मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा न.८ तोरीबारीमा रहेको चिस्यान केन्द्रले दुध नलिदाँ किसानहरु मर्का परेका छन । केन्द्र सरकार र स्थानीय निकायले समेत कृषिलाई प्रोत्साहन गरिरहेको वर्तमान अवस्थामा किषानले भने आफुले उत्पादन गरेको दुधले सोचे अनुरुप बजार नपाउँदा किषनहरु मर्कामा परेका हुन ।
मिक्लाजुङ गाउँपालीकामा रहेको तोरीबारी लघुउद्यमी कृषी सहकारी संस्था द्धारा संचालिन चिस्यान केन्द्रले किषानले उत्पादन गरेको दुधको मात्रा घटाएर लिने दुध उत्पादक कृषक धनबाहादुर निरौलाले बताउनु भयो । आफ्नो घरमा दैनिक २० लिटर दुध उत्पादन हुने गरेको तर चिस्यानले ११ लिटर मात्र लिनेगरेको निरौलाले दुखेसो पोखे । केहीदिन अघि मिक्लाजुङ गाउँपालिका वडा नं. ८ ले व्यवसायीक पशुपालक कृषकहरु खडी बहादुर राय, चित्र बहादुर खड्का, रेवत बोहोरा लगायतका दर्जन बढी कृषकहरुलाई सम्मान गरेपनि सम्मान गरेको कृही समय पछी बाट उनिहरुको उत्पादन भने बिक्री हुन छोडेको छ । उनिहरुले दैनिक ४० देखी ६० लिटर सम्म दुध उत्पादन गर्ने गरेका छन ।
चिस्यान केन्द्रमा दैनिक १९४ कृषकले दैनिक एक हजार लिटर बढी दुध जम्मा गदैं आएको संस्थाका अध्यक्ष रमेश बस्नेतले बताउनु भयो । चिस्यान केन्द्रमा हाल आएर छ सय देखी सात सय लिटर मात्र दुध संकलन गर्ने गरेको चिस्यान केन्द्रका कर्मचारी कुल बहादुर विष्टले बउँछन । गोरस डेरी बिराटचोक र जीवन विकाश डेरी बिराटनगर संग गत साल चिस्यानमा संकलित दुध लिने सहमती गरेको भए पनी संकलीत पुर्ण दुध ति संस्थाहरुले विविध कारण देखाउदै जेठ महिना लागे संगै मात्रा घटाएर दुध लिएपछी कृषक तथा चिस्यान सञ्चालक संस्था चिन्तित बनेका छन । सोहि कारण देखाउदै उक्त स्यिान केन्द्रले कृषकहरुले उत्पादन गरेको दुध पुर्ण रुपमा नलिँदा यो समस्या आएको र किषानहरु मर्कामा परेका हुन ।
केन्द्रमै सबै भन्दा बढि दुध सङ्कलन गर्ने कृसकको रुपमा कहलिएका खडि बहादुर राय दैनिक ५० लिटर दुध उत्पादन गर्दै आएका छन् । आफुले उत्पादन गरेको उक्त दुध केन्द्रले पुरै नलिदा चिन्तित बनेका छन् । केहि समय अघि सहकारी मार्फत ऋण लिई उन्नत जातका गाई खरिद गरि गाई पालन पेशा अङगालेको र अहिले आएर आफुले उत्पादन गरेको दुधले उचित बजार नपाउदा किस्ता बुजाउन समेत गारो परेको र गाईलाइ दाना पानी खरिद गर्न समेत हम्मे हम्मे परेको गुनासो पोखेका छन् । राय जस्तै अर्का कृषक प्रेम सागर दुलालले पनि आफुले उत्पादन गरेको दुधले उचित स्थान नपाउदा र घरमा सदुप्रयोग समेत हुन नसक्दा ब्यावहार धान्न समेत कठिन परेको बताए ।
उता तोरिवारि लघुउधमी कृषि सहकारि संस्था लिः तथा दुग्ध चिस्यान कोन्द्रका अध्यक्ष रमेस वस्नेतले भने माथिको समस्या दोहोराउदै यो समस्या हाम्रोमा मात्र नभएर देश व्यापि रुपमा रहेको र अन्य कोन्द्रको तुलनामा डेहोल्ड नगरि दैनिक रुपमा कृषकहरुको उत्पादनको १० प्रतिसत मात्र कटैति गरि लिदै आएको बताए । यो सिजनमा मलमासका कारण कुनै धार्मिक कार्यक्रमहरु नहुने र दुधका परिकारहरुको समेत माग कम हुने गरेको तथा दुधको ओभर प्रोडक्सन र बजारमा पाउडर प्लान्टहरु फस्टाउदै गएको अवस्था छ, अबको केहि महिना पछि कृषकको उत्पादनले पुर्णरु बजार पाउने उनको बस्नेतले दाबि गर्नुभयो ।