अर्जुनधारा नगरपालिकाको क्षेत्रफल १०९.८६ बर्गकिलोमिटर रहेको छ । प्राकृतिक स्रोतले सम्पन्न खुदुनाबारी, अर्जुनधारा र शनिश्चरे गाविस जोडेर २०७३ सालमा अर्जुनधारा नगरपालिका निर्माण भएको हो । तत्कालिन शनिअर्जुन नगरपालिका र खुदुनावारी गाबिस मिलाएर अर्जुनधारा नगरपालिका नामाकरण गरिएको हो । सुगमदेखि बिकटसम्मको भुभाग पर्ने यस नगरपालिकामा ६ वटा सामुदायिक बन र नियमित आम्दानीको स्रोत रहेका खोलानाला रहेका छन् । ११ महिना अघि तत्कालिन नेकपा एमालेबाट उम्मेद्धार भएर निर्वाचित भएका नगर प्रमुख हरिकुमार रानासँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
निर्वाचित भएको एकबर्ष हुन लाग्यो, अहिलेसम्म के के गर्नुभयो ? यो नगरपालिकामा हामी आएको एक बर्ष बितिसकेको छ । हामी त राम्रै काम ग¥यौ भन्छौ । तर, तेस्रो ब्यक्तिले मुल्याङकन गर्नुपर्छ । कि जिल्ला समन्वय समितिले मुल्याङकन गर्ने हो । नियमन र अनुगमन गर्ने निकायको प्रभावकारी परिचालन गर्न नसक्दा सोचेअनुसारको काम भएका छैनन होला । तपाँइ पत्रकारहरुले हामीलाई निरन्तर खबरदारी गर्नुपर्ने हो । जनतालाई सुसुचित गराउने, ठिक वा बेठिक हो भनेर सुनाइदिने गर्नु पर्छ । हामीले नै ठिक वा बेठिक भयो भनेर भन्नु भन्दा आम जनताले मुल्याङकन गर्नु जरुरी छ । तर, तपाँइले सोधेको कुरामा मैले एकै शब्दमा उत्तर दिंदा अर्जुनधारा नगरपालिकाले उत्कृष्ठ ढंगबाट काम गरेको हाम्रो निश्कर्ष छ ।
नगरपालिकाको बजेट परिचालनको अवस्था के छ ? फ्रिज हुने सम्भावना छ कि छैन ? हाम्रो नगरपालिकाको बजेट फ्रिज हुने कुरा त छोड्नु हामीले ४५ लाख रुपैंयाँको घाटामा काम गरेका छौं । र त्यसलाई क्रमागत योजनामा सञ्चालन हुने गरी राखेका छौं । हामीले एउटा नीति बनाएका छौं, नगरले छानेका ६ सय १ योजनाहरु चैत्र मसान्तसम्ममा कार्यान्वयनमा नगए बैशाखमा अर्काे योजनामा समाहित गरेर काम सम्पन्न गरेका छौं । फागुन २७ गतेको मिटिङमा बैशाख पहिलो सातासम्म पनि सञ्चालन नभएका योजनाको शिर्षक परिवर्तन गरेर खर्च गर्ने निर्णय गरेका थियौं । त्यही निर्णय अनुसार बैशाख ५ गते बसेको बैठकले करिब करिब १ करोड ५१ लाख रुपैंयाँ योजनान्तर गरेर काम गरेका छौं । यो जुन भवनको ठेक्का लागेको थियो नि, त्यो चै चैत्र मसान्त भन्दा एकदिन अगाडी आएर काम शुरु भएको छ । त्यो १ करोड ५१ लाखमा हामीले अनुगमन भत्ता र बैठक भत्तालाई एकठाँउमा राखेर हेर्दा त्यो रकमले सञ्चालन भइरहेका योजनाहरु जुन चै योजनामा पैसा नपुगिरहेको थियो । त्यसलाई बाँडफाँड गरेर योजना सम्पन्न गर्ने दिशातिर लग्यौं । त्यसपछि जेठ ९ गते बसेको बैठकले चालुपुँजी र बिषयगत खर्चका लागि छुट्याइएको रकम पनि फ्रिज भएर जाने सम्भावना रहेको रकमपनि जस्तो पशु, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिकाले अनि चै चालु पुँजीमा राखेको जो रकमहरु हुन्छ कार्यान्वयनका लागि त्यो रकम खर्च नभएर बाँकी रहेको बुझियो भने त्यसलाई पनि नयाँ योजनामा रुपान्तरण गर्ने भनेर निर्णय ग¥यौ । प्रस्तावित योजनाहरु अगाडी बढाउनका लागि असुविधा भएको कारणले गर्दा खेरी त्यो रकमहरु हामीले बाँडफाँड गर्दा डेढ करोड बढी भयो । हामीलाई गिटी, ढुङगाको निकासी दस्तुर आएन । मालपोत बापत उठेको रकम पनि आएन । २ करोड २० लाख आन्तरिक आय प्रस्ताव गरिएको रकमको ६५ लाख रुपैंयाँ अपुग भयो । त्यति भैसकेपछि हामीले त्यो सबै कुरालाई माइनस गरेर भटाभट बिषयगत योजना बनाएर अगाडी बढ्नुपर्ने देखियो र जम्मा १५ लाख देखियो । १५ लाख देखिएको रकमलाई हामीले उपयोग गर्दै डेढ करोड रकम बराबरको योजना क्रमागत बनाएर सञ्चालन ग¥यौं । हामीले मागेजती सबैलाई रकम दिन सकेनौ । मुख्य मुख्यलाई दिएर हेर्दा करीब करीब हामी यो बर्ष ४५ लाख रुपैंयाँ जति माइनसमा छौं ।
