पथरी । एतिहासिक महन्व बोकेको कानेपोखरी आफैमा पर्यटकीयस्थल हो । यही नाम अहिले गाउँपालिकासँग जोडिएका छन् । प्रसिद्धकै कारण सरकाले होक्लाबारी,केरौन र बयरवन गाविसलाई जोडेर ‘कानेपोखरी’ गाउँपालिकाबनाएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको यो गाउँपालिकामा प्रचारमा नआएमा धेरै पर्यटकीयस्थलहरु छन् । जुन,सिमारबारे धेरै अनविज्ञछन् ।

कानेपोखरीमा तीनवटा मुख्य सिमसार छन् । जुन सिमसारले कानेपोखरीको पर्यटकीय सर्किटको काम गर्दछन् । यहाँ कानेपोखरी,भलुवा सिमसार र कालिकोशी सिमसार रहेका छन् । तर यी तीनवटै सिमसार गुरुयोजना बने पनि विभिन्न कारणले ओझेलमा पर्दै आएका छन् । कानेपोखरीको पोखरी पूर्वपश्चिम राजमार्गको कानेपोखरी चौक देखि ४ सय मिटर दक्षिण गएपछि कानेपोखरी–रंगेली रोडको पूर्ब पटि बाटो मै सटेको लगभग तीन बिगाह जग्गामा पोखरी रहेको छ । परापूर्वकालमा ठुलो क्षेत्रमा रहेको पोखरी अहिले पुरिन्दै आएर सानो भाग ओगटेको छ ।

परापूर्वकालमा दक्षिणमा ठुलो धिमालको बस्ती, लेटाङको राजारानीमा बैशाख १,२ गते लाग्ने ढङढङे मेला भर्न जादा पोखरीको ठुलो रुखको मुनि पोखरीको डिलमा बसेर एकजना बुढी आमाले कानमा लगाउने सुन भाडामा दिने र फर्किदा त्यहि बुझाएर घर आउँनु पर्ने भएको, कानमा लगाउने सुनको लेनदेनले कानेपोखरी नाम रहन गएको किमदन्ती रहेको छ । पोखरीमा पहिला देखि नै गोठालाले गाई,गोरुलाई पानी खुवाउने पनि किमदन्ती छ । त्यतिमात्र होइन, जंगली जनवार हात्ती, बँदेल,चितल,मृर्ग,बाँदर लगाएतको पानी पिउँने स्थान रहेको थियो कानेपोखरी । अहिले पानी पनि खुक्दै गएको छ । दुई बर्ष अघि जिल्ला विकास समिति मोरङको १ लाख ५० हजारको सहयोगमा सफा गरेको थियो ।

अहिले बन समितिले सोहि स्थानमा बैज्ञानिक वन व्यावस्थापन गरेर तारजाली लगाए पछि जंगली जनवारहरुको पानी पिउने ठाउँ रोकिएको छ । हरिण त उफ्रीएर तारजाली नागेर आउएर खाएर जाने गरेको ग्रामिण सुधार सामुदायीक वनका अध्यक्ष नविन राई बताउँछन् । यस पटक कानेपोखरी गाउँपालिकाले पोखरी संरक्षण र स्थल निमार्णका लागी १० लाख रकम विनियोजन गरेका थिए । तर विविध कारणले यस पटक विनियोजित रकम यस बर्ष खर्च गर्न नसकिएको अध्यक्ष राई बताउँछन् ।

भलुवा सिमसार पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकदेखि करिब तीन किलोमिटर दक्षिण पूर्वीमा पुगियो भने त्यहाँ पर्यटकीय गन्तव्य स्थल‘भलुवा सिमसार’ क्षेत्र भेटिन्छ । रमणिय दृश्य तीन तीर साना खाले साखुवाको बोटले घेरेको, एक तीर बाँधको बाटो, बिचमा टापु हेर्दा मनै लोभ्याउने सिमसार रहेको छ । लभलुवा सिमसार क्षेत्रमा ग्राभेलबाटो भएकोले मोटर साईकलमा करिव ३ मिनेट पछि पुग्न सकिन्छ । बाहिर र आन्तरीक पर्यटकीय गन्तव्यको ठुलो सम्भावना बोकेको भलुवा सिमसारले पर्यटकहरुको उतिकै मन तान्ने गरेको छ । अहिले पनि समयमा आन्तरीक वनभोज,जोडीको डेटिङहरु उनिकै देख्न पाइन्छ ।

