काँकरभिट्टा । भारतबाट नेपाल पेट्रोलियम पदार्थ आयत हुने नौलो कुरा होइन् । तर, पूर्वी नेपालबाट भारत तर्फ नेपालका पम्प संचालक र भारतीय व्यापारीको मिलेमत्तोमा पेट्रोलियम पदार्थको तस्करी भईरहेको छ भन्दा पत्यार नहोला । तर वास्तवीकता भने यस्तै छ । ठूलो परिमाणमा भारततर्फ गइरहेको पेट्रोलियम पदार्थ रोक्न सम्बन्धीत निकायले चासो नदेखाउँदा पम्प संचालक, भारतीय ट्रक र अन्य सवारी संचालक मालामाल भईराखेका छन् । भारत बाट नेपाल तर्फ दैनिक जसो बिभिन्न मालवहाक सामान लिएर भित्रिने तथा फर्किने यस्ता सवारीहरु नेपालका पम्पहरुमा जाम लाग्ने गरेका छन् । मूख्य सडक आसपासका पम्पहरुमा बेलुकाको समय यस्ता सवारीहरुले सडक पुरै जाम गरी लामो समय सम्म लाईन लागेर पेट्रोलियम पदार्थ हाल्ने गर्दछन् । तर,सवारी साधानहरु आउँदा देखी जादा सम्म कुनै पनि मापदण्ड बिनै सयौ लिटर पेट्रोलियम पदार्थ हाल्ने गरेका छन् । यसको प्रत्यक्ष फाइदा पम्प संचालकहरुले लिईरहेका छन् । पम्पहरुमा भारतीय नम्वर प्लेटका सवारीले २ सय देखी ७ सय लिटर सम्म पेट्रोलियम पदार्थ हाल्ने गरेका छन् । भारतका पम्पहरुमा पेट्रोलियम पदार्थको मूल्य नेपालको तुलनामा बढि भएको समय भारतीय व्यापारीहरुले नेपालका पम्पहरुमा राज गरीराखेका छन् भने नेपालका पम्प संचालकहरु भारततर्फका सवारीलाई जति मनलाग्यो त्यति बेच्न पल्कीराखेका छन् । पूर्वी नाकासँग जोडिएका काँकरभिट्टाको पूर्वाञ्चल पेट्रोल पम्प,इटाभट्टाको प्रनिक,धुलाबारीको नन्दा,नेम्वाङ,चारआलीको श्रीनाथ,बिर्तामोडको सुगम जस्ता पम्पहरुमा भारतीय नम्वर प्लेटका ट्रकहरु घण्टौ सम्म लाईन लाग्ने गरेका छन् । इटाभट्टाको प्रनिकका संचालक नबिन कोइराला मेची पट्रोलयिम डिलर एसोसिएसन बरिष्ठ उपाध्यक्ष हुन भने धुलाबारीका नन्दा पम्पका संचालक मार्स प्रसाई अध्यक्ष हुन । यी संचालकहरुनै पैसामा बिकेका छन् भने नेपाली उपभोक्ताहरुले कसरी अभाव नखप्ने ? यस बिषयमा जिज्ञासा राख्दा मेची पट्रोलयिम डिलर एसोसिएसनका अध्यक्ष मार्स प्रसाई लामो दुरीका भारतबाट सवारी आउने भएको हुँदा केही भन्न नसकिने बताउँछन् । पम्प सञ्चालकहरुको यस्तो हर्कदले नेपाली उपभोक्ताहरु थप मारमा परेका छन्। जस्ले गर्दा नेपालका पम्पहरुमा नेपाली उपभोक्ताहरुले धान्न सक्ने क्षमताको पेट्रोलियम पदार्थको भए पनि बारम्वार यहाँका पम्पहरुमा तेल छैन भन्ने बोर्ड राखिएको भेटिन्छ । भारत सँग जोडिएको सिमा क्षेत्रका पम्प संचालकहरुको राजनै चलेको छ । सडक जाम हुने गरी भारतीय सवारीले तेल बेच्न पल्किएका संचालकहरुको तेल बेचेर अप्रत्यक्ष रुपमा अर्को फाईदा लिने गरेका छन । भारतबाट नेपाल आउने तथा जाने यस्ता सवारीहरुले यी पम्पहरुमा भारुको कारोवार गर्ने गर्छन् । सयौ लिटर बेच्दा लाखौको कारोवार भारुमा हुने गदर्छ । यसबाट नेपालका संचालकहरु भारु बेचेर बिचको आम्दानी समेत लिने गरेका छन् । उता भारत भन्दा नेपालमा डिजेल तथा पेट्रोलमा १५ रुपैयाँ सस्तो भएका कारण नेपालमा सयौको लिटर पेट्रोलियम पदार्थ भारत लगेर व्यापारीले मोटो रकम कमाउने गरेको समाचार स्रोतको भनाई छ । नेपालमा डिजेल लगायतका पेट्रोलियम पदार्थ भारतबाट आयात हुन्छ। भारतीय आयल निगमसँग नेपाल आयल निगमले डिजेल लगायतका पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। नेपाल