इटहरी/ यो वर्ष समय भन्दा अगावै मनसुन सुरु भए पनि प्रदेश एकमा भने धान रोपाई उत्साहजन भएको छैन । आधा असार वित्दा प्रदेश एकमा ७.२२ प्रतिशत मात्र रोपाई सकिएको छ । उच्च पहाडी क्षेत्रमा आधा रोपाई सकिए पनि धान उत्पादनको उर्बरभूमि सुनसरी मोरंङ झापामा भने धान रोपाईमा न्यून छ । सिचाई अभाव भएको ठाउँमा पानी परेर किसान हर्षित भए पनि बिउ अभाबले धान रोपाई हुन नसकेको क्षेत्रीय कृषि निर्देशानालय विराटनगरले जनाएको हो ।
गत १० गते सम्म भोजपुरमा ५० प्रतिशत रोपाई भएको छ । तेह्थुममा ३० प्रतिशत,सोलुमा २३ प्रतिशत,पाँचथरमा १६ प्रतिशत,ताप्लेजुङमा १५ प्रतिशत,सुनसरीमा १५ प्रतिशत मात्र रोपाई भएको निर्देशानालयले जनाएको छ । त्यस्तै संखुवासभामा ३ प्रतिशत मात्र रोपाई भएको छ । इलाममा ९ प्रतिशत, झापामा ९ प्रतिशत रोपाई भएको क्षेत्रीय कृषि निर्देशानालय विराटनगरका बरिष्ठ प्रचार अधिकृत राजेन्द्र उप्रेतीले बताए । उनले भने अधिल्लो बर्षको तुलनामा यो बर्ष धान रोपाई बढेको जनाए । उनका अनुसार अघिल्लो वर्ष यती बेला सम्म ३.५ प्रतिशत रोपाई भएको थियो ।
चार लाख ६६ हजार हेक्टर धान रोपाई हुने क्षेत्र मध्ये अहिले सम्म ३३ हजार हेक्टरमा धान रोपाई भईसकेको बरिष्ठ प्रचार अधिकृत उप्रेतीले भने । उच्च पहाडी क्षेत्रमा उत्साहजनक रोपाई भए पनि तराईमा रोपाई उत्साहजनक भएको छैन उनी भन्छन् । अहिले उक्त जमिन अधिकांस बाझै रहेको छ । क्षेत्रीय कृषि निर्देशानालय विराटनगरका प्रमुख हस्तबहादुर विष्ट भन्छन् धानको बिउ ढिलो हुदा किसानलाई धोका भयो । कृषि क्षेत्रमा युवाहरु लाग्नुको विकल्प नभएको उनको तर्क छ । सुनसरीमा ५३ हजार हेक्टरमा धान खेती हुदै आएको छ । सुनसरी जिल्लामा कुल ७४ हजार ३ सय ५३ हेक्टर खेतीयोग्य जमिन छ । सुनसरीको रामधुनी,भोक्राह तथा औराबनी क्षेत्रमा धान उत्पादन धेरै हुने गरेको जिल्ला कृषि कार्यलय सुनसरीका प्रमुख राजकान्त झाले बताए । उनले भने सुनसरीमा भने यो बर्ष सबै भन्दा धेरै रोपाई भएको छ । झा भन्छन् सिचाई अभाबले धान रोपाई नहुने ठाउँमा धान रोपाई हुदै छ तर बिउको समस्याले भने जस्तो रोपाई भएको छैन ।
युवा जनशक्ति विदेश पुग्छन् गाउँतिर असारे चहलपहल निकै न्युन छ । केही समय पहिला गाउँका फाटभरि र्दजन बढी हलगरु सयौँ रोपारे वारिपारी वाली गीत गाएर खेतका फाट नै रमाइलो हुने बेला थियो । किसानलाई समयमा मल दिने, समय समयमा भरपर्दा कृषि तालिम दिने, कृषिलाई आधुनिक र व्यवसायिकरण बनाउन पहल गरेको छैन । आजको युवा जनशक्तिलाई नेपालमै राजगारी दिएर गाउँ गाउँमा कृषिजन्य वस्तुबाट आत्मनिर्भर बनाउन पहल थालिनु पर्छ । अनि मात्र नेपाल एक कृषि प्रधान देश बन्ने छ अनि कृषि पेसा पनि सम्मानित ढंगले अगाडि बढ्ने छ ।
खेतीयोग्य जमिन बर्षेनी घट्दै पछिल्लो केहि वर्ष यता प्रदेश एकमा बर्षेनी खेतीयोग्य जमिन घट्दो रहेको छ । १४ बर्ष अगाडीको तथ्याकलाई हेर्दा ५० हजार हेक्टर धानखेती हुने जमिन मासिएको क्षेत्रीय कृषि निर्देशानालय विराटनगरको तथ्याकले देखाउँछ । पाँच लाख हेक्टर धान खेती हुने जमिन मध्ये ५० हजार हेक्टर जमिन मासिएको हो । सबै भन्दा बढि सुनसरी,मोरगं र झापामा खेतीयोग्य जमिन घट्दै गएको छ । मोरगंमा केहि वर्ष अघि सम्म ९४ हजार धान खेत हुने जमिन थियो तर अहिले ८४ हजार हेक्टर मात्र छ कृषि निर्देशानालयका प्रचार अधिकृत राजेन्द्र उप्रेतीले भने । मोरगंमा १० हजार हेक्टर जमिन टुक्रिएको उनको भनाई थियो । त्यस्तै सुनसरीमा ७१ हजार हेक्टर धान खेतीयोग्य जमिनबाट ४५ हजारमा झरेको छ । त्यस्तै झापामा ९२ हजार हेक्टरबाट ९३ हजार हेक्टरमा झरेको प्रचार अधिकृत उप्रेतीले जनाए । उनका अनुसार देशभरको तथ्याकको आधारमा पनि पूर्वी नेपालमा खेतीयोग्य जमिन मासिने क्रम बढेको छ । पूर्वी नेपालमा १३ प्रतिशत जमिन टुक्रामा परिणत भएको छ ।