ताप्लेजुङ/पुर्वी पहाडी जिल्लाहरुमा भेडा पालन व्यवसायलोप हुन थालेको छ । भेडा पालनका लागि प्रख्यात ताप्लेजुङको कालि खोला,साँवा, घुन्सा, सादेवा, लेलेप, पापुङ लगायतका स्थानमा पनि चरन अभावकै कारण यो व्यवसाय सङ्कटमा परेको हो । प्रत्येक वर्ष जेठ लाग्नासाथ घाँसे डाँडाहरूमा भेला भएर बस्ने भेडा असोज लाग्ना साथ किसानको खेतबारीमा झर्ने गर्थे । तर अहिले यस क्षेत्रमा सामुदायिक वन दर्ता र निजी जङ्गलमा अलैंची खेती विस्तारले चरन अभाव भएको भेडा पालक किसानहरुको भनाइ छ । “पहिले पहिले त हाम्रोमा पनि एक सय सम्म भेडाहरु थिए अहिले चरन क्षेत्र नै छैन । व्यवसाय नै लोप हुने वेला भयो ।” स्थानिय ग्याजो शेर्पा भन्छ्न ।“ अव त यो सामुदायिक वन र निजी जंगलले हाम्रो पेशा नै लोप भयो ।”
सरकारी नियन्त्रणमा रहेका स-साना वन तथा ठूला वन समुदायलाई हस्तान्तरण गरिएपछि साथै निजी वन तथा खोरियामा समेत अलैंची, अम्लिसो, निगालो, चिराइतो, डाले घाँस जस्ता बोटबिरुवा र जडीबुटी लगाएर वन जङ्गलमा पशु चरन निषेध गर्न थालिएको छ । भेँडा पालन व्यवसाय घटेपछि जिल्लामा औषधीको रूपमा समेत प्रयोग हुने भेडाको घिउ समेत पाइन छाडेको छ । “भेँडाको घिउ खोज्ने मान्छे धेरै आउँछन् अहिले त आफूँहरु कै प्रयोगको लागिपनि छैन ।” पापूङका सोनाम गुरुङले भने “भेँडाको घिउ विभिन्न हिसावले पनि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।”
केहीवर्ष अघिसम्म उत्तरी क्षेत्रका उच्च पहाडी भेगमा ठूलो संख्यामा भेडा पाल्ने गरिन्थ्यो । भेडाको मासु, ऊन, दुध र घीउबाट दोहोरो आम्दानी हुने भएपछि किसानले भेडाबाट राम्रो आम्दानीलिने गरेका थिए । भेडाको दुधगाई भैँसीको भन्दा पोसिलो मानिन्छ । पोसिलो हुने भएकाले मानिसले भेडाको दुध खोजी खोजी खाने गर्छन् । भेडाको घिउ औषधीको रुपमा पनि प्रयोग गरिन्छ । आगोले पोलेको घाउमा र चोट लागेको खत मेटाउन भेडाको घिउ प्रयोग गरिने भएकाले ग्रामीण क्षेत्रमायसको महत्व धेरै छ । भेडाको ऊनबाट गुणस्तरीय राडीपाखी बनाउन सकिने भएकाले उच्च पहाडी क्षेत्रकामानिसको प्रतिष्ठासँग भेडापालन व्यवसाय जोडिएको छ ।
तर चरन क्षेत्रको अभावमा भेडापलक किसान भेडीगोठ रित्याउन बाध्य छन् । ‘भेडाका लागि फराकिलो चरन क्षेत्र चाहिन्छ’, गुरुङले भने‘चरन क्षेत्रको अभावले भेडा गोठ मासिएका हुन् ।’ एउटै गोठमा धेरै संख्यामा भेडा पाल्ने गरिन्छ । बाँधेर घाँस दिँदा भेडा नफस्टाउने र असम्भवहुने भएकाले भेडाका लागि चरन क्षेत्र अनिवार्य हो । घिउसँगै रौंबाट तयारी गरिने लुकुनी, राडी र पाखी बजारमा पाइन छाडेको स्थानिय ग्राहकको भनाइ छ भने भेडापालन गर्ने गुरुङ जाति पनि हिजो आज अन्य पेशातर्फ जानथालेका छन् । भेँडा पालनबाट नै जिविका चलाउँदै आएका यहाँका युवाहरु अहिले धेरै मात्रामा विदेश पलायन हुने गरेका छन् । “वैदेशिक रोजगारी नै उत्तम विकल्प भएकाले यूवाहरुको आर्कषण विदेश तिरै रहेको छ । गाउँमा त युवा नै पाउन छाड्यो ।” ताप्लेजुङ पापुङकाअगुवा भेडापालक नरबहादुर बस्नेत बताउँछन् ।
