पथरी । ठेक्का लिएर समयमै काम नसक्ने र काममा लापरवाही गर्ने ठेकेदारलाई सरकारले पक्राउ गरिरहदा मोरङ कानेपोखरी –४, स्थीत भलुवा खोलामा निमार्णधिन भलुवा जल सिंचाई खोलाको बाँधको काम सम्पन्न नै नभई र्चकिने र भत्किने काम सुरु भएको छ । ठेकेदार र समितिका लापरवाहीको कारण मुहानको बाँध र टुक्रे योजनाको कामहरु र्चकिन र भत्किन थालेको उपभोक्ताहरुले बताएका छन् । सिंचाईको मुहानको बाँधमा, र पैनिको बिभिन्न स्थानमा टुक्रे योजनाबाट निर्मित कङ्क्रिट आरसिसि पैनि काम नै सम्पन्न नगरी फुट्न थालेपछि ठेकेदार र समितिको मिलेमतोमा व्यापक भ्रष्टचार भएको पैनि उपभोक्त टंक प्रसाद मिश्रले बताए । सिंचाई मुहानको बाँध र बिभिन्न स्थानमा निर्मित टुक्रे योजनाहरुको काममा कम्सल बस्तु लगाएर निमार्ण गरिएकोले र्चकिन र फुट्न् थालेको मिश्र बताउँछन् । उनले भने–‘काम गर्ने बेलामा धेरै समय सम्म राखेको डल्ला परेको सिमेन्ट लगाएर काम गरेको र स्टीमेट अनुसार काम भएकै छैनन् ।’ एम÷एस कन्काई–रौताह जे.भि काठ्माडौका कम्पनीले योजना ठेक्का लिएको ४ बर्ष पुग्दा पनि काम सम्पन्न गर्न सकेको छैन । कम्पनील ४ करोड,७१ लख ७० हजार ९ सय ८८ रुपैयामा २०७३ जेठ २८ गते काम सम्पन्न हुने गरी ठेक्का लिएका थिए । कम्पनीले २०७१ चैत २५ गते काम सुरु हुने गरी कामको सम्झौता गरेका थिए । ठेक्काको म्याद सकिएको दुई बर्ष कटि सकेको छ । तर म्याद थपको बोर्ड भने पुरानै टाँस गरिएको छ । कानेपोखरी –४, खोरिया टोल स्थीत माझी गाउँमा दुई बर्ष अघि टुक्रे ठेक्कामा ठेकेदारले ठेक्का लिएको कामको आधा भाग नसकि पुरै रकम निकासा गरी ठेकेदार बेपता भएका थिए । ठेकेदारले लगभग ३ सय फुटको कामको ठेक्का लिएका थिए । लगभग ७० प्रतिशत बनाएर छोडेको कै साल कङ्क्रिट आरसिसि पैनी चिरा चिरा परे, फुटेर पानी रसाउने गर्दै आएको स्थानीय तिर्थराज भण्डारीले बताए । पैनिको चौडा चार फुट हुनु पर्ने तीन फुट बनाएको र बनाएको स्थानमा कोट्याउदा फस फस जाने थालेकोले यस योजनामा ब्यापक भ्रष्टचार गरेको आरोप उपभोक्ता टंकप्रसाद मिश्रले लगाएका छन् । उपभोक्ता अन्यायमा परेको गुनासो लिएर गाउँपालिका गएका छौँ, कुरा सुनुवाई नभए अखितियारमा जाने मिश्र बताउँछन् । दुई हप्ता अघि भलुवा जलसिंचाई उपभोक्ताका अध्यक्ष भोज बहादुर घिमिरे,सचिव राजेन्द्र दाहाल लगाएतका समितिका सदस्यहरु बनाएर छाडेको फुटेको कङ्क्रिट पैनिलाई फुटेको टाल्दै बाँकी काम गर्ने भनि काम सम्पन्न भएको माइनेटिङ गर्न सोहि स्थानमा गएका थिए । तर त्यहाँको स्थानीय उपभोक्ताहरुले दिएनन् । डाँसखोला नजिकमा रहेको पैनिको कङ्क्रिट नालाको चौडा ३ फुट मात्र बनाएकोले ४ फुट हुनु पर्ने माग सहित फुटेकोलाई भत्काएर नयाँ बनाउनु पर्ने माग राखेका थिए । समितिले ३ दिनको समय माग गरेर स्टीमेट ल्याएर देखाएर, ठेकेदारलाई भनेर काम गर्ने बताएका थिए । तर समितिले अन्तै मिटिङ बसेर काम सम्पन्न भएको माइनेटिङ गरेर बाँकी रहेको काम गर्न थालेको पीडित उपाभोक्ताहरु बताउँछन् । योजनाको निमार्णमा निमार्ण समिति र ठेकेदारको नङ र मासुको सम्बन्ध हुन्छ । तर यहाँ समितिको लापरवाही देखिएको छ । उपभोक्ताहरुले योजनाको स्टीमेट देखाउनुस भन्दा भलुवा जलउपभोक्ता समितिका सचिव राजेन्द्र दाहालले स्टीमेटको अनुहार नै नदेखेको बताउँदै समितिलाई ठेकेदारले नदिएको बताए ।
