घटना १: २०७५ जेठ २० गते इटहरीको पचरुखीमा एक जना व्यक्ति जोशिदैँ आए, निकै स्फूर्तिका साथ । बाइकको हर्न लगाउँदै गाली गर्दैथिए ‘साइकलको हावा खोलिदिउँ ?’ उनी निकैबेर बाइकमै बसेर गाली गरिरहे । त्यहाँ वरीपरीका सवैजना निकै अचम्मित थिए ति मानिसको हर्कत हेर्दा । उनले त्यहाँको एउटा ट्युशन सेन्टरमा पढ्न आएका विद्यार्थीहरुलाई झपारिरहेका थिए, विद्यार्थीहरुलाई मात्रै झपारेका थिएनन् उनले । उनको गाली खानेमा म पनि एउटा पात्र थिएँ । मेरो बाइक पनि सार्वजनिक सडकमै पार्किङ थियो, म जस्तै धेरैको थियो, हुनेपनि आखिर त्यहि हो । सडकमा एकपछि अर्को गर्दै धेरैजना जम्मा भए मानिसहरु र ति मानिसको हर्कत हेर्न थाले । उनले ट्युशन सञ्चालकलाई मात्रै पनि हैन त्यहाँ पढ्ने विद्यार्थीहरुलाई निकै झपारे । मलाई मात्रै रिस उठेन त्यहाँ । उपस्थित अन्य मानिसहरु पनि निकै रिसाएका थिए मैले आफ्नो रिसलाई सम्यमता अपनाउँदै भने, ‘दाई २४ सै घण्टा बाटो साइकल, बाइकले ब्लक गर्छ ?’ मैले राखेको जिज्ञासा उनले नसुने जस्तो गर्दै चर्को स्वरमा कराइरहे । ‘सार्वजनिक सडकको किनारामा पार्किङ गरेको साइकल बाइकको हावा खोलिदिन्छु भन्नु अघि तपाईँले सकारात्मक दृष्टिकोणले हेरेर सम्झाउनु पर्ने हो’ मैले भने । उनी सुनेकै थिएनन् उनी त्यहाँका केही मानिसहरुसँग निकै झर्किरहेका थिए । मैले मनमनै सोचेँ र हाँसिरहेँ । एउटा समाजमा बसेको युवाले आफ्नो पेशा गरेर खानु र शिक्षा लिन आएका विद्यार्थीहरु प्रतिको उनको त्यो कु व्यवहारले म भावुक पनि भएँ । हामीमा अलिकति पनि मानसिक र सामाजिक चेतना छैन भने समाजमा प्रश्न उठाउने कुनै ठाउँ छैन ।
[caption id="attachment_84442" align="alignleft" width="355"] लेखकः विवेक विवश रेग्मी[/caption]उनले बाइकमा बसेर हर्न लगाइरहनु र गाली गरिरहनु भन्दा पनि त्यो समय सकारात्मक सोचले उनीहरुलाई राम्रोसँग सम्झाउनु र आँफै साइकल बाइक हटाएर उनले घरभित्र आफ्नो साधन राख्न सक्थे । न त त्यो उनको निजी सडक थियो, न त उनको निजी पार्किङस्थल नै । त्यो केवल सार्वजनिक सडक थियो । सार्वजनिक ठाउँमा सबैको अधिकार रहन्छ । सबैले उचित प्रयोग गर्न पाउनुपर्छ । म उनलाई केही भन्न खोजिरहेको थिएँ । उनले ‘म सुन्दिन’ भने, मैले जवाफमा फर्काएँ ‘दाई तपाईँले हाम्रो कुरा नसुन्ने हो भने तपाईँको कुरा चैँ कस्ले सुन्छ, आँफूलाई स्वीकार्न सक्नुहुन्न ?’ म उनीसँग केही कुरा गर्न खोजिरहेको थिएँ । उनी कुरा गर्न चाहेनन् । उनलाई भन्न मन थियो– सडक सवैको साझा हो, कसैले यसलाई निजी जस्तो बनाउँन नखोजौँ । उनले बाइक घरभित्र लगाउनु थियो होला केहीसमयपछि अथवा बाइकबाट उत्रिएर अन्य सवारी हटाएर पनि लगाउन सकिन्थ्यो । त्यो समय नजिकै ट्राफिक प्रहरी भएको भए सडक किनारामा पार्किङ गर्ने मानिसलाई या हर्न निषेधित क्षेत्रमा चर्को हर्न लगाउने र नानाभाती बोल्ने ति महान व्यक्तिलाई कारवाही गर्थे ? जान्न, हेर्न मन थियो ।
