‘परम्परागत कृषी पेशाबाट विकल्प खोज्ने अवस्था देखिएको छ’ दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले भने ‘युवालाई आकर्षित गर्ने उदेश्यले यान्त्रिकरणमा अनुदान दिनुका साथै अत्याधुनिक कोल्ड स्टोरेज र एग्रो वेष्ट प्रोसेङि सेन्टर बनाउँदै छौं ।’

‘एक हल गोरुले ५–७ दिन लगाएर जोत्ने खेत २ घण्टामा ट्याक्टरले जोत्ने भए पछि दुहवी ३ कै सजनलाल चौधरी पनि खेती लगाउँदा ट्याक्टरनै रोज्ने गर्दछन् । गोरु र राँगाले जोत्दा भन्दा ट्याक्टरले जोतेको खेतमा झार पनि कम उम्रने भएकोले धेरै कृषकले ट्याक्टरबाटै खेत जोताउने गर्दछन् ।’

दुहवी (सुनसरी), ब्लाष्ट ।  सुनसरी दुहवीका लक्ष्मीनारायण चौधरीले खेत जोत्न ट्याक्टर प्रयोग गर्न थालेको पाँच वर्ष भयो । ट्याक्टर प्रयोग गर्न थाले पछि उनले गोरु पाल्न छाडेका छन् । रोपाहार बाहेकका खेताला लगाउने झन्झट पनि हटेको छ । पहिला जस्तो एक महिनासम्म खेतीमा दलिनु पर्ने बाध्यता पनि हटेको उनले बताए । ‘अहिलेको समस्या भनेको रोपाहारको मात्रै हो’ लक्ष्मीनारायणले भने ‘हिलो आली गर्ने काम त एक÷दूई हप्तामै ‘टापटीप’ सकिन्छ ।’ धान काट्ने र रोप्ने मेसिन पनि पाइन्छ भन्ने सुने पनि उनले प्रयोग भने गरेका छैनन् । ट्याक्टरबाट जोत्दा माटो मसिनो हुने भएकोले समयमै वीउ र मल पाउँदा वढी मात्रामा लगाइने धानको उत्पादन पनि वृद्धी भएको उनको अनुभव छ । दुहवीकै शंकरलाल चौधरीले पनि साहुँको र आफ्नो गरी पाँच विगाहा जग्गामा खेती गर्ने गरेका छन् । धानको सिजन बाहेक उनले खेतीमा पटुवा, तोरी लगायतका नगदेवाली लगाउँछन् । हल गोरुको भरमा खेती गर्दै आएका शंकरलालले पनि खेतीगर्दा आजभोली ट्याक्टरनै प्रयोग गर्छन् । ट्याक्टरको प्रयोगले उनलाई पनि वर्षै भरी हल गोरु पाल्ने झण्झट पनि हटेको छ । तीन वर्ष अघि वैदेशिक रोजगारीबाट फर्किका दुहवी ३ का सुरेन्द्र चौधरीले विदेशमा कमाएको पैसामा थप थाप गरेर ट्याक्टर किने । कृषीमा प्रयोग हुने हलो, थ्रेसरलगायत खरिद गर्दा १८ लाख रुपैयाँ जति लगानी गरेका सुरेन्द्रले अहिले वार्षिक ५÷६ लाख रुपैयाँ आम्दानी गर्छन् । ‘सिजनमा खेतमै बढी ट्याक्टर लगाउँछु’ सुरेन्द्रले भने ‘अरु बेला सामान ढुवानीमा प्रयोग हुन्छ ।’ अधिकाँश कृषकले परम्परागत रुपमा गोरु र राँगाबाट जोत्ने काम छाड्दै गएकोले उनको आम्दानी बढेको हो । थ्रेसरबाट पनि उनले राम्रै आम्दानी गर्छन् । एक हल गोरुले ५–७ दिन लगाएर जोत्ने खेत २ घण्टामा ट्याक्टरले जोत्ने भए पछि दुहवी ३ कै सजनलाल चौधरी पनि खेती लगाउँदा ट्याक्टरनै रोज्ने गर्दछन् । गोरु र राँगाले जोत्दा भन्दा ट्याक्टरले जोतेको खेतमा झार पनि कम उम्रने भएकोले धेरै कृषकको रोजाईमा ट्याक्टर नै पर्ने गरेको छ । दुहवीमा अहिले पनि कृषकको संख्या ९४ पोइन्ट ८ प्रतिशत जमिन कृषी योग्य रहेको दुहवी नगरपालिकाले जनाएो छ । तर, आफ्नै लगानीमा यहाँका कृषकहरु परम्परागत प्रणालीलाई हटाउने बाध्यात्मक परिस्थितीमा छन् । कृषीमा काम गर्ने मजदुर अभाव हुनु यहाँका कृषकलाई यान्त्रिकणको प्रयोग बाध्यता जस्तै देखिए पनि उनीहरु अझै यान्त्रिकरण उपयोग गर्न इच्छुक छन् । सोलार पम्पीङ सेट देखि बाली रोप्ने र उठाउने मेसिन यहाँका कृषकले आवश्यक्ता महसुस गरे पनि आर्थिक भार बढ्ने डरले उनीहरु यस्ता उपकरणको