उति खेर ग्रामिण सुधार सामुदायीक वन समितिले भलुवा सिमसार क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तव्य स्थल बनाउने भनेर १० बर्षे योजना बनाएको योजना ओझेलमा परेको छ । सिमसार संरक्षणको योजना १० बर्षमा पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउने समितिले अघि सारेको थियो । पर्यटकीय गन्तव्यस्थलको सम्भावना बोकेको कानेपोखरी–७,शुत्रक्रबारेमा अवस्थित भलुवा सिमसार तथा जलाधार संरक्षण क्षेत्रको योजना तुहिएको हो । ग्रामिण सुधार सामुदायीक वन उपभोक्ता समितिका वर्तमान अध्यक्ष नविन राईले ढिलो चाडो भए पनि यस पर्यटकिय क्षेत्रलाई बनाएरै छाड्ने बताएका छन् । सामुदायीक वनको कार्ययोजनामा भलुवा सिमसार क्षेत्रलाई १० बर्ष भित्रमा संरक्षण र विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको तिब्ररुपमा आवागमन गराएर वनको छुट्टै आयास्रोत संकलन हुने समितिले योजना बुनेको थियो ।

वनको कार्ययोजनामा प्रत्येक बर्ष ५ लाखको दरले खर्च गरेर विकाश गदै जाने योजना राखे पनि संभावना टरदै गएको छ । जलाधार सिमसार क्षेत्रलाई वनले अहिले ८३.५ हेक्टर क्षेत्रफल सिमाङ्कन गरी तयारीमा जुटेका थिए । उती वेला ग्रामिण सुधार सामुदायीक वनको अध्यक्ष हरि पौडेल हुदा वनको दश बर्षे कार्ययोजना निमार्ण भएको थियो । कार्ययोजनामा सिमसारको क्षेत्रफललाई वरिपरी तारजाली घेरावार लगाउँने र प्रवेशदार(गेट) निमार्ण गर्ने, सिमसारको नजिक वनले एउटा विभिन्न किसिमका तालिम, गोष्टी, सेमिनार गर्नेका लागी धेरै जना सहभागीता गराउँन सक्ने क्षमताको सभाहल,पर्यटकका लागी वस्ने, सुत्ने र खानेको पनि ब्यावस्था भएको आरामदायीक भवन क्रमश बनाउँदै जाने योजना रहेको थियो । पोखरीको बिच भागको टापुमा पुलको साहयताबाट पुगेर बिभिन्न प्रचातिको चराचुरुङी, जंगली जनावर हेर्न सकिने खालको योजना रहेको थियो ।

जैविग विविधताले भरिपूर्ण भलुवा सिमसार क्षेत्रमा त्यहाँ सवै स्थानबाट जरुवा पानी उम्रने(पलाउने) भएकोले विभिन्न प्रजातीको चरा,जंगली जनावरहरुको वासस्थान रहेको जानकारहरु बताउँछन् । हिउँदमा पश्चिमका विभिन्न स्थानबाट चराहरु आएर सिमसारमा वस्नेगरेको पूर्वअध्यक्ष हरि पौडेल बताउँछन् । ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले ८३९.२२ हेक्टर क्षेत्रफल उपभोक्तले संरक्षण गदै आएको छ । संरक्षीत वनको १८ हेक्टर जमीनमा भलुवा सिमसार क्षेत्र फैलिएको थियो । सिमसारको संरक्षण र विकाश गर्ने जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिले वि.सं. २०६८ सालमा पहिलो चरणको विकाशको योजना सकाएका थिए ।

सिमसारको छुट्टयाएको क्षेत्रफलमा वनले सिमसारको संरक्षणका र विकासको लागी आर्थिक बर्ष २०६७÷२०६८को कार्ययोजनमा पहिलो चरणमा ३ लाख ५० हजार खर्च गरेका थिए । जलाधार सिमसारमा जलकुम्भी, पानीझार तथा फोहोरमैलाले पोखरी पूरै ढाकेर रहेको सिमसारमा सफा गर्ने कार्य भएको थियो । जलाधार संरक्षण विभाग र नेपाल सरकारले २०६४ सालमै जिल्ला सम्पादा सुचिमा सूचिकृ भैसकेको छ । पूर्व विभिन्न स्थानको सिमसार क्षेत्रलाई सहयोग गरेपनि यो सिमसार क्षेत्रलाई सम्वन्धित निकायले कुनै सहयोग नगरेको गुणासो समितिले गर्दै आएका छन् ।