घटना २: जेष्ठ २१ गते भेडेटार बाट धरान आउने क्रममा आधा बाटोमा बाटैभरी सवारीलाई हडप्ने गरी ट्राफिक प्रहरीहरु थिए उनीहरुले सवारी चेकिङ गरिरहेका थिए । प्रहरीले लाइसेन्स र बिलबुक मागे मैले लाइसेन्स देखाएँ । लाइसेन्स हात पार्ने वित्तिकै प्रहरी जवान नदेखिने ठाउँमा पुगिसेकका थिए कि उनी अन्य सवारी जाँच गर्ने क्रममा अलि माथि सम्म पुगिसकेका थिए । न त उनले लाइसेन्स नै फिर्ता दिए न त मेरो कुरा नै सुन्न चाहे । ति जवानले धनकुटा प्रहरीको ना १ झ १४१० नम्बरको गाडिमा बसिरहेका दुई जना प्रहरीलाई लाइसेन्स बुझाएँ । म प्रहरीको गाडि नजिकै गएँ र भने ‘सर लाइसेन्स पाउँ न ।’ त्यहाँ भित्र रहेका प्रहरी जवानले ‘पैसा दिनुहोस्’ भन्दै झर्किए । एउटा सर्वसाधारणको कति सम्म बेहाल छ भने सडक प्रहरीको निजी जत्तिकै गर्छन् । आँफूसँग लाइसेन्स हुँदा समेत सडकमा सवारी चलाउँन पाईँदैन । मैले ति प्रहरीलाई भने, ‘म पत्रकार हुँ, आफ्नो काममा हिडेको छु, बिलबुक बोकिन त मेरो के गल्ती छ, गल्ती नै भएछ भने पनि सरी, मेरो लाइसेन्स छ बिलबुक अनिवार्यता त हैन नि ?’ ‘मलाई अरु कुरा था छैन, कि बिल काट्नुहोस् नभए हाम्रो अफिसमा माथी आउनुहोस्,उहिँ बसेर गफ गरौँला ।’ प्रहरी जवानको जवाफ थियो त्यो । म मात्रै हैन त्यहाँ सयौँ यात्रुहरु अलपत्र परेका थिए । प्रहरीको ज्यादती देखेर अन्य मानिसहरु निकै आक्रोशित थिए । उनीहरु भन्दैथिए – ‘अन्य ठाउँमा पनि सवारी चेकिङ हुँदा लाइसेन्सले मात्रै हुन्थ्यो,यहाँका प्रहरीले नयाँ नियम ल्याए कि के हो ?’ ठिक छ बिलबुक अनिवार्यता हो भने जानकारी गाराउनु पर्यो, चेतना जगाउनु पर्यो, ता कि भोलिका दिनमा थाहा होस् सबैलाई बिलबुक र लाइसेन्स अनिवार्य हो भन्ने । ट्राफिक प्रहरीले सवारी चेकिङ गर्ने हो, कुनै पैसा असुल्ने हैन । आँफूले पैसा असुल्नका लागी अनेक उपाय लगाउँने ट्राफिक प्रहरीहरुले गैरकानुनी रुपमा जर्वजस्ती पैसा असुल्नेमाथी कसले कारवाही गर्ने ? सार्वजनिक सडक आफ्नो निजी घर जस्तै गर्ने यस्ता ट्राफिक प्रहरीहरु जवसम्म हुन्छन्, तवसम्म पैसा असुल्ने काम भइरहन्छ, कसैले आवाज उठाउने छैन । एकजना दाइले त यतिसम्म भने कि ‘आज भेडेटार घुम्न आएको पहिलोचोटि हो, तरहरा गएर सेकुवा खाने सोच थियो, प्रहरीले खाइदियो ।’ त्यसो भन्दै गर्दा पैसा असुलेर बिल काटिरहेका प्रहरी जवान डगलसिंह लिम्बु मुसुमुसु हाँसिरहेका थिए । उनको हाँसो भ्रष्ट्र मानिसको जस्तै थियो । उनैले त्यहाँ बिल काटिरहेका थिए । सँगै रहेका सई पनि हाँसिरहेका थिए । म निकैबेर सम्म उनीहरुको हर्कत हेरिरहेँ । ति दाइको कुरा सुन्दा म भने भावुक भएँ । कति टाढाबाट परिवार सँग घुम्न र रमाइलो गर्न आउँदा प्रहरीले जवरजस्ती पैसा असुल्छ यसमा सरोकारवालाहरु किन मौन ? ‘प्रदेश नम्बर १ हर्न निषेधित क्षेत्र’ लेखेजस्तै ठूलो होर्डिङ बोर्डमा लाइसेन्स र बिलबुक बोकेर हिडौँ भनेर किन लेख्दैन प्रहरी ? पैसा असुल्न या सर्वसाधारणलाई दुःख दिन ? केही दिन यता मात्रै पनि धरानका डिएसपी रामेश्वर पौडेलको नेतृत्वको टोलीले बिच जंगलमै यात्रुलाई अलपत्र पारेको समाचार