पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ५ का स्थानिय खगेन्द्र चौहान केही बर्ष अघि मात्रै ढाकरमा कागती बोकेर धरान पुग्नुहुन्थ्यो । तीन दिनको कठिन यात्रापछि उहाँ धरानको कृषिबजारमा कागती बेच्न पुग्नुहुन्थ्यो ।
तर अहिले बिकाशले फड्को मारेसंगै तमोर कोरिडोरले पाँचथरलाई छोटो दुरीमा धरानसम्म जोडेपछि स्थानीयहरु हर्सित भएका छन । स्थानीयले उत्पादन गरेका कागती र सुन्तोला जस्ता फलफुल सवारी साधनबाट ढुवानी गरी धरानसम्म पुर्याउँने गर्दछन् । स्थानियहरुले गाउँमै उत्पादन गरेका उत्पादनशिल बस्तुहरु अहिले एकै दिनमा धरानसम्म पुग्ने गरेको स्थानिय दलबहादुर सोडारीले बताए । कुम्मायक गाउँपालिकाको यासोकबाट धनकुटाको लुमुघाटसम्म दुरी ७६ किलोमिटर मात्रै रहेको छ ।
छोटो दुरीमा पाँचथरले धरानलाई जोडेपछि अहिले कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाबाट दर्जन बढि सवारी साधनहरु धरान हुदै प्रदेश न. १ को राजधानीसम्म आवत–जावत गर्ने गरेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउँछन् । उनका अनुसार धरानबाट यासोकसम्म तमोर कोरिडोरको बाटो हुदै साना जीपहरुसमेत दैनिक रुपमा संञ्चालन भइरहेका छन । पाँचथरको तीन गाउँपालिका छिमेकी ताप्लेजुङ र तेह्रथुमका केही भु–भागका यात्रुहरुसमेत तराइ झर्न तमोर कोरिडोरको सडकलाइ प्रयोग गर्ने गर्दछन् । हाल निर्माधिन अबस्थामै रहेको तमोर कोरिडोरमा सप्तकोशीको साहायक मुख्य तमोरको किनारै किनार धनकुटाको मुलघाट, पाँचथरको माझीटार, ताप्लेजुङ हुदै ओलाङचुङगोलासम्म पु¥याएर चिनको तिब्बतसम्म जोड्ने लक्ष्य अनुसार काम धमाधम भइरहेको छ ।
कोरिडोरले ब्यापार ब्यवसायलाई टेवा पुर्याउदै केही बर्ष अगाडी मात्रै सुनसान बनेको तमोरको किनार अहिले सवारी साधनहरु संञ्चालनमा आएसंगै चहलपहल बढन् थालेको छ । कुम्मायक गाउँपालिकाको यासोकबाट मोटर साइकलमा साडे तीन घण्टामा धरान पुग्न थालेपछि स्थानियहरु मेचीराजमार्गको बिकल्पको रुपमा उत्त सडक प्रयोग गर्न थालेका छन । दिनप्रतिदिन कोरिडोरमा सवारी साधनको चाप र मानिसको अवात –जावत बढन थालेपछि ब्यापार ब्यवसाय पनि फस्टाउदै गएको तमोरको लुम्बुघाटमा ब्यापार ब्यवसाय गर्दै आएका स्थानिय यामबहादुर बुढाथोकीले बताए । उनले होटल ब्यवसाय संञ्चालन गरि मासिक ५० हजारसम्म आम्दानी गर्दै आएका छन ।
उनको होटलमा तमोरका माछा खांदै दृश्र्य अवलोकन गर्न तेह्रथुम, पाँचथर र ताप्लेजुङका पर्यटकहरु आउने गर्दछन् । उनि त एक प्रतिनिधि पात्र मात्रै हुन । यस्तै ब्यवसाय तमोर कोरिडोरको किनारमा धेरै संञ्चालनमा छन । तमोर कोरिडोरको सडकको समयमै कालोपत्रे भई सवारी आवागन सहज रुपमा हुने हो भने, पाँचथर र तेह्रथुमको कृषि, पर्यटन, ब्यापार, उधोगलगायतका बिकाशमा ठुलो टेवा पुग्नेछ । ताप्लेजुङको फुङ्लिङ, पाँचथरको फिदिम र तेह्रथुमको म्याङलुङ सदरमुकामहरु पूर्वका ठुला ब्यापारिक बजार धरान र बिराठनगरसंग छोटो दुरीमै जोडिन पाउँदा यसबाट तीनै जिल्लाहरुलाइ धेरै फाइदा पुग्ने देखिएको छ ।