दुलारी । उत्तरी मोरङको सुन्दरहरैचा नगरपालिका–५ मा रहेको पर्यटकिय स्थल हसिना सिमसार लाई पर्यटकको अकर्षक केन्द्रको रुपमा बिकास गरीने भएको छ । पछिल्लो समयमा पर्यटकहरुको संख्या यस क्षेत्रमा बढ्दै गए पछि पर्यटकिय क्षेत्र ब्यवस्थीत बनाउँन जनप्रतिनिधिहरु कम्मर कसेर लाग्ने भएका छन । हसिना सिमसार क्षेत्रलाई १ नं प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिले जनाएको छ ।इटहरी चौक देखी ७ किलोमिटर उत्तर पुर्वमा रहेको हसिना सिमसार पर्यटकको आकर्षणको केन्द्र पनि वन्दै गएको छ । सिमसार क्षेत्रमा बुद्ध बिहार, बुद्ध पोखरी, बुढासुब्बा मन्दिर, नाग पोखरी, साकेला थान, शिवालय मन्दिर आदि धार्मिक क्षेत्रहरु पनि बनाइएको छ । धार्मिक आगन्तुकहरुको पनि आकर्षणको केन्द्र बन्दै गएको पाईन्छ । करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रमा साना,ठुला गरी २० भन्दा धेरै सिमसार पोखरी रहेका छन् । यस स्थलमा विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु, र पशुपन्छी वस्ने गर्दै छन् । यसलाई नगरपालीकाले पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्दै आएको छ । पर्यटकलाई लोभ्याउन थप विकासको कामहरु गर्ने लागिएको सुन्दरहरैचा वडानम्वर ५ का वडाअध्यक्ष राम रिजाल बताउँछन । उनी भन्छन् सिमसार क्षेत्र सम्म पुग्ने बाटोलाई कालोपत्रे र पर्यटकहरुको लागी सिटी सफरीमा कुदाउँने योजना छ । हसिना सिमसारको आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमा राखिएको छ । पर्यटकलाई अकर्षक वनाउन चिनपांजीको मुर्ती, पाण्डाको कलात्मक प्रतिमा र पृथिवी बाट लोप भएको भनीएको डाईनासरको मुर्ती हसिना सिमसमर क्षेत्रमा वनाईएको छ । पर्यटकको अझ आकर्षक गर्ने उदेश्यले भ्यूटावर वनाउने योजना रहेको हसिना सिमसार संरक्षण तथा पर्यटन विकाश संस्थाका सचिव शिव राई कहन्छन् । पर्यटकिय क्षेत्र हसिना सिमसारलाई अझै ब्यवस्थीत गदै लौजानुको विकल्प नभएको स्थानीयपवासी देवेन्द्र लामाको भनाई छ । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु, र पशुपक्षीको बासस्थान रहेको सो स्थान पर्यटकीय क्षेत्र मात्र हैन वनभोज, अध्ययन,अनुसन्धान र अवलोकन लागि समेत उत्तिकै उपयोगी छ उनले भने । त्यस कारण पनि यसलाई अझै ब्यबस्थीत गर्नु पर्छ । १२ महिना बगिरहने जरुवा पानीको मूल रहेको सो सिमसार क्षेत्र पर्यटकको लागी मुख्य गन्तब्य हुन सक्ने बताउँछन अर्का स्थानीय हस्तबहादुर तामाङ । उनी भन्छन् केही वर्षयता नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागि बजेट विनियोजन गरी आकर्षक गन्तव्यका रुपमा विकास गरिरहेको भए पनि नगरले अझै राम्रो बनाउँदै लानु पर्छ । सुन्दरहरैचा नगरपालिकाले हसिना सिमसारलाई राम्रो संरक्षण र प्रवद्र्धन गर्न सके यो नगरको राम्रो आय श्रोतको रुपमा विकासहुन सक्ने थियो । ठुलो क्षेत्रमा फैलिएको यो सिमसार क्षेत्र इटहरीको तालतलैया सँग पनि ठोकीने भएकोले दुवै क्षेकको समन्वयमा यसको विकास गर्न सके पर्यटकको संख्यामा पनि बृद्धिहुने देखिन्छ । यसलाई स्थानीय सरकारले मात्र नभई प्रदेश सरकारले समेत पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लाग्ने कि ?

साथमा तस्विर पनि छ ।