यस नगरपालिकाको प्राथमिकताका क्षेत्रहरु के के हुन् ? हामीले पोहोरको साल आउने बित्तिकै गम्भिर ढङगले काम हुरु ग¥यौं । नयाँ थियौ । धेरै कुरा जानेका थिएनौ । अपजसबाट जोगिनको निमित्त नगरले फेदैमा यसपालिको तामेली बजेट हुन्छ भनेर घोषणा गरेको थियो । यहाँहरुले सुन्नुपनि भयो होला । हामीले तामेली तामेलीको बजेट पोहोर बनाएको हो । एकसालसम्म अनुभव गर्दा तत्काल हामी जनादेशबाट आएको हुनाले हिउँदभरीको अनुभव गर्दा र फेरी पनि हिउँदभरी अनुगमन, निरिक्षणमा जाँदा हाम्रो अर्जुनधारा नगरपालिका कृषिमा आधारित नगर हो भनेर बुझ्यौं । कृषिमा आधारित नगर हो तर, प्रचुर सम्भावना बोकेको परा पर्यटनको नगरपनि हो । परा पर्यटनको सम्भावनालाई सफल बनाउन र कृषिलाई पनि सफल बनाउन(कृषि भनेपछि पशु कृषि सँगै हुन्छ) बनाउनका लागि पुर्वाधारको अत्यान्त आवश्यकता रहेको हुन्छ । पुलहरु बनाउन, आवागमनका लागि बाटाहरु बनाउन हामीले महत्वपुर्ण योगदान गर्नुपर्ने भएको हुनाले हाम्रो प्राथमिकता भनेको चै पुर्वाधारमा समृद्धिको निम्ति जनताको आय आर्जनको कृषि र पर्यटन हो । तर, सहजताको निम्ति पुर्वाधारलाई केही समयसम्म प्रयोग गरेर जानुपर्छ । तिनको बिकास र निर्माणमा लाग्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।
बिगतका दिनहरुमा के के गर्न सफल हुनभयो ? लगभग १२ महिनाको अवधिभित्रमा हामीले पुर्वाधारमा अलि बढी खर्च गरेका छौं । ५३ वटा पुल गत साउनको बाढीले बगाएको थियो । त्यो बाढीका कारण यो नगरपालिकामा ठुलो क्षति भएको थियो । सिङगो देशलाई साउन २७ को बाढीले आक्रान्त बनाएको थियो । झापा पनि अछुतो हुनै कुरै रहेन । तर, हामीले यो बर्षमा करीब ५५ वटा पुललाई ठड्याएका छौं । तर, रकम अभावको कारणले गर्दा बनाउनैपर्ने ठाँउका केही पुल हामीले यो बर्ष बनाउन सकेनौ । दोस्रो कुरा कृषि र पशुमा अनुदान पाइन्छ भनेर रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट जनताले सुन्ने गरेका थिए । जिल्लाबाट पाइन्छ अरे भनेर सुनेका थिए । अनि नगरपालिकामा कृषि र पशुका बारेमा कार्यक्रम सञ्चालन हुँदाखेरी हामीले के अनुभुती पायौं भने सामथ्र्य र पहुँच हुने साथीहरुले पाएका रहेछन तर, सर्वसाधारणले पाएका रहेनछन् भन्ने कुराको अनुभुति हामीले ग¥यौं । र सर्वसाधारणको पहुँचमा पुग्ने गरीको योजना कसरी बनाउनुपर्छ त भन्ने बिगतको समिक्षा तथा अनुभवले ठोस नीति बनाउनका निम्ति हामीलाई सजिलो भएको छ । जनतालाई समृद्धि चाहिएको छ, तर सबै काम एकै बर्षमा, एकै तालमा सिद्याउछौं भनेर कसैले भन्न सक्दैन । योजना र बजेट भनेको हाम्रो अर्थमन्त्रीले भन्नुभएजस्तो जहाज होइन, डननन उडेर गइहाल्ने । र अब कछुवाको तालले पनि चलाउनु हुँदैन । अब ठिक ढंगले आफ्नो गतिलाई अगाडी बढाएर जाने सवालमा र समस्यालाई चिनेर हाम्रो ११ वटा वडामा अब आगामी सालदेखि कृषि, पशु, महिला, बालबालिका, शिक्षा, स्वास्थ्यलाई तालमेल मिलाउँदै त्यो वडाको आम नागरिकहरुलाई राज्यले जनताको नाममा वितरण र बयवस्थापन गर्ने जुन सोच छ । त्यो चै त्यँहाका नागरिकहरु सक्षम, असक्षम, बुद्धिजिवी, कम बुद्धिजिवी, मजदुर, गैरमजदुर, किसान, ब्यापारी शिक्षक सबैले त्यसबाट लाभ उठाउन सक्ने गरीकनको योजना बनाएर जानुपर्छ भन्ने सवालमा अर्जुनधारा नगरपालिका बहस अन्तक्रिया र छलफल गरेर जानुपर्छ भन्ने कुरामा प्रष्ट छ ।