प्रयोग गर्ने आँट गर्दैनन् । कृषीमा पूर्ण यान्त्रीकृत गर्न सरकारले किसानलाई सहुलियत ऋण दिने घोषण गरे पनि यी किसानले धान रोप्ने, गोड्ने र काट्ने प्रविधि उपलब्ध गराउन भने सकेको छैनन् । कम खर्चमा बढी आम्दानी दिलाउने यस्ता सबै प्रविधिभने दुहवीका किसानको पहुँचमा अझै पनि पुग्न सकेको छैन । कृषि मजदूरको अभावमा कम समयमा सजिलै खेती गर्न सजिलो बनाएको यान्त्रीकरणले परम्परागतभन्दा यान्त्रीकृत खेतीबाट ६५ प्रतिशतदेखि ९० प्रतिशतसम्म बढी उत्पादन हुने अनुमान गरिएको छ । एक विगाहा खेती गर्दा ३० जना कामदारलाई २० दिन सम्म लाग्ने र रु.६० हजार खर्च लाग्ने ठाउँमा ट्याक्टर र अन्य यन्त्रको प्रयोग गर्ने हो भने पाँच जनाले तीन दिनमै रु.४६ हजार खर्चमा सक्ने अनुमान गरिएको छ । अहिले दुहवी नगरपालिकाले कृषिमा आधुनिकीकरण गर्दै यान्त्रीकरणलाई ? जोड दिने गरी नीति बनाएको दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले बताए । धान काटेपछि गाईबस्तु चरन हुने कति पय जग्गा कृषी यान्त्रीकरण हुन सके नगदे वालीमा प्रयोग गर्न सकिने भन्दै नगरपालिकाले कृषकलाई आगामी वर्ष अनुदान प्रवाह गर्ने नगरपालिकाका कृषी विभाग प्रमुख सीताराम ढकालले बताए । ‘५० देखि ८५ प्रतिशतसम्म कृषकलाई यान्त्रिकरणमा अनुदान प्रवाह गर्ने योजना बनाएका छौं’ ढकालले भने ‘दश विगाहा खेती गर्ने कृषकलाई बढी अनुदान दिने छौं ।’ एकै व्यक्तीको यति धेरै जग्गा नहुने भएकोले समुह बनाएर ऋण र अनुदान प्रवाह गर्ने पनि उनको भनाई छ । नेपाल कृषि कम्पनीले तीन वर्ष अघि प्रयोगका लागि भित्र्याएको यान्त्रिकरणबाट पनि कार्यक्रम लागु भएका क्षेत्रका कृषक अन्न उत्पादन बढाएका थिए । मेशीनले नै धान रोप्ने र उत्पान समेत बढेको सो सुविधा लिएको तनमुनाका कृषक रामनारायण माझीले बताए । यस अघिनै तनमुना आसपासका किसानले नयाँ प्रविधि भित्र्याएसँगै २५ प्रतिशत उत्पादन बढेको माझीले बताए । सो कार्यक्रम बर्जू र गढी गाउँपालिकाका छिटाहा, तनमुना र पूर्वकुशाहामा लागु गरिएको थियो । धान रोप्न यान्त्रिकरणको प्रयोग गर्दा ट्रेमा बिउ राख्ने, मेसिनको सहायताले धान रोप्ने, गोड्ने मेसिन र मंसिरमा धान पाकेपछि हार्वेस्टरले धान काटेर सोझै धान बोरामा हालेर घरमा ल्याउने सजिलो प्रविधि प्रयोग गर्न सके कृषी मजदुरको अभावलाई सजिलै टार्न सकिने दुवहीका कृषक अनन्तनारायण चौधरीले बताए । दुहवी क्षेत्रका ६० प्रतिशत किसानले अहिले पनि यन्त्रको प्रयोगले खेती जोत्ने गरेका छन् । बाली रोप्न, गोड्न र उठाउन भने कमैले मात्रै यन्त्रको प्रयोग गर्दै आएका छन् । गोरुले एक विगाह जमिन धान रोप्नका लागि जोत्न १० हजार, मलखाद ५ हजार, जन लगाएर धान रोप्दा ३० जना जनको १३ हजार, धान गोड्दा ९ हजार र काट्दा र थ्रेसर लगाउँदा १६ हजार गरी परम्परागत रुपमा खेती गर्दा ५३ हजार खर्च छ । परम्परागत खेती गर्दा उत्पादनको १५ प्रतिशत खेर पनि जान्छ । अर्थात एक विगाहमा ६८ मन मात्र धान फल्छ । तर, आधुनिक प्रविधिबाट खेती गर्दा ट्याक्टरले जोत्दा ८ हजार, बिउरोप्न मेसिनले एक विगाहमा १३ हजार, मलखाद ५ हजार, गोडाई छ हजार, हार्वेस्टरले काट्दा विगाहको ५ हजार गरी मेसिनबाट खेती गर्दा विगाहमा ३७ हजारमात्र खर्च लाग्ने गरेको छ । सोझै विगाहमा १६ हजार रुपैयाँ बचत छ । मेसिनले खेती गर्दा उत्पादन खेर जाँदैन त्यसैले विगाहमा ८० मन थान उत्पादन हुन्छ । परम्परागत प्रविधिभन्दा मेसिनले खेती गर्दा उत्पादनमा १२ मन विगाहमा बढी जोगाउन सकिने यहाँका कृषकको अनुमान छ । उदाहरणको लागि बुद्ध एयरको नाफारहित भगिनी संस्था नेपाल कृषि कम्पनीले छिटाहामै कार्यालय राखेर खेत गोड्ने मेसिनको लागत कसरी घटाउने भन्ने विषयमा अनुसन्धान सुरु गरेको थियो । पेट्रोलबाट चल्ने धान गोड्ने मेसिन ‘विडर’ले एक विगाह धान गोडेको छ हजारदेखि १३ हजारसम्म खर्च हुने भएपछि अहिले त्यही विडर मेसिनलाई पानी तान्न र अन्य प्रयोजनमा प्रयोगमा ल्याउन सके आफुहरुलाई बढी राहत हुने कृषकहरुको भनाई छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार अहिले जिल्लाका करिब २५ सय किसान कृषि यन्त्रबाट खेती गर्न थालेका छन् । जसमा धान रोप्ने, गोड्ने, काट्ने मेसिन वितरण गरेको छ भने गहुँका लागि शून्य खनजोत प्रविधिसमेत भित्रिएको छ । जसले गहुँ खेतीको लागत समेत घटेको छ । धान काटेको खेतमा खनजोत नै नगरी सोझै गहुँ छर्न सकिन्छ । ट्याक्टरको पछाडी जीरो टिल मेसिन जोडेपछि त्यसले एकैपटक गहुँ र मलखाद खेतमा जोत्दै रोप्छ । यसले विगाहमा ३० हजार रुपैयाँ किसानको बचत हुने गरेको छ । सुनसरी धान, गहुँ पछि बढी उत्पादन हुँदै आएको मकै खेती हो । सुनसरी जिल्लामा छ हजार पाँचसय हेक्टरमा हिउँदे मकै र दुई हजार पाँचसय हेक्टरमा वर्खे मकै लगाइँदै आएको छ । जसमा ३९ हजार मेट्रिक टन हिउँदे र १३ हजार तीनसय ७५ मेट्रिक टन वर्षे मकै उत्पादन हुँदै आएको छ । अन्नबाली उत्पादनमा उर्वरभूमि मानिने दुहवीलाई नगदे कृषी वाली उत्पादनमा उत्साह थप्ने उदेश्यले दुहवी नगरपालिकाले यान्त्रिकरणसँगै कोल्ड स्टोरेजको योजना बनाएको दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले बताए । ‘परम्परागत कृषी पेशाबाट विकल्प खोज्ने अवस्था देखिएको छ’ मेयर गच्छदारले भने ‘युवालाई आकर्षित गर्ने उदेश्यले यान्त्रिकरणमा अनुदान दिनुका साथै अत्याधुनिक कोल्ड स्टोरेज र एग्रो वेष्ट प्रोसेङि सेन्टर बनाउँदै छौं ।’ कृषीमा सहयोग गर्ने एनजीओ र आइएनजीओबाट आएको बजेट पनि वास्केट फन्ट बनाएर नगरपालिकाबाटै सञ्चालन गरिने योजना रहेको मेयर गच्छदारको भनाई छ । ‘खेती जोत्ने, रोप्ने देखि औषधि छर्ने सम्मका उपकरण अनुदानमा दिने नीति बनाएका छौं’ मेयर गच्छदारले भने ‘थोरै श्रोत साधनबाट धेरै उपयोग हुने गरी अनुदान दिने योजना बनाएका छौं ।’ सुनसरी जिल्लाको अवस्था हेर्ने हो भने छ हजार पाँचसय हेक्टरमा हिउँदे मकै र दुई हजार पाँचसय हेक्टरमा वर्खे मकै लगाइँदै आएको छ । जसमा ३९ हजार मेट्रिक टन हिउँदे र १३ हजार तीनसय ७५ मेट्रिक टन वर्षे मकै उत्पादन हुँदै आएको छ । दुई वर्ष अघि कृषि विकास कार्यालय सुनसरीले निकालेको तथ्याङ्क अनुसार हिउँदे मकै प्रतिहेक्टर छ टन र वर्षे मकै प्रतिहेक्टर पाँच दशमलव ५३ मेट्रिक टन फल्छ । अन्नबाली उत्पादनमा उर्वरभूमि मानिने सुनसरीको पनि दुहवी आसपास पछिल्लो समय तरकारी र पशुपालनको मुख्य पकेट क्षेत्र बन्दैछ । दुहवी नगरपालिकाको आगामी कृषी केन्द्रीत कार्यक्रम प्रभावकारी हुने हो यान्त्रिकरण मार्फत तरकारी खेती गर्ने र अन्नवालीमा युवाको आकर्षण बढ्ने अनुमान गर्न सकिन्छ ।