आयल निगमले भारतबाट खरिद गरेर ल्याउने डिजेल भारतमा भन्दा नेपालमा सरदर १५ रुपैयाँ सस्तो छ। नेपालमा सस्तो भएका कारण भारतबाट मालसामानहरु ल्याएर नेपालगन्ज आउने सानाठूला भारतीय सवारीसाधनहरुले नेपालका पेट्रोल पम्पमा पूरा ट्यांकी तेल भरेर फर्कने गरेका छन्। खुल्ला सीमाना र भारतीय सवारीको दैनिक ठूलो संख्यामा सीमावर्ती क्षेत्रमा ओहोरदोहोर गर्ने भएकाले सरकारले नेपाली जनताका लागि सुपथ मूल्यमा उपलब्ध गराएको डिजेलको फाइदा भारतीय सवारीसाधनमार्फत व्यापारीहरुले उठाउँदै आएका छन्। यो क्रम बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ नेपाल आयल निगम तथा पेट्रोलियम डिजेल एसोसिएसनले खासै पहल गरेका छैनन्। नेपालमा एक दिनमा कति भारतीय नम्बर प्लेटका सवारीसाधन भित्रन्छन् भन्ने यकिन तथ्यांक छैन। बाँकेको नेपालगन्जस्थित सीमावर्ती क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार भारतको रुपैडिया नाका हुँदै नेपालगन्जमा दैनिक सरदर २ सय ३० वटा मालबाहक ट्रक तथा २ सय २० वटा साना सवारी नेपालगन्ज भित्रन्छन्। नेपालगन्ज नाका हुँदै भित्रने सवारीसाधनलाई आधार मानेर हेर्दा पनि नेपाल र भारतबीच रहेका ४३ वटा सानाठूला नाकाबाट दैनिक कम्तीमा ५ हजार सवारी ओहोरदोहोर गर्ने गर्छन्। प्रायः सबै सवारीसाधनहरुले भारत फर्कंदा फुल ट्यांकी डिजेल भरेर फर्कने गरेका छन्। प्रतिलिटर १० रुपैयाँ (भारु) सस्तोमा सहजै तेल भर्न पाएपछि उनीहरु सकेसम्म पूरा ट्यांकी भरेर फर्कने गरेका हुन्। भारतबाट दैनिक खाद्यान्न, सिमेन्टको कच्चा पदार्थ, मेसिनरी उपकरण, मोटर पार्टसका सामान, घरेलु प्रयोजनका सामान बोकेर दैनिक करिब ५ हजार सवारी साधन नेपाल भित्रन्छन्। प्राय साना जिप जस्ता सवारीमा ५० लिटर, ट्रकमा ५ सय लिटर र लरीहरुमा ५,५ सय लिटर क्षमताका २ वटा ट्यांकी हुन्छन ्। ती भारतीय सवारीले कति मात्रामा तेल लिएर फर्कन्छन र त्यसले नेपाललाई कति नोक्सान भइरहेको छ भन्नेबारे निगमले कुनै अध्ययन गरेको छैन। दैनिक ठूलो परिमाणमा डिजेल भारततर्फ गइरहेको थाहा पाए पनि नियन्त्रणका लागि निगम, जिल्ला प्रशासन कार्यालय, पेट्रोलयिम डिलर एसोसिएसनलाई सरोकारवालाहरुले लिखित आग्रह गरे पनि नियन्त्रण प्रभावकारी हुन सकेको छैन। विदेशबाट डलर तिरेर नेपालका लागि ल्याएको पेट्रोलिय पदार्थ भारत फर्कंदा आयल निगमलाई करोडौं नोक्सानी भए पनि प्रभावकारी रुपमा रोक्न सकेको छैन। नेपालका पेट्रोल पम्पमा डिजेल भर्ने सवारी साधनको संख्या बढेसँगै सीमावर्ती क्षेत्रका पेट्रोल पम्ममा डिजेलको माग निक्कै बढेको छ। जसको प्रभाव नेपाल आयल निगमको समग्र मागमा पनि परेको छ। आयल निगमले नेपाली पेट्रोल पम्पलाई लिखित सर्कुलर गरेर ट्रक, लरी जस्ता ठुला साधनलाई एक सय लिटरमात्रै डिजेल दिन आग्रह गरे पनि पम्पहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई मागे अनुसार डिजेल दिँदै आएका छन्।

