धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा नं.३ र ४ मा पर्ने जोरपाटी, काजीमाने, चुलाचुली हुँदै लामीछानेसम्म पुग्ने ग्रामिण सडकको हिजोआज धामधम निर्माण भैरहेको छ । बर्षौ देखी साविकको जिल्ला विकास समिति धनकुटाले करोडौं लगानी गरि सकेको सो सडकमा चालु आर्थिक वर्ष ०७४/०७५ मा भने उन्नती परियोजना धनकुटाले ४ करोड, ९६ लाख, २८ हजार, ८ सय, ४१ रुपयाँ लगानी गरेको छ । त्यस्तै जोरपाटी देखी चुलाचुली, काजीमाने हुँदै तमोर गड्तीर त्रिवेणस्सम्म जाने हाल निर्माण भैरहेको लामीछानेसम्मको १२ किलोमिटर सो सडकमा चालु आर्थिक वर्षमा छथरजोरपाटी गाउँपालिकाले ५३ लाख रुपयाँ लगानी गरेको छ । छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वुका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५३ लाख रुपयाँले जोरपाटी देखी चुलाचुली, काजीमाने देखी लामीछानेसम्मको १२ किलोमिटर मोटरवाटोको सडक चौडा गरिएको वताएका छन् । उनले उपभोक्ता मार्फत जोरपाटीलामीछानेसम्म सडक चौडा गरिसके पछि उन्नती परियोजना धनकुटासंग गएको जेठ १५ गते सडकको पुर्वाधार निर्माणको लागी करिव ५ करोड रुपयाँ सम्झौता गरी हाल निर्माण कार्य धमाधम भैरहेको वताए । प्रमुख लिम्वुले उन्नती परियोजनाले सडकको पुर्वाधार निर्माणको लागी दिएको ५ करोड रुपयाँले सडकको नाली, ग्याविङ्ग वाल, कचवए, टेवापर्खाल, होमपाईप राख्ने, सोलिङ्ग, ग्राभेल विछ्याएर र रोलर गर्नेसम्मको काम भै रहेको वताएका छन् । लिम्वुले जोरपाटी देखी काजीमाने, लामीछाने हुँदै त्रिवेणीसम्म २६ किलोमिटरको दुरी रहेको र जसमध्ये १२ किलोमिटर सडक बाह्रैमास गाडी चल्ने गरी स्तरउन्नती गर्न लागीएको वताएका छन । उनले असार मसान्तसम्ममा उन्नती परियोजनासंग उपभोक्ताले गरेको सम्झौता अनुसारको सम्पुर्ण काम सकिने दावी गरेका छन् । सो सडक निर्माणको लागी लगानी गर्ने संस्था उन्नती परियोजना धनकुटाका आइ.एस. भौतिक पुर्वाधार विज्ञ शुसिल यादवले पुर्वाधार निर्माणको काम ठेक्का मार्फत गर्दा डिलो हुने भएकाले ५ वटा उपभोक्ता समिति मार्फत सडक निर्माणको काम भैरहेको वताएका छन । यादवले १२ किलोमिटर सडकलाई ५ भाग लगाएर उपभोक्ताले सडकलाई आवश्याक पर्ने नाली, ग्याविङ्ग, टेवा पर्खाल, हुमपाईप राख्ने, सोलिङ्ग, ग्राभेल विछ्याउने र रोलर गर्ने कार्य भै रहेको वताएका छन् । उनले उपभोक्ता समितिहरुलाई सडकको निर्माण कार्य सम्झौता अनुसारको सम्पन्न गर्ने म्याद असार १५ सम्म भए पनि मसान्तसम्ममा काम सक्न मिल्ने संकेत गरेका छन् । छथरजोरपाटी वजार देखी चुलाचुली, काजीमाने हुँदै लामीछानेसम्म निर्माण भैरहेको १२ किलोमिटर सडकको सनिवार स्थलगत रुपमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वु, उन्नती परियोजनाका भौतिक पूर्वाधार विज्ञ शुसिल यादव र स्थानिय संचारकर्मीहरुको एक टोली सहभागी रहेको थियो । अनुगमनको गर्ने क्रममा सडक चौडा गर्ने कार्य पुर्ण रुपमा सम्पन्न भएको पाइएको छ । त्यसैगरी टेवापर्खा, ग्याविङ्ग, सोलिङ्ग, मेसिनरी वाल, हुम पाईप राख्ने काम धमाधम