इलाम । लक्षितवर्गको नाममा छुट्टिने बजेट स्थानीय सरकारबाट कटौती भएपछि इलाम जिल्लाको माई नगरपालिकाका महिलाहरुले स्थानीय सरकारसँग शुक्रबार अनुरोध पत्र बुझाएका छन् । आर्थिक वर्ष २०७५/०७६ को बजेट छलफल गर्दै गर्दा महिलाहरुहरुका नाममा छुट्टिने बजेटको ध्यानाकर्षण गर्न महिलाहरुको टोली नगरप्रमुखकहाँ पुगेको थियो । लक्षितवर्ग,महिला,सिमान्तकृत समूह लगायतका क्षेत्रमा छुिट्टेने बजेट स्थानीय तहमा नै आइसकेपछि ग्रामिण तथा पिछडिएका वर्गलाई विशेष बजेट छुट्टिनु पर्नेमा जोड दिदैँ महिलाहरुले कार्यपालिका बैठकस्थलमा नै गई शुक्रबार अनुरोध पत्र बुझाएका थिए । नगरप्रमुख दिपककुमार थेबेले अनुरोध पत्र बुझ्दै माई नगरपालिकाको कार्यपालिका छलफलमा सबै वडाका महिलाहरुलाई सशक्त बनाउनमा नै महिलाहरुका लागि पर्याप्त बजेट विनियोजन हुनेमा ढुक्क हुन आग्रह गरे । उनले कानुन मात्र बनाएरं नपुग्ने खास जरो कुरा भने पहिचान गर्दैछौ,जरे कुरा भनेको शिक्षा,जनचेतना र मुख्य आर्थिकसँग जोडिएको विषयबस्तुमा नगरपालिकाले प्राथमिकता र प्रोत्साहित गर्नुपर्छ भन्ने महसुस गरेको बताए । आइतबार स्थानीय तहको बजेट विनियोजन हुदैँ गर्दा महिलाहरुलाई नारा लाउन भन्दा पनि आर्थिक रुपमा जोडिएका विषयवस्तुमा सबल आर्थिक रुपमा सक्षम र चेतनाका स्तरबाट माथि उकास्न सकिएमा महिला हिसां आफैँ हट्ने बताए । नगरप्रमुख थेबेले भने “महिलाहरुका लागि एक करोड पचास लाख बजेट छुट्यिाई सम्वृद्धि कोष स्थापना गर्न प्रस्ताव गर्दैछौ,माई नगरपालिका वाख्राको पकेट क्षेत्र भएकाले वाख्रापालन,ढाका उद्योग र टपरी उद्योग सञ्चालन गर्नेछौ,माई नगरपालिकामा ७६ वटा सामुदायिक वन जसमा खखुवा नै सखुवाको घारी भएकाले टपरी उद्योग सञ्चालन गर्न ३० लाख पर्ने मेसिन ल्याई,तालिम सञ्चालन गरि टपरी उद्योग सञ्चालन गर्नका लागि नगरबाट कोष स्थापना गरिएको छ,अब वडाबाट पनि २५ प्रतिशत आयआर्जनमै लगाउनुपर्छ भनी लागिपरिरहेका छौ अनुरोध पत्रलाई माई नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को बजेटले सम्बोधन गर्छ ।” मानव अधिकार मञ्च इलाम जागरण नेपाल काठमाडाँैद्धारा सञ्चालित र मानव अधिकार मञ्चद्धारा सञ्चालित महिला,दलित सिमान्तकृत समूदायको स्थानीय शुसासन,निर्वाचन निर्णयक तह र राजनीतिमा महिलाको समान सहभागिता सवलिकरण अन्तर्गत गठित विगत दुई वर्ष छ महिनादेखि कार्यशिल कार्यक्रबाट महिलाहरुलाई तालिम,गोष्टी गर्ने गरेको छ । स्थानीय स्तरमा जिल्लास्थित राजनीतिक दलहरुको महिला संगठनको महिला स्रोत केन्द्र दानाबारीकी संयोजक जुनु राईको अगुवाईमा अन्य सदस्यसहितको टोली नगरप्रमुख कहाँ पुगेको थियो । महिला शसक्तिकरणमा आवद्ध महिलाहरुले इलामका रोङ,चुलाचुली गाँउपालिकामा समेत ज्ञापनपत्र बुझाउने र महिलाका अधिकारका लागि छुट्टिने बजेट तथा नीति नियममा समेत दबाब दिने कायक्रम रहेको बताउछन् । का लागि मानव अधिकार मञ्चले संचालन गरेको परियोजनाबाट स्थानीय तहमा एक सय ४७ जनामहिला निर्वाचित भएको कार्यक्रम सयोंजक शिखरनाथ सापकोटा बताउछन् । जिल्लाका तीननिर्णायक तह,राजनीति,निर्वाचमा मीय तह साविकका पाँच वटा गाविसहरुमा परियोजनाले महिला बसक्तिकरणको कार्य गरेको छ । लक्षितवर्ग,सिमान्तकृत महिला लगायतलाई अधिकारप्रति सचेत गराउने,नेतृत्व क्षमता विकास र राजनीतिमा सहभागिता बढाई महिलाहरु आयआर्जनको पाटोमा लागि परेका छन् ।