्यसपछि सन् २००४ मा बंगलादेशमा निपा संक्रमित चमेरोको र्यालको जुठो मिसिएको ताडी पिउनाले मानिसमा यो भाइरस सरेको थियो । हाल आएर यो भाइरस मानिसबाट मानिसमा समेत सर्ने गरेको पाइएको छ ।
[caption id="attachment_83498" align="alignleft" width="248"]
लेखकः मिलन खरेल[/caption]
लक्षण ?
यस भाइरसबाट संक्रमित व्यक्तिहरुमा कुनै पनि लक्षणहरु नदेखिने, सामान्य रुघाखोकी, घाँटी दुख्ने, बान्ताहुने, शरीर दुख्ने जस्तो देखि लिएर घातक मस्तिष्क ज्वरो (इन्सेफलाइतिस) तथा कडा किसिमको फोक्सोको संक्रमण (न्यूमोनिया) समेत हुने गर्दछ ।
सर्दछ कसरी ?
यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष सम्पर्कबाट, संक्रमित व्यक्तिको थुक, र्याल, सिगान आदिको सम्पर्कबाट, संक्रमित चमेराले जुठो पारेको फलहरु , ‘ताडी’ भनिने रुखबाट निस्किएको नशालु तरल पदार्थको सेवनबाट, तथा सुगुर जस्ता संक्रमित जनावरको राम्रोसंग नपाकेको मासु खानाले सर्ने गर्दछ ।
उपचार ?
अहिले सम्म यस भैरसको नियन्त्रणका लागि कुनै पनिखोप बनेको छैन । वैज्ञानिक हरु यस भाइरस विरुद्धको खोप चाँडो भन्दा चाँडो निकाल्नकालागि दिनरात लागिरहेका छन् । अहिले भने यस रोगका बिमारीलाइ लक्षणहरुका आधारमा उपचार गरिन्छ ।
बच्ने कसरी ?
- संक्रमितव्यक्तिहरुसंगको प्रत्यक्ष सम्पर्कबाट टाढै रहने
- घर बाहिर निस्किदा नाक मुख ढाक्ने किसिमको मास्कलगाउने
- साबुनपानीले नियमितरुपमाहातधुने
- चरा,चमेरा आदिले केहि भागखाएर जुठो लगाई छोडेको फलफुल नछुने र नखाने
- सुँगुरजस्ताजनावर पालेको खोरको छेउ छाउमा नजाने
- ताडी जस्ता नशालु पेयपदार्थ सेवनगर्नै परे उमालेर मात्रपिउने
- फलफुलखानु अघि राम्रोसंग बोक्रा ताछ्ने वापखाल्ने
- आफ्नो र बच्चाको व्यक्तिगतसरसफाइमाध्यानदिने
- घरमा रहेकाखाद्द्य सामाग्रीहरु राम्रोसंग छोपेर राख्ने
मिलन खरेल
प्राणी शास्त्रविभाग
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय प्रविधि क्याम्पस, हातिसार, धरान
[email protected]