चक्रघट्टि । सुनसरीको बराह नगरपालिकाको ९,१०,११ न वडाका सर्वसाधारण र्जगली हात्तिको समस्याबाट सधै आर्तकित बन्नु परेको छ । सोमबार बिहान तिन बजे घरमै सुतिरहेको अबस्थामा हात्तिले घरमै आएर आक्रमण गर्न खोज्दा हात्तिबाट बच्न भाग्ने क्रममा बराहक्षेत्र ९ शान्ति चौककी ४५ बर्षिय भुनिदेवि चौधरीको ज्यान गएको छ । बन्यजन्तु आरक्ष कुसाहा सँग जोडिएको ९,१० र ११ नं का सर्वसाधारणहरु साझ परेपछि दिनहु जसो हाक्तिको आतंक सहदै आएका छन । हात्तीले रातभरि सुत्न दिदैन, साँझ परेपछि हात्ती धपाउन सबै जना एकै ठाँउमा जम्मा हुन्छौ अनि आगो बालेर, थाल, डाँडु बजाएर हात्ति धपाउने गरेका छौ । लगाएको अन्नबाली जंगली हात्ति ,दुम्सी, बदेल अर्ना लगायतका जनावरले खाइदिन्छन बाँकी बचेको अन्न आफुले खाने गरेको स्थानिय लक्ष्मण पोखरेल बताउँछन् । यस क्षेत्रमा कहिले त ८ वटा सम्म जंगली हात्ति आउने गरेका छन । यहा आउने हात्ति मध्ये मुकुन्ना र दारे हात्ति पुराना हात्ति हुन् । अन्य हात्ति आगो बाल्दा, धपाउन जादा डरले भाग्ने गरेका छन् भने २ हात्ति अटेरी गर्ने गरेको वडा सदस्य दिपा परियार बताउछिन् । मकैको सिजनमा बढि दुख दिने गरेको छ । अन्न बारीमा हुन्जेल बारीमा दुअ दिन्छन् ,घरमा भण्डार गरेको अन्न पनि घरमै आएर खाइदिएर दुख दिने गरेको हरि भट्टराई बताउछन् । एक बर्ष अगाडी आफुलाई अर्नाले आक्रमण गरेर घाइते बनाएको थियो । राहत स्वरुप बन्यजन्तु आरक्ष मार्फत २० हजार प्राप्त गरेको उनी बताउछन् । जंगली जनावरको नियन्त्रणका लागी कोशी बन्य जन्तु आरक्षले सोलार फेन्सीको व्यवस्था गरेको छ । तर जंगली हात्तिहरुलाई यस सोलारले नियन्त्रण गर्ने सकेको छैन अन्य जनावरलाई चाही नियन्त्रण गरेको सेशराज माझी बताउछन् । र् जंगली जनावरले बस्तीमा धेरै दुख दिइरहेका छन् । यसको लागी दिर्घकालिन समस्या समाधान गरिनुपर्छ । नगरलाई यस क्षेत्रको लागी कुनै पनि बजेट आउदैन । बन्यजन्तु आरक्षलाई बजेट छुट्याइदिएको हुन्छ । सोलार फेन्सीले मात्र हुदैन ,कंकिट वाल बनाउन जरुरी छ । यसका लागी डिजाइन समेत आफुहरुले दिइसकेको तर अहिले सम्म सुनुवाई नभएको नगर प्रमुख निलम खनालले बताएका छन् । बन्य जन्तु आरक्ष वरपर अबैध रुपमा घरायसी गाई,भैसी चरणका लागी छाडिदिने गरेका छन् । जंगली जनावरले केही खान नपाएपछि गाँउ छिर्ने गरेको कर्मचारी उमेश बस्नेत बताउछन् ।