भैरहेको पाइएको छ । कतिपय स्थानमा भने स्थानिय उपभोक्ताहरुले गरेको मेसिनरी वाल र टेवा पर्खालको काममा गुणस्तर नभएको पाइएको छ । अनुगमनको क्रममा वि सेक्सनमा पर्ने चुलाचुली देखी तल काजीमाने देखी माथिको एक गोलाईमा उपभोक्ताहरुले अत्यन्तै कमसल निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ । उक्त गोलामा मेसिनरी वाल लगाउने क्रममा सिमेण्टको प्रयोग न्यून रहेको विज्ञ यादवले वताएका छन । उनले सिमेण्ट र बालुवाको मात्रा नमिलाई लगाएको वाल समेत भत्काई दिएका छन् । उनले स्थानिय उपभोक्ताहरुले गरेको कामको निरिक्षण गर्ने साईडका सुपरभाईजरलाई समेत त्यसताका झाँटेका थिए । सो सडकमा ग्राभेल गर्ने काम भने अनुगमन गर्न जाँदासम्म शुरु भएको थिएन तथापी पनि तत्काल शुरु गरिने स्थानिय उपभोक्ताहरुले वताएका छन् । स्थानिय उपभोक्ता यज्ञ खतिवडाले भने तत्कालिन जिविसले २० वर्षमा नगरेको सडकको काम डेड महिनामा गरिरहेको दावी गरेका छन् । पहिले पहिले जिविसले हरेक आर्थिक वर्ष सडकमा वजेट लगानी गथ्र्यो तर काम नदेखिएको खतिवडाले औल्याए । उनले यो वर्ष भने सडकको चौडा पनि वढेको, टेवा पर्खाल र ग्राभेल समेत गरिएकाले सडकको सधैं भन्दा स्तरउन्नती राम्रो भएको दावी गरे । आफ्नो गाउँको वाटो आफै वनाउनु पाउँदा पनि उपभोक्ताले राम्रो काम नगरेको दाताको गुनासो आयो नी भन्ने स्थानिय संचारकर्मीहरुको जिज्ञासामा बेलाबेला यस्तै हो काम गर्नेले यस्तै गर्छन, अर्का उपभोक्ता विष्णु पारघरेले पर्खाल लगाउन सिमेण्ट र वालुवा मिसाएर वनाएको मसला सुंग्दै माल त हाले नौ कि क्या हो ? अनुगमनको क्रममा मेसिनरी वाल लगाउन ठिक पारिएको सिमेण्ट र वालुवा मिसाएको जोडाइको मसलामा सिमेण्टको मात्रा कम प्रयोग भएको पाइए पछि भौतिक पुर्वाधार विज्ञ यादवले वाल भत्काइ दिएका थिए । उनले सडकको मापदण्ड विपरित उणस्तरहिन काम गरेको पाइए उन्नतीले कुनै हालतमा भुक्तानी नदिने पनि उपभोक्ताहरुलाई चेतावानी दिएका छन् । स्थानिय उपभोक्ता विष्णु पारघरे भने हामी हाम्रो गाउँको वाटो सधैं हामी नै हिड्न पर्छ, जसरी भएपनि राम्रै वनाउनु भन्दै प्रविद्धता जनाएका थिए । उक्त सडकसंगै जिल्लाको दारेगौडा मारेक चानुवा सडक, निगाले उत्तरपानी सडक, मारेक चानुवा लेगुवा सडक, चोकी डाँडा कुलचौर सडक मुर्तिढुङ्गा, सिधुवा नाम्जाङ्ग सडक, लेगुवा खोला आन्द्रोङ्ग–जितपुर सडक, जितपुर निगाले सडक, निगाले गुरासे डाँडा सडक,धर्मदय मावि देखी मारेक झर्नासम्म जाने सडक र गुठीटार वागखोर छिडी सडकमा हाल धमाधम काम भैरहेको उन्नती परियोजना धनकुटाले जनाएको छ । कार्यालयका अनुसार कृषि उपजका वस्तु ओसार पोसार गर्न गाउँगाउँका किसानहरुलाई सजिलो होस भन्ने उदेश्यले उन्नती परियोजनाले ग्रामिण कृषि सडकको स्तरउन्नतीमा वजेट लगानी गरेको प्रष्टाएको छ । अधिकांश सडकको निमाण कार्यको प्रगती ७० देखी ८० प्रतिसत पुगेको उन्नती परियोजनाका विज्ञ शुसिल यादवले वताएका छन् । उनले तोकिएको समयमा काम नसकिए जति काम सम्झौता अनुसारको सकिन्छ, त्यतिको मात्र भुक्तानी दिईने वताएका छन ।