के भन्छ सम्बन्धित निकाय नेपाल आयल निगम लिमिटेड चारआलीका अनुसार यो समय पेट्रोलियम पदार्थ आयत हुने मूख्य समय मानिन्छ । मेची अञ्चल लाई धान्ने पेट्रोलियम पदार्थ पूर्वी नाकाबाट प्रत्येक दिन डिजेल ३ सय केल,पेट्रोल १ सय केल,तथा मटितेल हरेक महिना ३६ हजार लिटर भित्रिने गरेको छ । नेपालका पूर्वमा यत्रो भित्रिन्छ अनि फेरी सोही तेल भारत जान्छ किन? भन्ने प्रश्नमा यस शाखाका प्रमुख सुमन कार्की यस बिषयमा केही समय अघि पनि पम्प संचालकहरु सँग बसेर छलफल गरेको बताउँछन् । उनले सडक बन्द हुने गरी भारतीय सवारीलाई तेल दिने पम्पहरुको बिषयमा कडा निगरानी गर्ने बताए । जिल्ला प्रशासन कार्यालयसँग संयोजन गरी यस बिषयमा निगरानी बढाउने बताए । अर्को तिर नेपालमा विकास निमार्णका कामहरु भईरहेका हुँदा भारतबाट आउने कच्चा पदार्थ बोक्ने ट्रकहरुलाई केही पम्पहरुले यसरी बितरण गर्ने गरेको भन्दै बचाउन समेत पछि परेनन् ।

सडकमै सकस यातायात सडकमा गुड्ने भएका कारण पेट्रोल तथा डिजल पम्पहरु सडकको छेउमा खोल्ने गरिन्छ । पेट्रोलियम पदार्य विक्रि गर्न खोलीएका पम्पहरुबाट व्यवसायीहरुले राम्रो आम्दानी पनि गरिरहेका छन् । तर व्यवासीयहरुले सडक छेउमा खोलिएको पम्पबाट सर्वसाधारण र पैदल यात्रुहरुलाई पर्न गएको समस्याका बिषयमा कँहिले सोच्ने फुर्सद पाएका छैनन् । यस्तै रहेको छ झापा लगायत पूर्वको पम्प आसपासको अवस्था । नेपालको पूर्वी भागबाटसुरु भएका ठुला मानिएका पम्पहरु सडकका छेउमा खोलिएका छन् । यी पम्पहरुमा दिनै भर पेट्रोलियम पदार्थ हाल्न सवारीको लाईन लाग्ने गरेको छ । बिशेष गरी नेपालका सवारी भन्दा पनि भारतका सवारीको राजनै चलेको छ । तर पम्प संचालकहरु यसको वास्तानै गर्दैनन् । जति सुकै सडक जाम भएपनि पेट्रोलियम पदार्थ बेच्न पाए भयो भन्ने गर्छन पूर्वका पम्प संचालकहरु । काँकरभिट्टाको पूर्वाञ्चल पेट्रोल पम्प,इटाभट्टाको प्रनिक,धुलाबारीको नन्दा,चारआलीको श्रीनाथ,बिर्तामोडको सुगम जस्ता पम्पहरुमा भारतीय नम्वर प्लेटका ट्रकहरु घण्टौ सम्म लाईन लाग्ने गरेका छन् । सडक पुरै जाम गरेर पेट्रोलियम पदार्थ हाल्ने यस्ता सवारीका कारण दुर्घटना बढ्ने निश्चित देखिन्छ । तर,यसका संचालकाहरु भने पैसा कमाउने सुरमा सडक जाम भएको देख्दैनन् । इटाभट्टाको प्रनिकका संचालक नबिन कोइराला मेची पट्रोलयिम डिलर एसोसिएसन बरिष्ठ उपाध्यक्ष हुन भने धुलाबारीका नन्दा पम्पका संचालक मा मार्स प्रसाई अध्यक्ष हुन । यस बिषयमा अध्यक्ष प्रसाई सँग बुझदा पम्पको सुरुमा निमाणर््ा गरिएको क्षेत्रफल नै सानो भएको कारण यस्तो भएको बताए । उनले भन्ने बितिकै यो समस्याको बिषयमा केह ीगर्न नसकिने भन्दै अन्य क्षेत्रमा समेत यो समस्या छ नी भन्दै उल्टो जवाफ दिए । तर,यी मालिकहरुकै पम्पमा दैनिक यात्रुहरुले सास्ती पाईरहेका छन् । कहिले काहीँ यी पम्पहरुमा बेलुकाको समयमा ट्राफिकले सडक ब्यवस्थापन गर्नु पर्ने अवस्था समेत आउने गरेको छ ।

के भन्छन प्रमुख जिल्ला अधिकारी झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आफुले अन्य क्षेत्रबाट आएको गुनासो का आधारमा गएर हेर्दा समेत यस्तो पाइएको हुँदा यसलाई नियन्त्रण गर्न पेट्रोलियम डिलर्स सँग तत्काल बसेर यसको बिषयमा सोध्ने बताए । आन्तरीक खपतलाई असर पुग्ने गरी पम्पहरुले यस्तो गरेको भए कडा निगरानी गर्ने उनले बताए । कता कता भारुको फाईदा हुने हुँदा तेल बढी बेच्ने गरेको भन्ने सुनेको हुँदा यसलाई आफुले गम्भीरका साथ लिएको बताए । उता डिलर्सका अध्यक्ष नविन कोइराला सँग बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।