नगरपालिकाले बिषयविज्ञसँग परामर्श गरेको छ कि छैन ? अब बिषयगत सरोकारवालाको बैठक बसाएर बिषयविज्ञलाई चै प्राविधिक समस्या यो हो, चुनौती यो हो, सम्भावना यो हो, हामीले गर्न खोज्ने अवसर यो हो, हामीले यसो गर्न खोज्दैछौं । यसलाई तालमेल मिलाईदिनुप¥यो भनेर जान योजना अघि सारेका छौं । यहाँका समस्या र उपलब्धीलाई पहिचान गरेका छौं । यसलाई कसरी अगाडी लिएर जाने भन्नेबारेमा पनि सचेतनतापुर्वक लागेका छौं ।
नगरपालिकाभित्र उल्लेख गर्न लायक केही ठुला योजना छन् ? अब यसमा दुइमत छैन, हामी अर्जुनधारा नगरपालिकामा हिजो देखिएको समस्याहरुलाई निदान गछौं । त्यस्तो ठुलो सपना यसो उसो गरेर त देख्न सक्दैनौ । तर, हामीले देखेको र जनताले भोगेको समस्यालाई निदान गर्ने दिशातिर हामी प्रतिबद्ध छौं । निर्वाचनको क्रममा हिन्दाखेरी ८ वटा घर पेरुङगे खोल्सीको छेउमा खैरेनी भित्तापारीपटि पहिरोको जोखिममा थियो । हामीले त्यसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसक्यौं । खानेपानीको समस्या भएको माटेमा हामीले यसैपटक ट्याङकी निर्माण कार्य अगाडी बडाएका छौं । ठाँउमा सामान्य रुपमा बिरिङ खोलाको पानी डडाल्नोमा बोकेर खाने प्रचलनको अन्त्य गर्दैछौं । अब आगामी बर्ष हामीले चुप्पे, कैंदले, फर्सीवारी, खोर्सानीबारी भन्ने नगरपालिकाको पनि बिकटका क्षेत्रहरु छन् तिनिहरुलाई पनि समुचित बयवस्थापन गर्दै अगाडी जाने सवालमा छौं । अब हामीले मात्र होइन सम्बन्धित लाइन एजेन्सीहरुसँग सहकार्य गरेर साठीमुरेमा खानेपानीको ब्यवस्थापन गर्छौं । जेठी सुखानीमा चाहि खानेपानीको डिप बोरिङको निम्ति योजना परेको छ । त्यो स्थानमा फोर फेस बिद्युतको ब्यवस्था गरेका छौं । आइतबारे हटियामा १८ मिटर गहिरो इनार निर्माण गरेर त्यसक्षेत्रका जनतालाई पानी खुवाउने दिशातिर लागेका छौं । हाम्रोमा खानेपानीको समस्या, बिद्युतको समस्या, सडकको लगायतका पुर्वाधारको समस्या, गुणस्तरीय शिक्षाको समस्या, शिक्षा ब्यवसायिक नहुनुको समस्या यो समस्याहरुबाट हामी मुक्त गराएर यो नगरलाई अघि बढाउन चाहन्छौं । सुन्दर नगर बनाउन चाहन्छौं । राज्यले लगानी गर्ने कतिपय पुर्वाधारको कामहरुसँग पनि तालमेल मिलाउँदै र आन्तरिक रुपबाट पनि काम गर्दै यो नगरलाई सफा सुन्दर बनाएर अगाडी जाने योजनामा छौं । अर्जुनधाराको प्रष्ट पहिचानको निम्ति नगरभित्र छिर्ने बाटोमा प्रवेशद्धार, स्वागतद्धारहरु निर्माण गर्छाैं । अहिले देख्नुभएको अर्जुनधारा र ५ बर्ष पछाडी तपाँइले देख्नुहुने अर्जुनधारामा त्यस्तोपनि थियो भन्ने बनाउँछौं । अचम्म मान्ने वा यतिलामो जिब्रो काढने नबनाइ त हामी छोड्दै छोड्दैनौ । यो कुरामा हामी ६० जना निर्वाचित साथीहरुको एकमना एकता छ र कार्यान्वयन गर्ने समपुर्ण कर्मचारी साथीहरु कार्यान्वयन गर्नका निम्ति दिलदेखि कम्मर कसेर लागिराख्नु भएको छ । त्यसले गर्दाखेरी तपाँइहरुले हामीलाई बेला बेलामा उचित सुझाव सल्लाह दिएर हौसला प्रदान गरिदिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ । हामी काम गर्न आएका हौं, बाँकी दिनहरुमा यो देखाएर अर्जुनधाराको कायाकल्प गर्नेछौं ।