सिमसार तथा जलाधारको वि.सं. २०२२ सालमा सिचाईकोलागी साविक वयरवनको जनताले बाँध बाँधे पछि सिमसार क्षेत्रको उद्य भएको थियो । सिचाईको लागी बाँध बाँधेर उसवेला देखि नै कानेपोखरी वडा नं. ७ र ६ वडामा वसोवास गर्ने स्थानीय जनताहरुले लगभग १ सय ५० विघा जमिनमा सिचाईको लागी पानीे उपभोग गदै आएका छन् । त्यति मात्र होइन भलुवा खोलाको वडा नं. ७ दखि ३ सम्मा ५ वटा बाँध निर्माण गरि ५सय ६१ विघा जमिनमा पानी जनताहरुले उपभोग गदै आएको छ । कालीकोशी सिमसार मोरङको कानेपोखरी वडा नं. ५ मा रहेको ‘कालीकोशी सिमसार’ क्षेत्र पनि क्रमश ओझेलमा पर्दै आएको छ । सिमसार विकासमा बिभिन्न राजनिक कारण कालीकोशी सिमसार ओझेलमा पर्दै आएको हो । चार बर्ष अघि सिमसार क्षेत्रलाई गुरु योजना बुनेर स्थानीयले कार्यक्रम अघि सारेका थिए । सिमसार क्षेत्रलाई व्यवस्थीत गर्न र प्रचारप्रसार गर्ने उदेश्यले महापुराण पनि लगाइएको थियो । जग्गादान, चन्दादान,पुराणको रकम आयव्यय नहुदा अहिले सम्म योजना पर्न नसकेको वडाध्यक्ष चरण गुरुङले बताए । त्यस कालिकोशी सिमसारलाई चुस्त दुरुस्त पारी सिमसार क्षेत्रको बिकासमा चाँडै लाग्ने अध्यक्ष गुरुङले बताए । पूर्वपश्चिम राजमार्गको कानेपोखरी चौक देखि ४ किलोमिटर दक्षिण हुदै घलेटोलको पश्चिम लागे पछि ‘कालिकोशी सिमसार क्षेत्र’ । त्यस क्षेत्रलाई कालिकोशी सातकन्या देविकालीमाई थान पनि भनिन्छ । कालिकोशी सिमसार क्षेत्रको आफ्नै मौलिकता छ ।

कालीकोशी खोलाको पूर्व र पश्चिम गरेर दुइ वटा मुहान छ । दुइ मुहानको विचमा लगभग ३ विगाहाको फराकीलो टापु छ । खोलाको दुइ मुहान मध्ये पूर्वी तर्फको मुहानमा सातकन्या देविमाईको थान रहेको रहेको छ । सोहि शिरको देवी थानमा स्थानीय स्थरको धार्मिक पर्यटकीय स्थल तथा सिमसार जलधारकोे विकाश गर्नुका साथै प्रचार–प्रसार गर्ने उदेश्यले पौष ३० र माघ १ गते प्रत्येक बर्ष मेला लाग्दै आएको छ । घलेटोमा स्थापीत युवा कञ्चन क्लवका अध्यक्ष कविराज गुरुङ लगायत सोही स्थानका सर्वसाधरनलाई बारम्बार रातको सपनामा देवी माईले दर्शन दिने गरेकोले तीन बर्ष अघि देखि पुजाआज र मर्कर मेलाको आयोजना गर्दै आएका छन् । यस क्षेत्रको धार्मिक पर्यटकीय स्थल तथा सिमसार जलाधार क्षेत्रको विकाशको लागी युवा कञ्चन क्लबले नेतृत्व गरेको थियो ।पर्यटकीय स्थलका रुपमा यसलाई विकास गरेर लैजान सके यही ठाउँबाट मनग्यै आर्थिक आयआर्जन गर्न सकिने समितिले बताएका थिए । जैविक विविधताको हिसाबले यसक्षेत्र एकदमै महत्वपूर्ण मानिन्छ । यहाँ वरीपरी विभिन्न थरीका विरुवाहरु पाइन्छ । यस क्षेत्रमा पोखरीका छेऊ किनारदेखि बीच भाग सम्म अहिले ढकमक्क अम्रिसो फुलेको दृश्यले मनका औडाहाहरूलाई शान्ति मिल्ने त्यस स्थानमा पुगेका आन्तरिक पर्यटक बताउछन् । यहाँको अर्काे आकर्षण भनेको जरुवा पानी हो । यहाँ विभिन्न स्थानबाट जरुवा पानी उम्ररने गरेको दृश्य देख्न पाइन्छन् । पूर्व र पश्चिम गरी ३० मिटरको दुरीको फरकमा दुइवटा मुहान रहेको छ ।

