सुन्दरहरैचा । बावु लाहुरे भए भने छोराहरुलाई पनि लाहुरे नै हुन उत्प्रेरणा दिने गर्दछन् । लाहुरे भएपछि आरमदायि जिन्दगी वित्ने भएकोले लाहुरे बन्न अहिलेका युवा पुस्ता समेत भत्र्तिm हुन तछाड मछाडनै गर्दछन् । तर, मोरङको सुन्दरहरैचा नगरपालिका – ११ बेलेपुरका ब्रिटिस लाहुरेका छोरा धनबहादुर लिम्बुलाई लाहुरे बन्ने बन्ने कुनै इच्छा जागेन । बरु उनी स्वदेशमै आफनो लगानीमा व्यवसायी गर्ने इच्छा गरे । काम गर्ने इच्छा शक्ति र योजना भयो भने स्वदेशमै बसरे पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदारण प्रस्तुत गरेर अहिले धनबहादुर सबैको अनुकरणीय बनेका छन् ।
सुन्दरहरैचा नगरपालिका भरीका अहिले एक कर्मठ र जुजारु कृषकको रुपमा कहलिएका छन् धनबहादुर । उनले धेरै हन्डर ठक्कर खाएपछि २०७० सालदेखी व्यवसायीक रुपमा गाइपालन सुरु गरेका हुन् । बैंकबाट लोन लिएर सुरुवातमा ३ लाख रुपैयाँ लगानीमा एक कठ्ठा क्षेत्रफलमा गाइपालन सुरु गरेको उनले जानकारी दिए । ‘सुरुवातमा ८ वटा गाई गोठमा राखी गाइपालन सुरु गरेको हो,’ उनले भने, ‘त्यसपछि क्रमशः बढाउँदै गए ।’ परिवारको गुजुरा यही व्यवसायबाट गर्ने भएपछि फर्मको रुपमा घरेलु तथा सानो उद्योगको कार्यालयमा कृषि फर्मको रुपमा दर्ता गरेको उनले सुनाए ।
अहिले विमा कम्पिनीहरुले गाइको विमा गर्न फर्मसम्म आउन आलटाल गर्दछन् । सरकारले गाईको विमालाई प्रभावकारी बनाइ दिए कृषकहरुलाई राहत मिल्ने कृषक धनबहादुरको भनाई छ । |
‘नुमा कृषि फार्म’ नाम राखी अहिले गाइपालनबाट राम्रै आम्दानी भएको उनले बताए । ‘सुरुवातमा ३ लाख लागतमा गाई पालन गर्न गोठ मात्र निमार्ण गरे, ’ उनले भने, ‘त्यसपछि ८ वटा गाईबाट सुरुवात राखे । ७ लाख तिरेर ८ वटा गाई फर्ममा ल्याए ।’ उनले भने, ‘सुरुवातमा राम्रो भयो । त्यसपछि क्रमममा बढाउँदै गए ।’ काम गर्ने इच्छा शक्ति र जागर भए स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने उनले बताए । ‘पहिले थुप्रै व्यवसाय गर्ने योजना बनाए,’ उनले भने,‘गुरुवातमा बंगुर, कुखुरा पालन गरे । त्यसमा घाटा भयो । राम्रो सँग आम्दानी हुन नसकेपछि थुप्रै हन्डर खाएपछि गाइपालनतर्फ लागेको हुँ ।’ अहिले गाइपालनबाट राम्रो आम्दानी भएको उनले बताए ।
गाई फारममा ११ वटा माउ दुध दिने गाई र ४ वटा कोरली गरी १५ वटा रहेको गाइपालन कृषक धनबहादुरले जानकारी दिए । फर्ममा सात वटा गाइको बच्चा समेत रहेको छ । ‘पारिवारीक सपोर्ट पाएपछि अहिले व्यसायी राम्रो रहेको छ,’ उनले भने, ‘आफू पनि लागि पर्दछु । श्रीमतिको साथ सहयोगले गर्दा अहिलेसम्म राम्रो छ ।’ उनका अनुसार श्रीमतीले गाइको गोठ सफा सुगर गर्ने देखी गाईलाइ दिनुपर्ने आहार उपलब्ध गराउँदै आएको जानकारी दिए । बाँकी काम आफु गर्ने गरेको उनले बताए । उनले भने,‘गाईको रेखदेग श्रीमतिले गरेपछि दूध धुने काम आफुले गर्दै आएको छु । त्यसपछि बजारसम्म पु¥याउने म आफै गर्ने गरेको छु ।’ दैनिक ८० लिटर दूध हुने गरेको लिम्बुले जानकारी दिए । गुणस्तरीय दुध दिने गरेको विक्री गर्न कुनै समस्या नरहेको उनले बताए । उनका अनुसार व्यापारी र खुद्रा व्यापारीहरुलाई दुध दिने गरेको जानकारी दिए । प्रतिलिटर खुद्रा व्यापारीलार्य ६० रुपैया लिटर र व्यापारीलाई ५० रुपैयाँ लिटर दिने गरेको उनले बताए ।
खुद्रा व्यापारीलाई दूध दिएपछि बलेपुर दूध उत्पादन सहकारी संस्थानलाई समेत दैनिक १० लिटर दूध दिने गरेको जानकारी दिए । लिम्बुको फार्मममा जर्सी र होलस्टेनन जातका गाइहरु रहेका छन् ।
उनका अनुसार मार्सिक रुपमा खर्च कटाएर ३० देखी ३५ हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको जानकारी दिए । ‘आम्दानी भएको पैसाँले घर परिवार पालन पोषण गर्दछु,’ उनले भने,’ थप आम्दानीले छोरा छोरीलाई उच्च शिक्षा हासिल पनि यही व्यवसायबाट पु¥याउँदै आएको छु ।’
नगरपालिकामा उत्कृष्ट गाइपालन कृषकको रुपमा कलिएका लिम्बुले जिल्ला कृषि कार्यालय मोरङले १ लाख ३६ हजार रुपैयाँ मुल्य बरावरको अनुदानसमेत पाएका छन् । उनले गाइको आहारा दाना बनाउने मेसिन विभिन्न उपकरणहरु आएका छन् । उनले भने, ‘राज्यले गाइपालन कृषकहरुको लागि विमा कार्यक्रममा प्रभावकारी बनाइ दिए कृषकहरुलाई राहत हुने थियो । अहिले विमा कम्पिनीहरुले गाइको विमा गर्न फर्मसम्म आउन आलटाल गर्दछन् ।’ उनले सरकारले गाईको विमालाई प्रभावकारी बनाइ दिए कृषकहरुलाई राहत मिल्ने उनको बुझाइ छ ।