मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिका बिच देखीएको सिमान बिवादको बिषयलाई मिक्लाजुङ गाउँपालिकाले सम्बिन्धीत निकाय र प्रदेश सरकार संग गुहार मागेको छ । मिक्लाजुङ गाउँकार्यपालिकाको बैठकले यस गाउँपालिकाको वडा नं. ९ को सिमानामा साविक मधुमल्ला गा.वि.स.ले संरक्षण गरेको बन हाल फडानी भएको र उक्त बन फडानी बारेमा आवस्यक अनुसन्धान गर्न सम्बन्धित निकाय समक्ष अनुरोध गर्ने साथै उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका विच सिमानाको सम्बन्धमा द्विविधा भएकोले स्पस्ट सिमान निर्धारण गरी दिनको लागी प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता नगिन्द्र कार्कीले बताए । राज्य पुनरसंरचना आयोगले संरचना तयार गर्दा साविक मधुमल्ला गा.वि.स. १ देखी ६ सम्माका वडालाई मिक्लाजुङ गाउँपालिका र ७,८ र ९ लाई उर्लाबारी नगरपालिकामा गाभिएको थियो हाल सो वडा उर्लाबारी नगरपालीकाको वडा नं. १ हो । सोही संरचनाको आधारमा मिक्लाजुङ गाउँपालिकाकी तत्कालीन कार्यकारी अधिकृत प्रभा अर्यालले मिक्लाजुङ गाउँपालिकाको स्वागत बोड राखीएको थियो भने उर्लाबारी नगरपालिकाले भने सो स्थान भन्दा करिब ५०० मिटर उत्तर तर्फ स्वागत बोड राखेको छ । उर्लाबारीको स्वागत गेट राखे पस्चात सुरु भएको बिबाद हाल आएर उर्लाबारी नगरपालीकाले साविक मधुमल्ला ६ मा रहेको मावा धार नर्शरीमा बिरुवा कटान गरेपछी विबादले उग्र रुप लिएको हो । राज्य पुन संरचनाकै कारण सो क्षेत्रका बासिन्दा समस्यमा परेका छन । धेरै जसोको साविक मधुमल्ला ६का स्थानीय बासीको मतदाता परिचय पत्रमा मिक्लाजुङमा नामावली छ । हाल उर्लाबारी नगरपालीकाले बोड लगाए देखी दक्षिण तर्फका धेरैजसो स्थानिय बासीको भने उर्लाबारी नगरपालीका वडा नं. १ मा मतदाता परिचयपत्रमा नम रहोको छ । कतिपयको जग्गाको राजस्व, समाजिक सुरक्षा भक्ता मिक्लाजुङमा रहेकाले द्विवधामा परेको स्थानिय ७० बर्षिय विर्ख बहादुर निरौलाको दुखेसो छ । तत्कालिन मधुमल्ला गाविसका अध्यक्ष काशीनाथ पौडेलको अग्रसरतामा मावा खोलाको जोखिमबाट बस्ती जोगाउन नर्सरी लगाइएका थिए । वायोइन्जिनियरिङ पद्धतिद्वारा खोला किनारामा लगाइएको नर्सरीका कारण कालान्तरमा स्थानीयले राहत महशुस गर्दै आएका थिए । सो नर्सरीकै कारण उर्लाबारी–मधुमल्ला सडक खण्ड पनि जोखिमरहित बनेको छ स्थानीय बासी बताउँछन । नर्सरी कटान हुन थालेपछि स्थानीयमा चिन्ता थपिएको छ । मिक्लाजुङ ९ का वडाध्यक्ष सोमनाथ अधिकारी भन्छन उसैपनि साविक मधुमल्लाले बर्सेनी बाढीको बबण्डर खेप्नु परेको छ, तटबन्धको काम गरिरहेको नर्सरी सखाप पार्ने कार्य हामीलाई सह्य नभएको बताए ।’ मिक्लाजुङ र उर्लाबारी सीमावर्तीको नर्सरीका रुख कटान हुँदा सबैभन्दा क्षति उर्लाबारीले नै ब्यहोर्नु पर्ने वडाध्यक्ष अधिकारीको कथन छ ।