झापाको मध्यभागमा पर्ने कन्काई नगरपालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि परिचित छ । कनकाई नगरपालिकामा रहेका पर्यटकीय स्थलले लाखौं पर्यटकलाई आकर्षित गराउको छ । जामुनखाडी, धनुषकोटी धाम, कोटिहोम, यहाँका प्रमुख पर्यटकीय गन्तब्य हुन् । पुर्वमा घाग्रा खोला र पश्चिममा कनकाई माई खोलासम्म पुर्व पश्चिम राजमार्गले भेट्ने यो नगरपालिकाले बन्द निषेधित क्षेत्रको रुपमा परिचय बनाएको छ । जुनसुकै राजीतिक दलको बन्दमा पनि खुल्ला रहने कनकाई पछिल्लो समयमा द्रुतगतिमा समृद्धि हाँसिल गर्ने स्थानीय तहको रुपमा परिचय बनाउने क्रममा छ । यसै सेरोफेरमा सोही नगरपालिकाका मेयर राजेन्द्र पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

मेयर भएर आएपछिको एकबर्ष कसरी बित्यो ? कनकाई नगरपालिकाको कार्यसम्पादन कस्तो भइरहेको छ ? भर्खरै म अनुगमनमा गएर आएको छु । एकबर्षभरी भए गरेका गतिविधीहरु अध्ययन गर्ने क्रममा छौं । हामी नियमित कार्यहरु गरिरहेको छ । नियमित कार्य भन्नाले नगरपालिकाले गर्नुपर्ने दैनिक कार्य लगायतका यसका आफ्ना योजनाहरु विगत बर्ष २०७४÷०७५ का योजनाहरु सम्पन्नको चरणमा छन् । यसका आफ्ना योजना साथै यो आर्थिक बर्ष २०७५÷०७६ का लागि वजेट समेत प्रक्षेपण गरेका छौं । जसको सार्वजनिककरण २१ गते दिन एउटा कार्यक्रमका बिचमा गर्नेछौं । जुन दिन भनेको हामीले यो नगरपालिकामा पदाशिन भएको एकबर्ष समेत हुनेछ ।

तपाँई पहिलेको जनप्रतिनिधी पनि हुनुहुन्छ ? पहिले र अहिले काम गर्न कुन सहज छ ? स्वाभाविक रुपमा यसरी १२ महिना हाम्रो निमित्त सिकाईको अवधि पनि रह्यो । बिशेष गरेर कतिपय स्थानीय तहमा काम गरेको मान्छे भएकोले हाम्रो निम्ति केही नौलो त भएन । तर, हिजो र आजको परिवेशमा धेरै फरक छ । अधिकारको कुराले, अथवा हिजोभन्दा आजको बजेटको कुराले । केहीगर्न चाहयो भने आजको बजेटले गर्न सकिन्छ । हाम्रो कार्यसम्पादनको कुरा गर्दा हामीले सोचेको कामहरु लगभग ९० प्रतिशत गर्न सकियो भन्ने हाम्रो धारणा रहेको छ । केही कामहरु नीतिको अथवा कानुनको अभावमा हामीले मात्र गर्न नसक्ने संघ र प्रदेशको समन्वय आवश्यक पर्ने भएको हुनाले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको जस्तो महशुस भइरहेको छ । जुन कामहरु जसको निम्ति हामी सिक्ने क्रममा भएको हुनाले त्यो कामहरु गर्ने क्रममा छौं ।

यो बर्ष जनताको अपेक्षा कति पुरा गर्नु भयो ? मलाई लाग्छ हामीले एउटा बजेटकै हिसावले भन्नु हुन्छ भने त हामीले सत्प्रतिशत ढङ्गले कार्य सम्पादन गरेका छौं । किन भने हाम्रो डेढ करोड रुपैयाँ घाटाको बजेट थियो त्यस हिसावले हेर्ने हो भने । तर, यता कार्य सम्पादनको हिसावले हेर्ने हो भने हामीले कमसेकम ९३, ९४ प्रतिशत सोचेको अनुसारको काम गर्न सफल भएका छौं ।

