भद्रपुर। झापाको साविक जलथल गाविस ५ हाल हल्दीबारी गाउँपालिका ४ मा धेरैको सङ्ख्यामा रहेका मेचे समुदायको जीवनशैलिमा परिवर्तन आउन थालेको छ । वर्षाैदेखि घरेलु मदिरा उत्पादन गरि व्यापार गर्दै आएका समुदायले पछिल्लो पटक हाते सीप तर्फ आर्कर्षित भएका छन् । गाउँपालिकाको ऐनाबारीमा यो समुदायको बाक्ले बस्ती रहेको छ । यो बस्तीका मानिसको खेतिपाती र अध्ययन थोरै भएकोले पुख्र्यौलीदेखि घरेलु मदिरालाईनै व्यापारको एकमात्र विकल्पको रुपमा अङ्गाल्दै आएका उनिहरुले बिस्तारै ब्यापार परिर्वतन गर्न थालेको बताउँछन् । पछिल्लो समय कोही वैदेशिक रोजगार,उद्योग तथा कलकारखना,सिकर्मी,डकर्मी सिलाइ– कटाइ लगायतको पेसा तर्फ रुचि बढाएका छन् । आमा बुवाले सदिउँ देखि गर्दै आएको मदिरा व्यापार आफुले पनि एक वर्षजति बिक्री वितरण गरेको ऐनाबारी ४ की मिना मेचे बताउँछिन् । मदिरालाई प्रायः भारतमा लगेर बिक्री गर्नु परेकोले भारतीय प्रहरीले सारै दुःख दिने गरेको उनले सुनाइन् । घरबाट मदिरा लिएर गएपनि बिक्री गरेर आउनेमा कुनै निश्चित नभएको घट्ना उनले बताइन् । धेरैपटक नेपाल तथा भारतका प्रहरीले खोसेर नस्ट गरिदिने ,हप्काउने, तल्लो नजरले हेर्ने लगायतका व्यवहारले गर्दा आफैलाई घृणा लागेर आएको उनले बताइन । ‘के गर्नु जतिनै दुःख दिएपनि अर्को आम्दानीको बाटो नभएकोले बाध्य भएर व्यापार गर्नु परेको उनले गुनासो गरिन् । ’ बल्लतल्ल प्रहरीको आँखा छलेर बिक्री गरिहालेमा खर्च कटाएर ५सय रुपैया बचत हुने भएपनि घरायसी खर्च पुर्याउन धौ–धौ हुने गरेको घट्नालाई स्मरण गर्दै उनले सुनाइन् । सवैतिरबाट झन्झट भएपछि यो व्यापारलाई छाडेर अहिले सिलाइ –कटाइको तालिम लिइरहेको उनले बताइन् । दक्ष सीप हासिल गरेर यही पेसालाई आफुले निरन्तरता दिने र अरुलाइपनि यसतर्फ आउन प्रेरणा जगाउने उनको भनाइ छ । सो क्षेत्रमा हाल २० जना महिलाले सिलाइ– कटाइ सम्बन्धि तालिम लिइरहेका छन् । तालिमलाई उषा धिमालले प्रशिक्षण दिइरहेको पाइएको छ । सोही बस्तीमा रहेकी ७३ वर्षीया राघुनी मेचेले मदिराको व्यापार गरेको ४० वर्ष भएको सुनाइन् । बाह्रजनाको परिवारलाई मदिरा बेचेरै हुर्काएको उनको भनाई छ । उत्पादन गरेको मदिरालाई हिडेर गोलधाप, चन्द्रगढी, भारतका विभिन्न स्थानमा लगेर बिक्री गरेको उनको भनाइ छ । एक दिनमा ४० लिटर मदिरा बेचेर घर आउने गरेको उनी बताउँछिन् । पढाइ लेखाई केही थिएन,सन्तान धेरै भएकोले मदिरानै मुख्य आम्दानीको स्रोत भएको उनले बताइन् । अहिले पनि कहिले काही अलिअलि बेच्दै आएको भएतापनि अब दाउराको अभाव ,जङ्गल पस्न नपाउने,छोराछोरीले अर्कै पेसा गर्न थालेपछि मन मर्दै आएको उनले सुनाइन् । शुरु–शुरुमा यो पेसा बाध्य बनेपनि पछिल्लो समय यस्को ब्यापार घट्दै गएको पुर्व वडाअध्यक्ष बिशु मेचेले बताए । मैले थाहा पाउदा बुवा आमाले मदिरा बेचेकोले आफूले पनि त्यसैलाई समातेको उनले बताए । पढाइ लेखाई केही नभएपछि आफुले जानेको यही पेसालाई निरन्तरता दिएको उनले सुनाए । २९ सालमा मैले थाहापाउदा यो बस्ती झार जङ्गल थियो । केही जङ्गल फाडेर झुप्रो त वनाइयो तर घर व्यवहार चलाउनको लागि पुख्र्यौली पेसानै अपनाउनु भन्दा अरु विकल्प नरहेको उनको भनाइ छ । मदिरा बेचेर जग्गा किने र घर वनाएर छ जनाको परिवार पालेको उनले बताए । दशवर्ष जति मदिरा बेचेर गुजरा चलाएको स्मरण गर्दै मदिरा बेच्दै १० वर्षसम्म वडा अध्यक्षको पद समेत चलाएको उनले बताए । ‘अध्यक्ष भएर पनि मदिरा बेच्ने भनिथ्यो, तर के गर्नु नबेचेमा बेलुका छाक टार्न सक्ने अवस्था थिएन उनले भने ।’ यो जातीको अध्ययन कमजोर भएकोले लगानी गरेर व्यापार गर्ने आँट नआएको कमजोरी स्वीकारे । मदिरा व्यापारमा पैसा कमाएपनि दिगो पेसा नभएकोले अब यस्को भविस्य नरहेको उनको धारणा छ । पहिले उज्यालो हुने बित्तिकै मदिरा बेच्नेको लर्को लाग्थ्या,े तर अहिले त्यो देखिदैन । हामीले यो पेसा समातेपनि अबका सन्ततीले यस्लाई आफनो पेसाको नाम नलिने पक्का भएको छ । सवैको नजरमा मदिरा बेच्ने त हो भनेर अर्कै दृष्टिले हेर्ने भएकोले आज भोली यो पेसाप्रतिको आर्कषण घटेर गएको पूर्व गाविस अध्यक्ष सन्तलाल मेचेले बताए । अबको पेसा भनेको मदिराको विकल्पमा अरुनै हुने उनको धारणा थियो । अहिले प्रविधि पनि आएकोले मेचे समुदाय अलिक चलाख भएर पनि यो पेसालाई छोड्दै गएको उनको भनाई छ । अन्दाजी २५ प्रतिशतले अझैपनि मदिराकै पेसा गरिरहेको उनले बताए ।