आइरहँदा उनको सामाजिक सञ्जालभरी आलोचना भईरहेको छ । प्रहरीले सुरक्षामा टाइट गर्नु असाध्य राम्रो कुरा हो तर प्रहरीले जनताको सुरक्षा दिने हो, बिच जंगलमै र बिच बाटोमै अलपत्र पारिन्छ भने त्यो प्रहरी जवान होस् या प्रहरी अधिकृत अपराधी नै हुन्छ । किनभने प्रहरीले कसैलाई पनि गलत नगरी थुन्न पाउँदैन सुरक्षा दिने हो । प्रहरीले लाइसेन्स बिलबुक अनिवार्यता हो भन्ने चेतना जवसम्म आम मानिसमा फैलाउन सक्दैन तवसम्म जवरजस्ती पैसा असुल्न पाउँदैन । प्रहरीले एउटा कुरा भुल्न हुँदैन कि जनताको पैसाले आँफू र आफ्नो परिवार बाँचेको छ मैले जनताको सुरक्षा दिने हो, कसैलाई बिच बाटोमा अलपत्र पार्ने हैन । कुनै समय आँफूसँग गोजिमा पैसा छैन र बिलबुक छैन भने त्यो समय के गर्ने ? अथवा भनौँ म सँग लाइसेन्स छ बाइक छैन । त्यसो भए मैले सडकमा सवारी चलाउँन नपाउँने ? कि अनिवार्य मोटरसाइकल खरीद गरेर मात्रै चलाउँने ? यसमा प्रहरीप्रति गम्भीर प्रश्न खडा भएको छ । केही समयअगाडि मात्रै पनि भेडेटार आएका पर्यटकलाई भेडेटार प्रहरीले ज्यादती गरेको आरोप लागेको थियो । पर्यटकहरुलाई मनपरी बोल्दै डेढ घण्टा थुनेर आतंकित बनाएको पर्यटकहरुले गुनासो गरेका थिए । हालैका यी दुई घट्ना उदाहरण मात्रै हुन् । यस्ता घटना सडकमा दैनिक रुपमा सयौँ रुपमा हुने गर्छन् न त अन्य मानिसको ध्यान नै जान्छ न त सरोकारवालाहरुले यस विषयमा चासो नै देखाउँछन् । सर्वसाधारणको मन मष्तिस्कमा के छाप बसिसकेको छ भने प्रहरीमा अलिकति पनि मानवीयता हुदैन कि या भनौँ प्रहरीहरुले सामाजिक चेतना फैलाउन सक्दैनन् । यता पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख (एसपी) राज लम्सालले भने बिलबुक र लाइसेन्स अनिवार्य भए पनि मानिस हेरेर छाडिदिने बताउँछन् । उनि भन्छन्, ‘बिलबुक र लाइसेन्स अनिवार्यता हो, तर चोरीको बाइक पनि हुन सक्छ, प्रहरीले मानिस हेरेर छाडिदिन पनि सक्छ’ उनले भने, ‘कारवाही स्वरुप ५ सयदेखि ५ हजार सम्म जरिवाना हुन सक्छ, अथवा प्रहरीले शंका लागे सवारी राख्न पनि सक्छ ।’ टाढाको यात्रामा रहँदा सम्भवत् बिलबुक चाहिने बिलबुक नभए यात्रुको अवस्था हेरेर छाड्न सकिने लम्साल बताउँछन् । प्रहरीले चेकिङ गर्नु र दोषीलाई कारवाही गर्नु त राम्रो कुरा हो तर प्रहरी चेकिङको नाममा मनपरी पैसा असुल्नु कति सम्म जायज कुरा हो ? भारतबाट आएको गाडिहरुलाई भने प्रहरीले चेकिङ नै नगर्ने तर स्थानीयलाई भने मनपरी शुल्क लिनु कति जायज ? यसमा प्रहरीप्रति गम्भीर प्रश्न उठेको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउनु पर्छ तर यो सँगै मनपरी पैसा भने लिन पाइदैँन । यता स्थानीय तहले यतिबेला सडक निर्माण गरिरहेको छ । सडक निर्माण गर्दा पुल भत्काउने अथवा बाटो नै छेकेर मोटरसाइकल, एम्बुलेन्स, प्रहरीको गाडि अथवा दमकल समेत जान नसक्ने गरी सडक बन्नु कतिको जायज कुरा हो ? यस विषयमा समेत सरोकारवालाहरु मौन रहेका छन् । यसको निराकरणका लागी आँफैबाट शुरुवात गर्नुपर्ने हाम्रो उत्तरदायित्व रहन्छ ।