कनकाई नगरपालिकाले कुनै ठुला योजना बनाएको छ ? पर्यटनको बिकासमा के छन् ठुला योजना ? कनकाईका डिूम प्रोजेक्टहरु भनेको हाम्रा आफ्नै बुताले मात्र भ्याउन सक्दैनन् । म एउटा सानो उदाहरण दिन्छु । भरखरै मात्र हामीले कनकाईलाई पर्यटकीय नगरीको रुपमा घोषणा गरेको यो नगरको एउटा हामीले नगर भरीको पर्यटकीय स्थलहरुको डिपिआरहरु तयार गर्यौं । अथवा पर्यटकीय नगरी बनाउँनका निम्ति पर्यटकीय स्थललाई सोचे अनुसारको बनाउन एक अर्व ६१ करोड रुपैयाँ खर्च आउने रहेछ । त्यसमा पनि अझै अरु कामहरु गर्नुपर्ने हुन्छ । यो बजेट भनेको कनकाई नगरपालिकाको ४ बर्ष भन्दा बढीको बजेट हो । आज हाम्रो दुइटा राजश्व र वित्तिय समानिकरण गरेर हामीले पाएको जम्मा बजेट भनेको १९ करोड ७ लाख रुपैयाँको अवस्था छ । विकास सम्बन्धि बजेट हो । त्यसमा पनि जुन चालु खर्चहरुमा थोरै पैसा जाँदा पनि मोटामोटी १६÷१७ करोडको विकासको कुरा हामी आन्तरिक रुपमा गर्न सक्छौं । डिपिआरले तथा गुरुयोजनाले जुन कुरा दिएको छ बिशेष गरेर पर्यटकीय क्षेत्रको कुरा यो मात्रै हो । त्यो भित्र कनकाईको धनुषकोटीधाम लगायतका सम्पूर्ण क्षेत्रहरुको गुरुयोजना बनेको छ । र स्वीमिङपुलको कुराहरु छ, पार्ककोकुराहरु छ, त्यसै गरेर केटाकेटी खेल्ने लेनपार्कको पनि कुराहरु छ, साइन्सपार्कको कुराहरु छ र अर्कोतिर जु मिनिजुहरुको पनि कुराहरु छ । त्यसै गरेर घैलाडुब्बाको कोच राजवंशी पर्यटकीय प्रवर्धन जुन संग्रालयको कुराहरु छ उहाँहरुको त्यहाँ संग्रहालय लगायतको भवनको कुराहरु छ यी सवैकुराहरु गर्दाखेरी कनकाई नगरभरी यस्तै छ । त्यस्तै वडा नम्बर ८ को पिकनिक स्पोटहरुको कुरा छ र कनकाईमा भएका सवै कुराहरुलाई यसरी समेटिएको छ ।

नगरपालिकाका नागरिकको प्रमुख आम्दानीको श्रोत के हो ? त्यसको प्रबद्र्धनमा के के योजना बनाउनु भएको छ ? छोटोमा भन्नु पर्दाखेरी आन्तरिके आम्दानी चाही कृषि र पर्यटन नै सवैभन्दा ठूलो आम्दानीको स्रोत हो । लाखौं पर्यटक यहाँ आउछन् । त्यसले पनि आम्दानीको प्रमुख हिस्सा ओगट्छ ।

कृषि क्षेत्रको नीति केही नयाँ छ ? पुरानै पकेट एरिया ब्लक एरियालाई हामीले पनि निरन्तरता दिएका छौं । त्यो वाहेक विगत बर्षभन्दा केही त्यो एरिया पनि थप गरेका छौं । यो बर्षदेखि हामीले कृषिलाई प्रोत्साहन गर्नका निमित्त कसरी व्लक एरियाको रुपमा दर्ता हुन्छ भन्ने निश्चित एउटा राहत अर्थात १०÷१२ लाख रुपैयाँ उहाँहरुलाई त्यसलाई सपोटिङ प्रोग्रामका रुपमा दिने नीतिगत कुराहरु समेत ल्याएका छौं । विशेष गरेर हामीले कृषि भन्ने बित्तिकै अहिले जुन कृषि छ त्यसलाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने खालको हाम्रो मान्यता हो ।