त्यसको लगभग १ सय मिटर दक्षिण पुगेपछि दुवै मुहान जोडीएको छ । मुहान जोडीएपछि त्यस स्थानबाट एउटै भएर वगेर जाने खोलाहो नाम हो कालीकोशी खोला । यस स्थानको पानीको मुहानबाट मूल फुटेर कञ्चन पानी निस्कन्छ । यहाँबाट निस्कीएको पानीले कानेपोखरी, रंंगेली नगरपालिकाका केही वडाहरुका हजारौ विगाह जग्गा लाई सिचाईको लागी उपाभोग गदै आएका छन् । यस बाट निस्कीएको पानी जस्ले उपभोग गरिरहेको छ । प्रत्येक ब्यक्तिलाई प्रति विगाहको दरले रकम उठाई सो स्थानको जग्गा खरीद गरी पुल,टहरा, मठ मन्दिर लगायत निमार्ण गरिने योजना रहेको थियो । उता घलेटोलबाट देवी थानमा पुग्न लगभग २ सय मिटर दुरी छ । सो स्थानमा पुग्न बाटोको लागी ताराकुमार घले र दलबहादुर घलेले ६,६ फूट गरी १२ फुटको बाटो दिई अहिले गन्तव्यमै पुगिन्छ ।

देवीमाई थान मुहान वरीपरीका रुखविरुवा प्रसस्त छन् । कसैले रुखविरुवा काटेमा विरामी हुने स्थानीयहरु बताउछन् । देवीमाई थानमा कसैले भाकल गरेर केहि मागेमा इच्छा पुरा भएको पनि स्थानीय बताउँछन् । अहिले पनि सबै समुदायका मान्छेहरुले दुःख विराम भएमा वा चिताएको मनोकांक्षा पुरा होस भनेर पूजाआजा गर्ने गरेका छन् । नानीहरुलाई घाउखटिरा आएमा, पानी सरुवा रोगहरु आयो भनें कालीकोसी माई रिसाएछ यसलाई पूजा गर्नुपर्छ भनेर चोखोनितो भएर फूल चढाएपछि निको पनि भएका उमेश घले बताउँछन् ।कतिपयले विदेश जानुअघि सुखशान्ति होस चिताएको पुरा होस भनी दूध धारा चढाएर भाकल गर्दछन् । भाकल गरेपछि केहि समय पछि उनीहरुको मनोकामना पुरा भएको पनि धेरै उदाहरण भएको स्थानीय टिका गुरुङ बताउँछीन् ।

यस क्षेत्रमा कानेपोखरी,पथरीशनिश्चरे, होक्लाबारी, रंगलेली लगाएतबाट हजारौ ब्यक्तिहरु दर्शन गर्न आउने गरेका छन । कालीकोशी खोलाको मुहान रहेको सो स्थानमा सातकन्या सिंहमाई देविको विगत २०२६ सालदेखि नै पुजा गरिदै आएको स्थानीय कविराज गुरुङ बताउँछन् । कालीकोशीको मुहान भएकोले सो स्थानबाट निस्कीएको जरुवा पानीले बयरवन, केरौन र दर्वैशा गाविसका वासीन्दाले हजारौ विगाह जग्गामा सिचाईको लागी पहिले देखि नै पानी प्रयोग गदैआएका छन् ।