इनरुवा । स्थानीयतहमा अधिकार गएपछि सुनसरी सदरमुकाम इनरुवामा रहेका अधिकांश सरकारी कार्यालयहरु सुनशान भएका छन । संघीय राज्य व्यवस्था अवधारणा अनुसार सबै अधिकारहरु स्थानीयतहमै गएका कारण सदरमुकाम इनरुवामा रहेको विकासे कार्यालयहरु तथा अन्य केही कार्यालयहरु सुनशान भएका हुन । विकासे अड्डाको रुपमा परिचय बनाएका तत्कालिन जिल्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समिति लगायतका अन्य सरकारी कार्यालयहरु सुशान भएको पाइएको छ । इनरुवामा रहेको जिल्ला शिक्षा इकाइ समन्वय समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला जनस्वाथ्य कार्यालय लगायतका कार्यालयहरु सुनशान भएको पाइएको हो । पहिले इ कार्यालयहरुमा विभिन्न कामका लागि पहिले सहर देखि ग्रामीण क्षेत्रका स्थानीयहरु आउने गरेको भएपनि अहिले सबै वाडा कार्यालय, गाउपालिका र नगरपालिकाबाट सेवा पाउन थालेपछि सेवाग्राही आउन छोडेका कारण कार्यालयहरु सुनशान भएको कर्मचारीहरुको भनाइ छ । कार्यालय सुनशान भएपछि कर्मचारीहरु दिन गन्दै दिन विताउन बाध्य भएको पाइएको हो । पहिले जिल्ला विकास समितिमा जेष्ठ र असारको बेला दैनिक रुपमा २ सय देखि ५ सय जना सम्म सेवा लिनका लागि तथा भुक्तानी लिनका लागि आउने गरेकोमा अहिले दैनिक रुपमा ५० देखि एक सय जना सम्म मात्र आउने गरेको अनुगमनका क्रममा पाइएको छ । संघिय अवधारणा अनुसार राज्य व्यवस्था नियमावली सुरु भएपछि जिल्लामा अवस्थित जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि कार्यालय, जिल्ला पशु सेवा कार्यालय, महिला तथा बालबालिका कार्यालय लागयतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरु स्थानीय तह गाउँपालिका अन्तर्गत गएर काम गर्ने भएका कारण सदरमुकामका कार्यालयहरु सुनसान देखिएका छन् भने सेवाग्राहीहरुको पनि भिडभाड देखिन छाडेको इनरुवाका चन्दन मेहताले बताए । जिल्लामा अवस्थित सरकारी कार्यालयहरु मध्ये जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत , जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय लगायतका ५ वटा कार्यालयहरुमा कार्यरत कर्माचारीहरु भने केन्द्रिय सरकारको अवधारणा अनुसार जिल्लामा नै रहेर काम गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला समन्वय समिति सुनसरीका स्थानीय विकास अधिकारी तथा अनुगमन समितिका अधिकारी पुष्प भट्टराईका अनुसार जिल्लाबाट हुने अधिकांश अधिकार तथा कामहरु स्थानीय तह गाउँपालिका मार्फत हुने भएका कारण सेवाग्राहीहरु स्थानीय तहमै गएर काम गर्ने वातावरण र सरकारको नियम अनुसार सेवाग्राहीहरुले प्रत्यक्ष सेवा पाउने भएकाले सेवाग्राहीहरुको स्थानीय तहमै भिड देखिने गरेको बताए । त्यसैगरी जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनाथ महतोले जिल्ला पशु सेवा कार्यालयको मातहतमा रहेका ४५÷४६ जना कर्मचारीहरु मध्ये अहिले ५ जना कर्मचारी मात्रै जिल्लामा रहेर काम गर्दै आइरहेको बताए । उनले एकका तर्फ कर्मचारीको अभाव अर्को तर्फ कामको चाँपले काम गर्न समस्या भएको गुनासो गरे । इनरुवा सदरमुकाम लगायतको आसपासको क्षेत्रबाट पशु स्वास्थ्य सम्बन्धि उपचारका साथै अन्य सेवा लिनका लागी सेवाग्राहीहरु जिल्लामा नै आउने गरेका कारण कामको चाँप बढेको महतोले बताए । जिल्लामा कर्मचारी तथा प्राविधिकहरुको अभावका कारण समयमा सेवाग्राहीहरुलाई सेवा दिन नसकेको समेत बताए ।