इटहरी । बढ्दो शहरीकरण र प्रविधिको विकास सँगै लामो समय देखि शौचालय सफा गरेर जिविकोपार्जन गदै आएका डुम जातीको ब्यावसाय संकटमा पर्ने थालेको छ ।
पुर्खेली पेसा सम्हाल्दै आएका डुमजाती यो पेसाबाट विस्थापित हुने अवस्थामा पुगेको उनीहरु वताउँछन । पुर्खाकै पाला देखि घर घरमा पुगेर शौचालय सफा गदै जिविकोपार्जन गर्ने डुम समुदायका केहिले भने सेफ्टीट्याङकीकै कारण अहिले आफुहरुको ब्यावसाय संटकमा पदै गएको उनीहरुको चिन्ता छ । अहिले सेफ्टीट्याङकी घर घरमा पुगे पछि आफुहरुले काम नपाउँदा हातमुख जोड्न समेत गाहे हुन थालेको शौचालय सफा गदै हिड्नेहरुले वताएका छन ।
लामो समय देखि तरहरा होम्स नजिकै बस्दै आएका भोगिया मल्लिकले आफुहरुको पेसा सेफ्टीट्याङकीकै कारण धरासायी भएको गुनासो गरे । अहिले गाउँ गाउँमा टिना बोकेर चर्पी सफा भन्दै हिड्ने आफुहरु अहिले समस्यामा पदै गएको उनले वताए । केहि वर्ष अघि सम्म एकै दिनमा १० हजार सम्म कमाई भएको सुनाउँदै उनले भने अहिले त दिनको १५ सय कमाउँन पनि गाहे हुन थाल्यो ।
एक छोरी र छोरा छन उनीहरुलाई त्यो पेसामा लागाउँदिन भनेर उनीहरुलाई जनसहयोग स्कुलमा पढाँदै छु मल्लिकले थपे । सिराहमा जन्मेका मल्लिक १४ वर्ष देखि गाउँ गाउँमा ढुलेर चर्पी सफा गदै आएको उनको भनाई छ । पढेलेखेको छैन चर्पी सोर्ने घिन लाग्दैन उनले हास्दै भने तर यही पेसाको पनि विकल्प खोज्नु पर्ने देखियो उनी भन्छन् ।
अहिले गाउँ गाउँमा दिनभर हिड्दा सम्म काम पाउँन छोडेको दुखेसो गदै उनले भने छोरा छोरी पढाउँन अहिले मेहेनत गरीरहेको जनाए । आफ्नो श्रीमती सुनिता पनि सरकारी कार्यलयहरुमा झाडु तथा चर्फी लगाउँने काम गदै आएको उनको भनाई छ । छोरीलाई दहेज दिनु पर्छ त्यो पैसा जम्मा गदैछु उनले भने । इटहरीकै आपगाछी बसेर शौचालय सफा गर्ने काम गदै आएका युपि डुमले पनि अहिले ठाउँ ठाउँमा सेफ्टीट्याङकी पुगे पछि आफुहरुको पेसा संकटमा पदै गएको जनाए ।
केहि वर्ष अगाडी सम्म दिनमा तिन वटा सम्म चर्पी सफा गरेको अनुभव सुनाउँदै भने अहिले त दिनभरी डुल्दा एउटा काम पनि गर्ने गाहे । पहिला साना सानाघर हुन्थ्यो चर्पी सफा गर्ने सबैले बोलाउँथे अहिले त हामीलाई बोलाउँन छाडे उनले भने । चर्पी सफा गर्दा पैसा सँगै एक छाक चामल समेत माग्ने गरिन्थो अहिले त्यो पनि पाईन्न उनी भन्छन् ।
डुम जाती प्राय भारतीय सिमा नजिकका तराई जिल्लामा बसोबास गर्दछ्न् । यिनिहरु दलित वर्गमा पर्ने अति निम्न जिवनस्तर भएका जाती हुन् । यो प्राचीन आदिबासी जाती हो । उहिले यस जातिका राजा पनि थिए भन्ने विस्वास गरिन्छ । भारतको युपि मा पर्ने वाराणसिमा मनिकर्णिका घाटमा डुम राजाको ठुलो दरबार अचेल पनि छ्दैँछ ।
यिनिहरुको बिवाह एउटै घरघरनामा हुँदैन । पाँच पुस्तासम्म बार्ने चलन छ । हिन्दू संस्कार बमोजिम बिवाह हुन्छ । डुम जातिको बालबालिका मरेमा गाढ्छ्न् भने बिवाह पछी मरेकालाई जलाउने गर्दर्छन ।