इटहरी । के गर्नु सास छउन्जेलको आश ! थला नपरिन्जेल काम गर्ने प¥र्यो क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा ३३ वर्षदेखि दैनिक हाजिरीमा मजदुरी गर्दै आएका इटहरी १९ की ७४ वर्षीय अम्मिमाया गिरीले भनिन् । मलाई पनि रहर थियो सरकारी पेन्सन थाप्ने तर सोचेजस्तो हुन्न रैछ । सरकारी सुविधाका नाममा सामाजिक सुरक्षा भत्ता सम्म थापेकी छैनन, यी जेष्ठ नागरिकले।
२०४२ साल बैशाख १ गतेदेखि सुरु भएको मजदुरीले अझै अवकाश पाएको छैन । सेवा अवधि ३३ वर्ष टेक्यो । दैनिक ५ रुपियाँ ज्यालादारीबाट सुरु गरेको उनले अहिले दैनिक ४ सय रुपैयाँ कमाउँछिन् । उनी भन्छिन् अब बाँकी जीवन पनि यही बिताउने हो, सरकारले जा नभनिन्जेल, थला नपरिन्जेल गिरी फिस्स हास्दै भन्छिन् । हुन त सरकारी जागिरै हो नि तर काम छाडेका दिनदेखि पैसा पाइन्न, उनले थपिन । अरूको ५८ वर्षपछि अवकाश हुन्छ, पेन्सन आउँछ, हाम्रो आउँदैन,धेरै बोले निकाल्लान भन्ने डर छ गिरी भन्छिन् । चाउरी परेको अनुहार, सेतै फुल्न थालेको कपाल कोदै विहान ७ बजे कार्यलय पुग्ने उनको दिनचर्या होे । बुढेसकालमा छोराछोरीसँगै बसेर जिन्दगी बिताउने धेरै आमाबाबुको सपना हुन्छ । तर घर छेउकै जागीर छोड्न नसकेर काम गरीरहेको बताउँछिन उनी । उमेर ढल्केर डाँडा माथिको घाम भैसक्दा पनि गिरीको जोश र जागरले गाउँले नै अच्मीत हुन्छन । तर गिरी भने कुनै आधाबैशे महिला भन्दा कम छैनन् । पहिला पहिला गरेको दुःख सम्झदै उनी भन्छिन् हाकिमहरुलाई चिया खुवाउँने,कार्यलय सफा सुगर गर्ने सजिलो काम छोड्न मन छैन । घरमा नातीनातीना खेलाउँदै बस्ने उमेरमा पनि मजदुरी गर्ने उनले छोडेकि छैनन् । वर्षौंदेखि क्षत्रीय अनुसन्धान कार्यलयमा हाड घोटिरहेका यी वृद्धलाई सरकारले वास्ता गरेको छैन । सरकारी नियमको रुखोपनबाट फुत्किएर भावनात्मक उपचार गरिनुपर्ने अवस्थाका यी बूढाहरूलाई विशेष सुविधासहित अवकाश दिनुपर्ने आवाजको सुनुवाइ नहुँदा जीवनको उत्तरार्दध थप कष्टकर हुँदै छ। बुढेसकालमा पनि काम छोड्न सकेकी छैन पहिला गरेको दुःख सम्झेर जागीर छाड्न मन छैन उनी भन्छिन् । सरकारी नियम नभएकैले उनीहरूलाई सुविधा दिन नसकेको क्षत्रीय कृषि अनुसन्धान केन्द्रका लेखापाल शोभितलाल यादब बताउँछन्। ’हामीलाई पनि ६० कटिसकेका जेष्ठ नागरिकलाई काम नलगाउन पाए हुन्थ्योजस्तो लाग्छ। तर, सिस्टममा उनीहरूलाई दिने केही छैन। यत्तिकै जाऊ भन्न पनि मिलेन माया लाग्छ उनी भन्छन्। अनुसन्धान केन्द्रमा दैनिक अडाई सय ज्यालादारी कामदार काम गरीरहेको हुन्छन । धान रोप्ने तथा काट्ने समयमा भने दैनिक ४ सय ज्यालादारका कर्मचारीहरु आवश्यक पर्छ ।
हिम्मत मरेको छैन म सँगै ज्यालादारीमा जागीर खाएकाहरु केहिको मृत्यु भईसक्यो केहि ओछ्यानमा होलान तर म अहिले पनि यही फारममा नङ्ग्रा खिआई रहेको छु गिरी भन्छिन् । पहिला जस्तो गाहे काम छैन, काम त अहिले छाड्दिन ७४ बर्षिय ती गिरी थप्छीन । पुरानो पनि भए जागीरबाट निश्कने बेलामा अलि अलि खर्च दिन्छनकी भन्ने आशा पनि छ उनको ।