इटहरी । अहिले शहर बजार क्षेत्रमा जति अरू सामानका पसल छन, त्यति नै धेरै सुन पसल छन । कुनै समय अबैध जनताको पैसा खेलाउँन पाएर मालामाल भएका सुन ब्यावसाय अहिले ओरालो लाग्ने क्रममा छ । इटहरी तथा तरहरा क्षेत्रका सुन पसलहरु अहिले आर्थिक संकटमा गुज्रन थालेको छ । सुन पसलमा राखेको पैसा फिर्ता लिन पुग्नेहरु दैनिक रित्तोहात फर्कन बाध्य छन । सुन पसलमा राखेको रकम अहिले पसलेहरुले दिन नसके पछि अधिकांस सर्वसाधरण रुष्ट हुन थालेका छन । सरकारले अनुत्पादक क्षेत्रको लगानीमा कडाई गरे सँगै अहिले सुनपसलमा कारोबार ठप्प जस्तै हुन पुगेको छ । केहि समय अगाडी सिआईबीले पूर्वी नेपालको सुन पसलमा छापा मारे सँगै बचतकर्ताले सुन पसलमा पैसा राख्नु हुदैन रहेछ भन्दै धमाधाम राखेको पैसा निकाल्न थाले पछि अहिले सुन ब्यावसाय संकटमा पर्ने थालेको हो । तरहरामा रहेको सिंहदेवि ज्वेलर्स बचत कर्ताको करीब १५ करोड फिर्ता गर्ने नसकेर बन्द हुन पुगेको छ । पूर्वाअञ्चल सुनचादी ब्यावसायी संघ इटहरीका अध्यक्ष तथा मनकामना ज्वेलर्सका सञ्चालक विश्व धिमालले पहिला पैसा राख्नेहरुले राखेको थिए अहिले सुपसलमा राख्नु हुदैन भने पछि ग्राहकहरुले एकै चोटी माग्न आउँन थाले पछि सुन पसलहरु धरासायी हुदै गएको छ । अहिले हामीले एकै चोटी पैसा कहाँबाट लिएर दिने ? उनले प्रश्न गरे । पैसा राख्नेहरु एकै चोटी पैसा निकाल्न आउँदा ठुलो समस्या भयो उनले भने । इटहरीमा करीब १ सय ४२ संघमा दर्ता छन त्यो बाहेक करीब ५० बटा अरु छन । सुनचादी ब्यावसायी संघ तरहराका अध्यक्ष दिपक गजमेरले आर्थिक संकटकै कारण तरहरा क्षेत्रका सुनपसलहरु धमाधम बन्द हुन थालेको वताए । बन्द नहुनेको पनि सुन पसलमा सुन छैन । सुन पसलमा राखेको पैसा एकै चोटी बचतकर्ताहरुले मागे पछि सुन पसलहरु टाट पल्टीन थालेको उनको भनाई छ । बचत गरेको रकम ब्यावसायीहरुले अन्यत्र लगानी गरेको हुन्छ तर एकै चोटी बचत निकाल्न आउँदा ब्यावसायीले कसरी दिन सक्छ उनले प्रश्न गरे । अहिले ब्यावसायीहरु बचत फिर्ताकै कारण टाट पल्टने अवस्था आएको छ गजमेरले भने । उनका अनुसार तरहरामा संघमा दर्ता ४१ वटा सुन पसल छन । अधिकांस सुन ब्यापारीले बचतकर्ताको नाममा जम्मा भएको रकम जग्गा तथा अन्य ब्यावसायमा लगानी गदै आएको ब्यावसायीहरु स्वीकार गर्छन।

अबैध कारोबार धेरै उखानै छ, ल्हासामा सुन छ, कान मेरो बुच्चै । जनजीवनमा चलेको यस उखानले नेपाली बजारमा आउने सुनको प्रमुख स्रोत चीनको ल्हासा नै हो कि भन्ने देखाउँ । तर, यथार्थ अर्कै छ। नेपाली बजारमा वैध रूपमा कारोबार हुने सुन अन्य मुलुकबाट आउँछ । त्यही तस्करी गरी आएको सुन पसलहरु सम्म पुगेर कारोबार हुदै आएको थियो । कुन पनि सुन पसलले बचत कर्ताहरुको पैसा सुन पसलमा राख्न नपाउँने कानुनी प्राबधान भए पनि अधिकांस सुन पसलहरुको धन्दा यसरीनै चल्दै आएको थियो । सुन पसलहरुले महगंो ब्याजमा पैसा लिदै आएका थिए । तर अहिले बचतकर्ताहरुले सुन पसलमा पैसा राख्दा समस्या हुने भन्दै धमाधाम बचत फिर्ता मागे पछि सुन पसलेहरुको उठिबास हुन पुगेको छ ।

जनताको पैसा ढुब्दै वित्तीय अपराधविरुद्ध पूर्वमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सुन पसलहरुमा छापा मारे सँगै बचतकर्ताहरुले रकम ढुबेको थाहा पाए । गैरकानुनी वित्तीय कारोबार गर्ने सुनचाँदी पसलमा राखेको पैसा फिर्ता नपाउँदा अधिकांस बचतकर्ताको विल्लीबाठ हुन पुगेको बचतकर्ताहरु बताउँछन । शहरी क्षेत्रमा बग्रेल्ती खुलेका सुन पसलको काम सुन किनबेच गर्ने भए पनि बचत संकलन गर्ने र ऋण प्रवाह गर्ने गरेको पाइएको छ । बचतकर्ताले महँगो ब्याजको प्रलोभनमा पारेर संकलन गरेको पैसा सुनचाँदी व्यवसायीले घरजग्गा र सुनचाँदी खरिद बिक्रीमा उपयोग गदै आएका थिए । जस्का कारण सुनसरीमा मात्र बचतकर्ताहरुको अरबै रुपैया जोखिममा हुन पुगेको छ ।