आमूल परिवर्तन भनेको के हो भने आज हामी कृषिको माध्यमबाट स्वास्थ्य पौष्टिक र स्वास्थयवर्दक कुराहरु नभई विषादीयुक्र खानेकुराहरु खाइरहेको अवस्था छ । आज हामी कृषिको माध्यमबाट बिषधियुक्त स्वास्थ्य कुराहरु खाइरहेको अवस्था छ । विषाधीयुक्त चिजहरु अहिले धेरै उत्पादन भइरहेको छ । त्यसलाई न्युनिकरण गर्नका निमित्त अघिल्लो बर्ष हामीले ९ वटा रिसोर्ट सेन्टरका रुपमा विकास गर्ने योजना लिएका छौं र हामीले विशेष गरेर विषादीको बिरुद्ध प्रगाणिक चिजहरुलाई जोड दिदै जैविक खेतीको कुराहरुलाई जोड दिदै त्यो खालका एउटा किसान जो आफै प्रवर्धक हुने, रिसोर्स पर्सनको रुपमा र स्रोत व्यक्तिको रुपमा हुने जसको घरमा गाईको मलमूत्रबाट गोवरबाट बनाउने एउटा मलको कुराहरु उसैले गर्ने उसलाई चाहिने टूेनिङ नगरपालिकाको तर्फबाट दिने । एक÷दुईवटा टूेनिङहरु हामीले दिई पनि सकेका छौं । यो बर्षदेखि त्यसलाई अरु म्यासिभ रुपमा लगेर एउटा वडामा ५ जनासम्म त्यस्ता त्यस्ता कृषकहरु तयार गरेर विस्तारै कनकाईलाई विषादीमुक्त क्षेत्रका रुपमा पनि अगाडी बढाउन गइरहेका छौं । अर्कोतिर किसानको आजको मूख्य समस्या भनेको उनीहरुको जुन लागत हुन्छ । लागत अनुसारको प्रतिफल पाउदैनन् । त्यसकारण किसानहरु बिमुख भएका छन् । हामीले ४÷५ बर्ष एकहजार रुपैयाँमा बेचेको मकैको मूल्य अहिले ६ सय मात्रमा बेच्न बाध्य छन् । त्यसको निराकरण किसानहरुकै साझेदारीमा एउटा मकैसँग सम्बन्धित उद्योग हो जसले मकैको तेल बनाओस्, मकैको चिउरा बनाओस् लगायतका ३२/३३ प्रकारका प्रोडक्ट हुन्छन् । ति प्रोडक्टहरु उत्पादन गर्ने गरी किसानहरुकै सहकार्यमा त्यो खालको उद्योगहरु चै बन्ने कुरालाई समेत कनकाईले प्रोत्साहन गर्नेछ ।

