इटहरी । नेपालीमा एउटा उखान छ ‘ऋण लागोस दिन नलागोस’ । तर इटहरीका बाढीपीडितको हकमा ऋण मात्रै हैन, दिनसमेत उस्तै गरी लागेको छ । गतसाउन २७ गते मध्यरातमा आएको बाढीले पीडितहरूको समस्या अहिले पनि उस्तै छ । वर्षौदेखि इटहरीको बुढी खोलामा बस्दै आएका उनीहरु पानी र गड्याङगुडुङ गरेसँगै निद्रा हराउने गरेको छ । इटहरी–१० बुढी खोला किनारमा भेटिएकी मुन्नि शाह भन्छिन्, ‘पानी आउँदा ओत लाग्ने ठाउ छैन, रातभरी जाग्रम बस्नु परेको छ ।’ दर्के पानी पर्दा उनको निद्रा हराउँछ ।
गत साउन २७ गते आएको बाढीले ९ जनाको ज्यान लियो । ५ सय भन्दा बढी घर परिवार बाढीबाट पीडित बने । इटहरी–४, ५, ६, ९ लगायतका वडाहरु जलमग्न बने । यतिसम्म की नेपाली सेनाको पूवी पृतना समेत जलमग्न बन्यो । बुढि टेंग्रा खेती खोलामा आएको बाढिले पुरै मावन वस्ती जलमग्न बन्दा इटहरीबासी एकसातासम्म विद्युत तथा सञ्चारविहीन बनेका थिए । इटहरी १० मै बस्दै आएकी रञ्जु रायको गुनासो साहको भन्दा फरक छैन । उनको परिवारलाई पनि बाढीको त्रास उस्तै छ । भन्छिन्, ‘खोलामा बाढी आएको कारण रातभर सुतेका छैनौं । भाटाले बेरीएको घरमा पाल टागेर बस्दै आएका यो परिवार सरकारप्रति रुष्ट छ । यसक्षेत्रमा अधिकाशं युवा मजदुरी गर्छन् । इटहरी–१० का बाढीपीडितको समस्या अहिले पनि उस्तै छ । त्रासै त्रासमा यति वेला इटहरीका बाढी पिडित बस्नु परेको छ । सरकारले सुरक्षित आवास बनाई दिन्छु भनेर आश्वासन दियो तर बनाएका आवास समेत फेरी त्रास ल्याउने स्थानमै बनाउनु प¥यो । बरु लालपुर्जा नभएको टहरैमा भए पनि बस्नै प¥र्यो इटहरी १० कै बाढी पिडित सुम्मिना रायको गुनासो छ । बर्षा लागे पछि प्रहरी सोध्न आए तर जनप्रतिनिधि आएका छैनन् उनी भन्छिन । पिडितहरुको पिडा सुन्न भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादर देउवा सहितको जम्बो टोली इटहरीमा आए । सुरक्षित आवास देखि थुप्रै आश्वसन बाढे तर बाढी पिडितहरुले अहिले सम्म केहि पाएका छैनन् । २०७४ श्रावन २७ गते करीब ६ घण्टा बाढीमा बगेकी इटहरी ३ गैरीगाउँकी सानुमाया राई भन्छिन् ‘राती सुत्न पनि डर लाग्छ, कतिबेला बगाउँने हो त्यो त्रासले निद्रा हराउँछ ।’ व्यक्तिगत, संघ संस्थाले सहयोग गरे पनि सरकारी निकायबाट केही पहल नभएको गुनासो पोख्छिन् । उपमहानगरपालिकाले बाढीको क्षतिलाई न्युनिकरण गर्ने कुनै उपाय हालसम्म नअपनाएको उनी बताउँछिन् । गतवर्षको घटनाकै कारण अधिकांस पीडितले महंगो भाडा तिरेर डेरा सरेका छन् । कतिपय परिवारले डेरासमेत पाएका छैनन् । बाढी पिडित मुन्नि शाहले २५ सय महिनाको तिरेर भाडामा बस्दै आएकी छन् । इटहरी डिभिएम स्कुल पछाडी खोला नजिकै घर भएका राजन क्षेत्रीले इटहरी चौकमा भाडा लिएको बताए । बाढीपीडितहरुले सुरक्षित बासस्थानका लागि भाडाको कोठामा बस्न थालेका हुन् ।