एकातिर चरनको अभाव, अर्कातिर जङ्गली जनावरले भेडा खाइ दिने हुँदाआफुहरु झनै मारमा पर्ने गरेको किसानहरुको दुःखेसो छ । भेडा पालकहरुले भेडाको पाठा पाठी प्रतिगोटा पाँच हजार देखि सात हजार रुपियाँ सम्ममा बिक्री गरेर साथै ऊन बिक्री गरेर उनीहरुले वार्षिक तीनलाख देखि तीनलाख ५० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका थिए । यसबाटआम्दानी भएको पैसाले घरपरिवार धान्न र अन्य व्यवहार चलाउनमा समेत सहयोग पुग्ने गरेको किसानहरु बताउँछन् । युवाहरु त पलायन भए नै घरैमा बसेर घर खर्च चलाउन पुग्ने गरि राडि पाखी बुन्ने महिलाहरुको समेत रोजगारी खोसिएको छ । फुङ्लिङ नगरपालिका वडा नं ६ किभुमिका गुरुङ भन्छिन्, “घरैमा बसेर महिनामा तीनओटा सम्म राडि बुन्ने गरिएको थियो अहिले त राडि बुन्नको लागी प्रयोग हुने ऊनको नै अभाव छ ।” घरको सबै काम सकेर फुर्सदको समयमा बुन्दा पनि एक महिनामा तीनओटा बुन्दा पनि मासिक १५ हजार कमाई हुने गरेको भए पनि अहिले कच्चा पदार्थको नै अभावमा आफ्नो रोजगारी नै गुमेको गुरुङ् को भनाई छ । बुनेको राडी खोज्न ग्राहकहरु घर घरमै आउने गरेको भएपनि अहिले उत्पादन नै घटेकाले माग पुरा गर्न नसकेको उनि बताउँछिन् ।
सरकारी स्तरबाट समेत आफूहरुलाई राडि पाखिबुन्ने तालिम दिएको साथै राडि पाखि बुन्नकै लागि सार्वजनिक भवन र बजारमा कोसेली घरको समेत निमार्ण गरिएको भए पनि त्यो समेत प्रभावकारी नभएको उनको भनाई छ । राडि पाखि बुन्नको लागी विषेश गरि महिलाहरुलाई घरेलु तथा सानाउद्योग विकास समितिले स्थानियतहसँग समन्वय गरेर अहिले पनि विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ । तर राडि पाखि बुन्नको लागी प्रयोग हुने कच्चा पदार्थ ऊनको उत्पादनमा जोड दिनु पर्ने देखिएको छ । स्थानियतहले नै खास गरि गुरुङ समुदायको परम्परागत पेशालाई संरक्षण गर्नको लागी कदम चाल्नु पर्ने यहाँका गुरुङ समुदायका अगुवाले समेत आवाज उठाउँदै आएका छन् । यता कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले भेडापालनका लागी कुनै चासो नदिएको किसानको आरोप छ । सरकारी स्तरबाट पनि कुनै पहल सुरु भए यूवाहरु पलायन पनि हुनु नपर्ने स्थानियको बुझाई छ ।
“सरकारी स्तरवाट केहि प्रयास भएका छैनन्। केहि पहल भैदिए हाम्रो व्यवसायको संरक्षण तथा आम्दामी समेत बढ्ने थियो ।” कालि खोलाका रमेश लामिछाने गुरुङ बताउँछन् । देखावटि रुपमा गरिएका कामहरु पनि लक्षित वर्ग सम्म पुग्न सकेको छैन् । यता पशु सेवा कार्यालय ताप्लेजुङले किसानका लागि घुम्ति गोठ व्यस्थापन, र भेडी गोठ सुधारका लागी विभिन्न कार्यक्रम गरिरहेको दाबी गरेको छ । तर भेडापालकहरु भने पुस्तौं देखिको आफ्नो पेशा छोडेर अब के गर्ने भन्ने चिन्ता व्यक्त गर्छन् ।