ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ गाउँपालिकाको वडा नं ६ लेलेपका करण माङ्मु लिम्बूको भान्सामा दैनिक ५ देखि १० जनालाई खाना पाक्छ । जिल्ला सदरमुकाम देखि होस् या जिल्ला बाहिरबाट गएका मानिसले उन्ले बनाएकै खाना खान्छन् ।यत्तिका मान्छेलाई खाना बनाएर खुवाँउदा ग्राहकहरुको अनेक माग हुन्छ । सबैभन्दा बढि खानामा साथै अचारमा समेत मानिसहरुले प्याजको माग गर्छन् । आफ्ना ग्राहकहरुलाई खुसि बनाउनै पनि करण जिल्ला सदरमुकाम फुङलिङबाट प्याज मगाउने गरेका छन् ।

करण भन्छन्, “ सबैले खानामा प्याज माग्छन्, प्याज भएनभने त खाना नै खल्लो हुन्छ । त्यसैले ताप्लेजुङ (जिल्ला सदरमुकाम ) बाट ल्याउने गरेको छु ।” कहिले काहिँआफैँ सदरमुकाम सम्मगएका बेलाल्याउने गरेको नत्र जिल्ला सदरमुकामबाट गाडिमा फक्ताङलुङ गाउँपालीकाको केन्द्र तापेथोक सम्म पठाउन लागाई तापेथोकबाट भने खच्चडमा लेलेप सम्मपुर्याउने गरेको उन्को अनुभव छ । जिल्ला सदरमुकामवाट तापेथोक र त्यहाँबाट खच्चडलाई बाेकाएर लेलेप पुर्याउँदाप्याजको मुल्य १ सय रुपयाँभन्दामाथि जान्छ । तैपनि ग्राहकको चाहनाअनुसार महंगो मुल्यमा पनि त्यहाँ पुर्याउनु पर्ने करणको बाध्यता छ । प्याज मात्र होईन भारतबाट झापाको काँकडभिट्टा नाकाहुँदै भित्रिने करेला, टमाटर, बन्दा, काउली, काँक्रा, खुर्सानीजस्ता तरकारी हिमाली जिल्लाका स्थानियको भान्सा सम्म पुग्छ । करण त प्रतिनिधिपात्र मात्रै हुन ऊनि जस्ता अन्य धेरैको भान्सामा भारतिय तरकारीले ठाउँ पाउँछन् ।

गाउँमा यस्ता तरकारी नपाइने भएकाले बजारबाट खरिद गरेर ल्याउने गरेको फक्ताङलुङ गाउँपालिका तापेथोकका दीपक लिम्बूले बताए। ‘गाउँका सबैले अलैंची लगायत नगदे बाली मात्रै लगाउँछन्’, उनले भने, ‘तरकारी लगाउने त किसान नै भेटिँदैनन्। तरकारी तल मधेसबाट आउँछ, हामी त्यही खरिद गर्छौं।’ बजार आउन दुई दिन हिँड्नुपर्छ।’ आफूले खरिद गर्ने गरेका सबै तरकारी जिल्लामा उत्पादन भएको नभई व्यापारीले भारतबाट ल्याएको उनले बताए।मानव स्वास्थ्यलाई असर गर्ने विषादी प्रयोग गरिएको विषयमा थाहा भएको तर उपभोग गर्न बाध्य रहेको फुङलिङका केबल मादेनले बताए। ‘यता पनि भारतबाट तरकारी आउँछ भन्छन्’, उनले भने, ‘हामीले त खरिद गरेर खाने गरेका छौं।’

जिल्लाको उत्पादन कुल मागको २७ प्रतिशतमात्र कृषि विकास कार्यालयकाअनुसार ताप्लेजुङमा १० हजार ६ सय मेट्रिक टन तरकारी उत्पादन हुन्छ, जसले जिल्लाको कुलमागको २७प्रतिशत मात्र धानेको छ। वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरेकाअनुसार बाँकी ७३ प्रतिशत तरकारी बाहिरबाट भित्रिने गरेको छ।वार्षिक ३ करोड ८० लाख रुपैयाँ बराबरको तरकारी जिल्ला भित्रिने गरेको कार्यालयको तथ्यांक छ। आयातीत तरकारी परीक्षण गरी शुद्धता मापन गर्ने संयन्त्र नहुँदा विषादीको वास्तविक मात्रा बारे थाहा पाउन नसकिएको उनको भनाइ छ।

‘हामी सँग विषादी मापन गर्ने प्रयोगशाला छैन’, उनले भने, ‘झापामा परीक्षण गर्दा भारतबाट ल्याइएका तरकारीमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादी भेटिने गरेको छ। तरकारी जाँच गर्दा पाइएको विषादी मात्राअनुसार खान नमिल्ने देखिए पनि बजार भरि यस्तै तरकारी बिक्री भइरहेको छ।’जिल्लामै उत्पादन हुने तरकारीमा भने पछिल्ला वर्ष विषादी प्रयोग घट्दै आएको कार्यालयको तथ्यांकमा उल्लेख छ। लाई, गभारा, ढुसीजन्य रोग, भिटामिन जस्ता विषादीको माग घटेको फुङलिङका एग्रोभेट सञ्चालक नरेन्द्र मादेनले बताए। झारनासकऔषधिको मागभने बढेको उनको भनाइ छ।

स्थानीय भन्दा आयातीत तरकारी ४० प्रतिशतसम्म सस्तो यता जिल्लाका बजार पसलहरूमा स्थानीय भन्दा आयातीत तरकारी ४० प्रतिशतसम्म सस्तो बिक्रीहुने गरेको व्यवसायी बताउँछन्। ‘बाहिरबाट आएको तरकारी हेर्दा राम्रो र आकर्षक देखिने हुन्छन्’ साथै यहाँ उत्पादन भएका भन्दा धेरै सस्तोमा आउँछ, एक व्यवसायीले भने, ‘त्यसैले ग्राहकको रोजाइत्यसमै पर्छ।’ स्थानियले उत्पादन गरेका तरकारीमालागतको हिसावगर्दा आयातित तरकारीको मुल्यभन्दा वढि हुन्छ । त्यसैले प्रतिश्पर्धा गर्न समेत समस्या भएको स्थानिय कृषक ओम प्रकास भट्टराई बताउँछन् । यसमा कृषक र उपभोक्त दुवै सचेत हुनुपर्ने कृषि प्राविधिक बताउँछन्। विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमले असर पर्ने वरिष्ठ कृषि विकास अधिकृत नरेश चन्द्र घिमिरेले बताए। ‘टाउको दुख्ने, घाँटी दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने, काम्ने, मूच्र्छा पर्ने, बान्ताहुने तत्कालीन र क्यान्सर, पक्षघात, छालाको क्यान्सर, मिर्गौला फेल हुने, बालबच्चाको टाउकोमा ट्युमर हुने विषादीको दीर्घकालीन असर हुन्’, उनले भने।

ताप्लेजुङले टमाटर, काउली, बन्दा, खुर्सानी, भन्टा, प्याज लगायत उत्पादन सिलिगुडी सहितका भारती बजारबाट आयात गर्ने गरेको फलफूल तथा सब्जी व्यावसायी रमेश महतोले बताए। उनका अनुसार ९० प्रतिशत सम्म भारतीय तरकारी बिक्रीहुने गरेको छ।