ताप्लेजुङ ब्लाष्ट । दिनको सुरुवात गर्न होस् या अतिथिको सत्कारको लागि चियाको चुस्की नै प्राथमिकतामा पर्दछ । प्रायः हातैले तयार गरिने अर्थाेडक्स चियाको त फाईदै फाईदा छ । मानव स्वास्थ्यमा यसले पुर्याउने फाईदा त छँदै छ यसको निर्यातवाट आर्थिक उपार्जनको सम्भावना पनि त्यतिकै वलियो छ । चियाको लागि राम्रो हावापानी रहेको ताप्लेजुङमा चिया खेति विस्तार केहि मात्रामा वढेको छ तर यो नै पर्याप्त छैन । केहि वर्ष यतावाट जिल्लामा सामान्य रुपमा उत्पादन भएपनि यसको गुणस्तरियता भने निकै धरै देखिएको छ । विगत वर्षका यहाँ उत्पादित अर्थोडक्स चियाको परीक्षण गर्दा गुणस्तरीय देखिएपछि जिल्लामा उत्पादित चियाको माग ठूलो परिमाणमा आएको छ । तर उत्पादन अवस्था भने अझै पनि उत्साहजनक छैन ।

चियामा सम्भावना छ  चिया परिक्षणको लागि वेलायत, इटाली तथा डेनमार्क लगायतका देशहरुमा यहाँ उत्पादित चिया पठाईएको थियो । परिक्षणको क्रममा गुणस्तरिय भेटिएपछि यहाँ उत्पादित अर्थोडक्स चियाको माग ठुलो परिमाणमा आएको हो । डेनमार्कका व्यवसायीले वार्षिक ३० हजार टन चियाको माग गरेका छन् । तर यहाँ दुःखले वार्षिक सात सय किलोको हाराहारीमा मात्र चिया उत्पादन भैरहेको छ ।

२०५४ सालमै एक सहकारी संस्थाले २ सय रोपनी जग्गा खरिद गरि चिया खेति सुरु गरेपनि त्यसको स्याहार सम्हार नगर्दा उत्पादन भने शुन्य रहेको थियो । विस्तारै चियाको संभावना देख्न थाले पछि २०७० सालदेखि भने इलामबाट प्राविधिक तथा कामदार ल्याएर स्याहार–सम्भार गरेपछि मात्रै उत्पादन सुरु भएको छ । त्यस पछि पनि राम्रो प्रविधि र चियाको वजारको उचित स्थान नदेख्दा अथवा यहाँ उत्पादित चियाको गुणस्तरियता वुझ्न सकक्दा चियाको उत्पादनमा ठुलो परिर्वतन आउन सकेको थिएन् ।

गत वर्ष पनि ५ सय किलो उत्पादन भएको थियो । डेनमार्कले ठूलो परिमाणमा माग गरेको र बिरुवा लगाउन समेत उन्नतीले सहयोग गरेपछि खेति विस्तारमा थप उत्साह जागेको उक्त सहकारीका व्यवस्थापक विदुर भट्टराई वताउँछन । अव चाहिँ यहाँ चियाको सम्भावना रहेछ भन्ने वुझ्यौँ अव भने यसको विकासमा अघि वढ्ने उनको भनाई छ ।

यहाँको चिया अहिले ‘ग्रिन टी’ का लागि मात्रै प्रयोग हुने गरेको छ । अहिले त ‘दुई पात एक सुइरो’ टिपेपछि यही प्रशोधन गर्न थालिएको छ । बेलायतमा नेपालबाट पल्टन गएका गोर्खा सैनिक र काठमाडौंमा व्यवसायीले लाने गरेको व्यवस्थापक सदस्य मोहन राईले बताए । यहाँ उत्पादित चिया अहिले प्रतिकिलो २५ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । न्युनतम एक महिनामा ३ पटक सम्म टिप्न सकिने चियाको १० केजि हरीया पत्तिवाट २ केजि २ सय ग्राम सम्म अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । जहाजमा लानुपर्ने भएकाले ठूलै परिमाण नभएसम्म थोरै मात्र लान समस्या हुने डेनमार्कका व्यवसायीले बताएको राईले वताउनु भयो ।

स्थानिय स्तरै रोजगारीको सुजना यस्तै चिया खेतिको विस्तार संगै स्थानिय स्तरमा पनि रोजगारीको सृजना समेत भएको छ । दैनिक रुपमा चिया टिप्ने, वगान सरसफाई गर्ने, विरुवा रोप्ने लगायतका कामका लागि १० देखि १२ जना सम्मले रोजगारी पाईरहेका छन् । एक दिन काम गरेको ज्याला ३ सय रुपैयाँ रहेको छ । दैनिक रुपमा रोजगारीको पाएपछि मजदुर हरु समेत खुसि देखिएका छन् । “यहाँवाट लगेको पैसाले दैनिक घर व्यवहार सञ्चालनमा समेत सहज भएको छ ।” उत्पादन सुरु भए देखि निरन्तर चिया वगानमा काम गरिरहेका ङिमा शेर्पाले वताए । यस्तै चिया वगानमा काम गरेर आफ्ना छोरा छोरीलाई पढाउने खर्च समेत जुटाउन सजिलो भएको उनको भनाई छ ।

चिया खेतिमा किसान आर्कषित चियाको माग वढे संगै व्याक्तिगत जग्गामा पनि यहाँका किसानले खेति विस्तार गर्न थालेका छन् । विगतमा अलैँचिको भाऊ धेरै भएको र त्यसवाट समेत एक मुष्ट रकम आउने भएकाले यहाँका किसान चियामा भन्दा अलैँचि खेति तर्फ आर्कर्षीत भएका थिए । तर अलैँचिको भाऊमा आएको गिरावट साथै चियाको वजार राम्रो रहेकाले पनि यहाँ चिया खेति वढ्दै जान थालेको छ । यो वर्ष नै ताप्लेजुङमा अन्य पाँच जना किसानले आफ्नै निजि लगानिमा ३ सय रोपनिमा चिया खेतिको विस्तार गरेका छन् । “त्यसै खेर गैरहेको पाखामा चिया लगाएको छु अहिले त निकै सप्रिएर आएको छ । ” स्थानिय वेदनिदि पौडेलले वताउनु भयो ।

चुनौति धरै चिया खेति विस्तार गर्नको चुनौति समेत धेरै रहेको अगुवा चिया किसान तथा पाथिभरा चिया उत्पादक सहकारी संस्थाका व्यावस्थापक विदुर भट्टराई वताउछन् । जसमा सवैभन्दा ठुलो चुनौतिका रुपमा आर्थिक समस्या रहेको उनको भनाई छ । चियामा लगानि गर्नको लागि यहाँका वैङ्क हरुले समेत ऋण नदिने गरेको उनको अनुभव छ । अलैँचि खेति गर्ने भन्यो भने जति पनि ऋण दिन्छन् तर चियाको कुरा गर्दा दिन नसकिने वताउने गरेको भट्टराईको भनाई छ ।

त्यस्तै यहाँको चिया वायो अर्गानिक हो भन्ने पुष्टि भएपनि त्यसको लागि अन्तराष्ट्रिय रुपमा प्रमाण पत्र प्राप्त गर्नको लागि धरै लगानि लाग्ने भएकाले पनि त्यसो गर्न सकिएको छैन । वायो अर्गानिक चियाको प्रमाणपत्र प्राप्त गरि सकेपछि पनि विभिन्न चरणमा ठुलो सङ्ख्यामा लागत लाग्ने भएकाले साना किसानहरुले सो प्रमाण पत्र लिन सक्दैन् । साना किसान सँग त्यस्तो किसिमको प्रमाण पत्र नभएपछि ठुला उद्योगीहरुले भने न्यून मुल्यमा चिया खरिद गर्ने गरेकाले पनि किसानले भने सन्तोषजनक मुल्य पाएका छैन्न । त्यसै गरि प्रविधिको समेत अभाव रहेको स्थानियको भनाई छ । चिया खेति गर्ने रहर भएर पनि उचित प्रविधिको अभावमा आफुहरु अन्योलमा परेको स्थानियको भनाई छ । चियाको विषयमा पनि यहाँका सरकारी तथा गैरसरकारी निकायले समेत चासो नदिँदा ताप्लेजुङमा प्रविधि भित्राउन सकिएको छैन । कति सम्म भने जिल्ला कृषि विकास कार्यलयले समेत चिया खेति गर्नेका लागि चिया प्राविधिक उपलब्ध गराउन आल टाल गर्ने गरेको छ । अर्को चुनौतिको रुपमा विरुवा समेत आएको छ । विरुवा यहाँको लागि इलामवाट ल्याउनु पर्ने भएकाले प्रतिगोठा विरुवा १० देखि १२ रुपया सम्म पर्ने गरेको छ । यदि विरुवा ल्याउनको लागि ढुवानी अनुदान सरकारी निकायवाट दिन सकिएमा यहाँका किसान अझै वढि चिया खेति तर्फ आर्कषित हुने थिए ।

सामान्यतया तातोपना र चिस्यानको सन्तुलित स्थिति चिया खेतीका लागि उपयुक्त हुन्छ । पानी राम्ररी कटाउन मिल्ने उचाइमा रहेको उर्वर तथा अम्लीय माटोमा चिया खेती फस्टाउँछ । पानी कटाउन सजिलो हुने हुँदा भिरालो पहाडी जमिनमा चिया लगाउने गरिन्छ । तर घाम, तापक्रम, सापेक्षिक आर्द्रता र हावा जस्ता बाह्य तत्वले यसको स्तर निर्धारण गर्ने गर्दछन् । जिल्लालाई आर्थिक रुपमा विकास गर्नको लागि चिया खेतिको महत्व एक दमै महत्वपूर्ण रहन्छ । यहाँ विस्तार गरिएको खेतिवाट जति फाईदा पुग्छ त्यतिनै फाईदा पर्यटनवाट पनि पुग्छ । जिल्लामा भित्रने पर्यटकलाई एक दिन मात्र चिया वारीको मनोरम दृश्यमा रमाउने वातावरण सृजना गर्न सके मात्र पनि धेरै ठुलो फाईदा पुग्नेछ । त्यसैले पनि जिल्लाको समृद्धिको लागि यहाँका सरोकारवालाको ध्यान जानु जरुरी रहेको स्थानिय वताउँछन् ।