विराटनगर । ३८ सय किलो सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्यामबहादुर खत्री पुर्पक्षको लागि जेल चलान भएका छन् ।

लामो समयदेखी फरार भएका मुख्य आरोपी मानिदै आएका एसएसपी खत्री आकस्मात बिहीबार १०ः ४५ बजे मोरङ अदालतमा सुटुक उपस्थति भएका थिए । सोही दिन अदालत समक्ष १२ पृष्ठको बयान दिएपछि थुनछेक बहसपछि जिल्ला अदालत मोरङका न्यायधीश नारयणप्रसाद शर्माले खत्रीलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएका हुन् ।

संगठीत अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.ब. ११८ को देहाय २ का आधारमा खत्रिलाई पुर्पक्षका लागि सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिएको अदालतका निमित्त श्रेष्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।

सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए भने खत्रीको पक्षमा अधिवक्ता हेमराज पन्तले प्रतिरक्षा गर्दै बहस गरेका थिए ।

अभियुक्त खत्रीले बडो चालकी पुर्वक संक्षितमा सबै इन्कारी बयान दिएकोले समय अगावै बयान सकिएपछि अदालतको ६ नम्बर इजलासमा थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसलाई धेरै नलम्याउन न्यायधिश शर्माले गरेको आग्रह गरे अनुसार साढे पाँच बजे बहस सकिएको थियो । त्यसपछि अदालतले सवा छ बजे आदेश लेखेर एसपी खत्रीलाई मोरंग जिल्ला अदालत पुर्पक्षकालागि पठाउन आदेश गरेको थियो । थुनेछेक बहसमा खत्रीका कानुन व्यवसायीले पहिले सादा तारेखमा पक्षलाई छाडन आग्रह गरेका थिए । बहसकै क्रममा पक्षले धरौटी राख्न सक्ने अबस्था नभएकोले पुर्पक्षकालागि जेल पठाउनुपर्ने भएमा गोरेलाई पठाएको मोरङ कारागार नभएर झुम्का कारागार पठाउन निबेदन गरका थिए । तर न्यायधिश नारायण शर्माले खत्रीलाई पुर्पक्षकालागि मोरंग जिल्ला अदालत पठाउन आदेश गरे । खत्रीलाई मोरङ कारागारमा ठाउ नभएको खण्मा मात्र झुम्का कारागार लैजाने भएको छ ।

अदालतसमक्ष खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बयान दिएका छन् । खत्री अदालतमा उपस्थीति भएलगत्तै न्यायाधीश शर्माको इजलासमा बयान लिन सुरु गरिएको थियो । करिब ५ घण्टा चलेको बयानमा उनले त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको कुरा आफूलाई थाहा नभएको र तस्करीमा संलग्न समेत नरहेको दाबी गरेका छन् । सुन तस्करीमा सघाएबापत रकम लिने गरेको कुरा पनि सत्य नभएको उनले बयानमा भनेका छन् ।

खत्री फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सर्कुलर जारी गरेको थियो । पारिवारिक स्रोतका अनुसार खत्री भारतको देहरादुनमा बसिरहेका थिए । सुनकै मुद्दामा काठमाडौंमा जारी अर्को मुद्दाको तारेख जेठ २४ गते परेकाले उनी आएको बताइएको छ ।

एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । २०७३ चैत ४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

यो मुद्दामा पूर्वडिआजी गोविन्दप्रसाद निरौलासहित २८ प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ । उनीहरुलाई सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागारमा राखिएको छ भने सुन तस्करी र सनम शाक्या हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोर समेत पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । उनी अहिले मोरङ कारागारमा छन् ।

त्यसबेला प्रहरी नियन्त्रणमा रहेका ३० प्रतिवादीमध्ये एसएसपी खत्रीको चालक रहेका प्रहरी जवान विष्णुबहादुर खड्कालाई उनलाई जिल्ला अदालतले १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ । खत्रीका अंगरक्षक अम्मरबहादुर थापालाई साधारण तारेखमा रिहा भएका थिए ।

जिल्ला न्यायाधिवक्ताको कार्यालय मोरङले बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै खत्रीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।