युवालाई कृषिमा आकर्षित गर्ने योजनाहरु के के छन् ? हामीले यसपाली युवा स्वरोजगार कार्यक्रम भनेर केही पैसा विनियोजन गरेका थियौ । त्यस अन्र्तगत एकसय ५ जना युवाहरुलाई बिभिन्न सेक्टरमा, जस्तो के चाहि तालिम दिंदा तपााइहरु कुनैपनि उद्योगको मालिक बन्न सक्नु हुन्छ । ब्यवसायिकीकरण गर्न सक्नुहुन्छ भनेर एउटा फर्म दिएका थियौं । कसैले प्लम्बिङको कुरामा कसैले कृषिको कुरामा, कसैले कुखुरा पालनको कुरामा, कसैले माछा पालनको कुरामा इच्छा राख्नु भएको छ । हामीले यसलाई दुइ बर्गमा बिभाजन ग¥यौं । एउटा कृषि र अर्काे गैरकृषि । कृषि क्षेत्रको चै अहिले सहारा नेपालको सहकार्यमा तालिम दिने कामको शुरुवात भएको छ भने अर्काे घरेलु तथा साना उद्योग कार्यालयसँगको सहकार्यमा तालिमको प्रक्रिया मिलाइका छौं । र त्यो खालको बर्गलाई सम्बोधन गर्नका निमित्त सहकारी मार्फत हाम्रो नगरपालिकाले एउटा बिशेष कोष खडा गरेको छ । त्यो कोष भलै सानै होस, ३० लाख जतिको कोष छ । त्यो कोष चै सहकारी मार्फत उहाँहरुलाई जस्तो प्लम्बिङको तालिम लिएको मान्छेले प्लम्बर बन्नका लागि जति सामानहरु चाहिन्छ, त्यो किन्न सहज हुने छ । त्यहाँ लगानी गर्ने योजना बनाएका छौं । तालिम सहितको चै साधनहरु दिने भन्ने अभियान हाम्रो रहेको छ ।

चुनावका बेला गरेका प्रतिबद्धताहरु कति पुरा भए ? हामीले कुनैपनि कुरालाई लुकाउनु हँदैन भन्छु म । एउटा कुरा चै हामीले बोलेको पुरा गर्न सकेका छैनौ । ५० औं बर्षदेखिको सुकुम्वासी समस्याको समाधानमा हामीले गर्न नसकेकै हो र तपाँइलाई यो पनि भन्छु कि त्यो समाधानको प्रक्रियामा छ । त्यसको समाधानका लागि अहिले हामीले के गरिरहेका छौं भने हामीसँग ३० जना जति सहजकर्ताहरु हुनुहुन्छ । उहाँहरु टोल टोलमा गएर लगत उठाइराख्नु भएको छ । नेपाल सरकारको तथ्यांकको फरमेट र हाम्रो कनकाइ नगरपालिकाको खास आफ्नो बिशेष बिशेष प्रकारको फरमेट पनि तयार गरेका छौं । त्यसमध्येमा एउटा कोलम चै सुकुम्बासी सम्बन्धि उहाँहरुले जग्गा कमाएको छ छैन । कहिलेदेखि कमाएको कुराहरु, के छ के छैन भन्ने कुराहरुलगायतका सबै कुराहरु त्यो भित्र भरेर लिएर आउँदै हुनुहुन्छ । त्यहाँबाट एउटा तथ्यांक आउछ । त्यसपछि हामी दोस्रो पाटोको कुराहरु पनि प्राविधिकहरु राखेर त्यस्तो खालको जग्गाको वास्तविक तथ्यांकहरु, कस्ले कति जोतभोग गरेको छ भन्ने तथ्यांकहरु निकाल्छौ । त्यसपछाडि चै अनि हामी मुलत धनिपुर्जा वितरणको कुराहरु, मैले अघि पनि भने कतिपय कुराहरु संघ, प्रदेशसँग मिलेर गर्नुपर्ने भएको हुनाले यस्ता कुरालाई हामी पछाडि छौं भनेको थिए ।

बाँकी कामहरु भने हामीले अघिल्लो बर्ष हामीले ५ किलोमिटर बाटो कालोपत्रे गर्छौं र ४० देखि ५० किलोमिटर सम्मको बाटोको ग्राभेल गर्दै स्तरोन्नती गर्छाैं भनेका थियौं । आज तथ्यांकले के देखाइरहेको छ भने हामीले यो बर्ष ८० किलोमिटर ग्राभेल गरेका छौं भने ५ दसमलब ६ किलोमिटर कालोपत्रे गरेका छौं । त्यसो हुनाले हामी आफुले जुन सहज ढंगले काम गर्नुपर्ने त्यो त्यो अत्यान्तै प्रभावकारी रुपमा गरिरहेका छौं । भनेभन्दापनि बढी गरिरहेका छौं । तर, जुन माथिको समन्वयमा हुनुपर्ने हो, कानुनी कुराहरु छ, जस्तो नागरिकताको कुराहरु, जन्मका आधारमा नागरिकता पाउँने कुराहरु तिनिहरुका सन्तानले पाउँने कुराको तयो कुराको चै कानुन नबनेको कारणले हामीलाई यो पनि समस्या छ । हामीले यस कुरालाई सम्बन्धित ठाँउमा पु¥याएका छौं ।