उता मुहानको बाँधमा बाँधको उत्तर पटी बाँधको उचाई अनुसारको तारजाली सहित माटोले पुर्नु पर्नेमा तीन फुट होचो र बाँध दक्षिण तिर एक सय फुट लम्बाई हुनु पर्ने ५० फुट मात्र तारजाली सहित माटो लगाएको भन्दै काम पुरा नगरेको मुहानको बाँध छेउमा घर भएको स्थानीय दिपक घिसिङ बताउँछन् । उनले भने–‘उत्तरमा बाँधको दुबै पटी बाँध सम्मको उच्चाईमा तारजाली सहित माटोको स्पर लगाईएना भने बर्षामा पानी कटेर खेत बगाउने डर खेतधनीहरुको छ र कामको लापरवाहीले बाँधमा पनि फिनिसिङ् राम्रो भएको छैन, ठाँउ ठाँउमा फुटन् थालेको छ ।’ उता एम÷एस कन्काई–रौताह जे.भि काठ्माडौका कम्पनी ठेकेदार धिरेन्द्र दाहालले काम स्टीमेट अनुसार निमार्णमा एक नम्बरको गरेको बताएका छन् । काम सम्पन्न हुन लागेको छ । सोमबार नै सोही स्थानमा आएर स्थलगत अवलोकन गरी काम सम्पन्न भएको समूहलाई जिम्मा लगाउने उनले बताए । उता ५ बर्ष अघि भलुवा जलसिंचाई उपभोक्ता समूहले प्रत्येक बर्ष उपभोक्ताहरुबाट भलुवा बाँध बाँधन् योजना ल्याउने भन्दै प्रत्येक उपभोक्तहरुबाट रकम संकलन गरेको छ । समूहले एक विगाह जग्गा बरावर ५ हजार रुपैयाले संकलन गरेका थिए । कानेपोखरी वडा नं. ३ र ४ का २ सय ७५ विगाह क्षेत्रफलबाट १३ लाख ७५ हजार रकम संकलन गरेका थिए । बाँधको मुहान देखि लगभग दक्षिण ५ किलोमिटरको दुरीमा सो बराबरको क्षेत्रफल रहेको छ । १० बर्ष अघि सो वरावरको उपभोक्ताहरुको लगभक ३ सय ५० विगाह क्षेत्रफलको हारहारीमा रहेको थियो । तल्लो भेगका उपभोक्तहरले विद्युतिय पम्पसिट(मोटर) जडान गरेपछि जल उपभोक्ताहरु क्रमश घट्दै गएको थियो । रकम संकलन गर्दा २०७२ को जेठमै तयार हुन्छ भन्दै रकम संकलन गरेको जल उपाभोक्त मेघनाथ लिम्बूले बताउँछन् । समूहले तोकिएको समयमा रकम नदिदा उपभोक्ताहरुबाट ५हजारको मासिक व्याज समेत असुल गरेको थियो । यत्रो रकम उठाएर के गर्यो समूहले, रकम संकलन गरेको ४ बर्ष वितिसक्यो के मा खर्च गरयो सवै रकमको खोजी हुनु पर्ने जल उभोक्ता लिम्बूले बताए । सबै उपभोक्ताहरुबाट रकम उठ्न नसकेको र उठेको रकम बैंकमा रहेको भलुवा जल उपभोक्त समुहका सचिव दाहालले बताए । भलुवा खोलालाई २०४६ सालमाबाट त्यस स्थानको उपभोक्ताहरुले जल उपभोग गर्न सुरुगरेको हो । खोला गहिरो ठाउँमा भएको कारण पटक पटक उपभोक्ताहरुलाई दुःख दिने गरेको थियो । विस्तारै बाँध जिर्ण हुदै गएपछि त्यस पुरानो बाँधबाट पानी नै नआउनाले उपभोक्ताहरु आकाशे पानीको भरमा खेति गर्दै आएका थिए । बर्षनी १० पल्ट बोराको बाँध बाँधेर ल्याएर माथिल्लो भेगका केहिले खेति गर्दै आएका थिए । बोराको बाँधलाई पटक पटक बाँढीले बगाए लैजाने भएकोले बाँध बाँधि रहनु पर्ने जल उपभोक्ता धनबहादुर धिमाल बताउँछन् ।