धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनदिनको नवजात शिशुमा देखिएको दुलर्भ रोग ‘ट्राक्यो इसोफेजियल फिष्टुला’ को सफल सल्यक्रिया गरिएको छ ।

प्रतिष्ठानका बच्चा विभागका डा. राजेशप्रसाद साहको टोलीले चारघण्टा लगाएर फिष्टुलालको सफल सल्यक्रिया गरेको हो । यो रोगबाट ९५ प्रतिशत बच्चाहरु मृत्युको जोखिममा पर्ने गरेका छन् । पाँच प्रतिशत बच्चाहरु मात्रै सल्यक्रियापछि बाँच्न सक्ने सम्भावना रहने गरेको डा. साहले बताए ।

जन्मदै श्वास नली पूर्ण रुपमा विकास भए पनि खानाको नली फोक्सोमा जोडिएको अवस्थामालाई ‘ट्राक्यो इसोफेजियल फिष्टुला’ भनिन्छ । यो ४ हजार नवजात शिशुमध्ये एक शिशुमा यस्तो समस्या देखिने गरेको अध्ययनले देखाएको डा. साह बताउँछन् । डा. साह भन्छन्, ‘वल्र्डवाइड रुपमा चारहजार बच्चामध्ये एकमा यस्तो समस्या हुन सक्ने अध्ययनले देखाएको छ ।’

जेठ ३१ गते शिशुको जन्म भएको थियो । बच्चा जन्मिएपछि आमाको दुध चुसाउने क्रममा ‘बमिटिङ’ गरेपछि डाक्टरलाई देखाइएको शिशुका बुबा रजिन राईले बताए । ‘दुध खुवाउँदा एक्कासी बमिट ग¥यो । अनि डाक्टरलाई देखायौं ।’ उदयपुर निवासी राईले भने, ‘पछि यस्तो समस्या छ भन्ने डाक्टरबाट भनेपछि शुरुमा आत्तियौं । तर अहिले सल्यक्रियापछि राम्रो भयो । खुसी लागेको छ ।’

उनीहरुको पहिलो सन्तान हो । १२ दिनसम्म डा. साहको नेतृत्वले निगरानी राखेर सोमबार डिस्चार्ज गरेको छ । पुनः परिवारलाई सातादिनपछि चेकअपको लागि बोलाइएको छ । खाने नली पूर्ण रुपमा विकास नहुँदा खाना फोक्सोमा गई निमोनिया भएर तत्कालै शिशुको मृत्युसम्म हुने गरेको छ । बीपी प्रतिष्ठानमा ‘ट्राक्यो इसोफेजिल फिष्टुला’ पहिलो पटक भेटिएको हो ।