जुन हाम्रो बुताभन्दा परको कुरा हो । र अरु कुराहरु भनेको हामीले यही हामीले बनाएर पुरा गर्ने कुराहरु हामी गरिरहेका छौं । त्यसमा के के कुराहरु चै मतलब अनुभव लिनुपर्ने, अनुभव गर्नुपर्ने हुन्छ । जस्तो उद्योग चै हामीले चै यहाँको मैले अघि कृषिको कुरा भने । उद्योगको कुरा भने त्यसलाई पनि हामीले सोचेका थियौं र छौं । बर्ष ०७६÷०७७ मा राख्नुपर्ला । उद्योग भन्ने कुरा चै बाटो घाटो बिकास निर्माणको काम भन्दा फरक प्रकृतिको हुँदो रहेछ । समय लाग्दो रहेछ । बाँकी भनेका हामीले भौतिक बिकास निर्माणमा अगाडी बड्न सकेका छौ । जस्तो बिद्युतिकरणको कुरामा हामी २ बर्ष भित्रमा उज्यालो नगरी बनाउने भन्ने योजनामा छौं । त्यो कुरा हाम्रो बजेटले नै सम्बोधन गरेको छ । ०७५÷०७६ को बर्ष चै हाम्रो निमित्त उज्यालो नगरि बनाउने भएको हुनाले हामीले १ हजार ४ सय पोलहरु गाडेर बिद्युतिकरण पुरा गर्छाैं । यसरी हामीले हरेक चिजलाई चै यो जस्तो अघि यहाँलाई भने ३ देखि ५ बर्षभित्रमा कनकाइ नगरलाई बिषादिमुक्त बनाउने कार्यक्रम नै हाम्रो छ । यसमा फोकस हामीले गरेका छौं ।

अबको बजेटका प्राथमिकताका क्षेत्रहरु के के हुन् ? यो बर्षपनि हामी भौतिक निर्माणमा छौं । खोला तटबन्ध गर्नु छ । मानवीय क्षतिलाई जोगाउने कुराहरु परिहाल्यो । बिद्युतको सेफसाइट गर्नु परिहालो । साथ साथै कृषि र पशुलाई पनि केही फोकस गर्दै गएका छौं । कृषि, पशु र शिक्षाको कुराहरुमा ‘वेट एण्ड सि’ अवधारणामा छौं । हेर अनुसंधान गर र लाग भन्ने कुरामा हामी रहेका छौं । जसको आधारमा हामीले अघिल्लो बर्ष उपस्थितीको कुराहरु गरेका थियौं । अनुगमन गरेर अघि बढ्नु परेको अवस्था छ । यसबर्ष अलिक फरक ढंगले तयो प्रक्रियालाई अझ अलिकती सघन रुपमा लिएर जानेछौं । त्यसो हुनाले हामीले एउटा क्षेत्रमामात्र होइन हरेक क्षेत्रमा प्रवेश गरेर अघि बढेका छौं । पर्यटकीय क्षेत्रबाट अर्थिक उपार्जनमा पनि जोडिएका छौं । पर्यावरणबाट भुसंरक्षण, दैवि प्रकोप र बिपत ब्यवस्थापनसँग पनि जोडिएका छौं । त्यो लगायत सबै कुराहरुलाई समेटेका छौं । यतिवेला जनताको माग चनेको चै ६० देखि ७० प्रतिशत पुर्वाधार बिकासमै आउँछ त्यसककारण माग अनुसारको संवोधन हुने भएकाले भौतिक निर्माणमा नै केन्द्रित बजेट ल्याएका छौं ।

प्रस्तुतिः प्रेम आचार्य