सप्तकोशी । कोशी ब्यारेज क्षेत्र जिर्ण बन्दै गएको छ । समयमा आवश्यक मर्मत सम्भार नहुँदासडक पुनःनिर्माणकै अवस्थामा पुगेको छ । सडक खाल्डाखुल्डीको कारण पुल जिर्ण अवस्थामा गुज्रिएको छ । भारत सरकारले प्रत्येक बर्ष करोडाँै रुपैयाँ कोशीको काममा खर्चिने गर्छ, तर जिर्ण बनेको पुललाई भने देखेको छैन । पुल जिर्ण बन्दा समेत भारत सरकारले खेलाची गरीरहेको सप्तकोशी नदी पारी किराना पसल गदै आएका पुरन राउत बताउँछन । सप्तकोशीको पुल जिर्ण बन्दा पनि भारत सरकार मौन बस्दै आएको भन्दै भारत सरकार प्रति आक्रोस पोखे । पुलमाथी हिडिसक्नु छैन के हेर्छ भारत सरकार ? उनले प्रश्न गरे । पुल पुरै जिर्ण छ खाल्डाखुल्डीमा पानी जमेको छ हिडिसक्नु छैन पुल माथी उनी भन्छन् । दुई देशबीच भएको सम्झौताअनुसार कोसी ब्यारेजको रेखदेखको सम्पूर्ण जिम्मेवारी भारत सरकारको हो । एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेज(पुल)को आयु गएको सन् २०१२ मै सकिएको छ । भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले सन् १९५२ देखि शुरु गरेको कोशी ब्यारेजको निर्माण कार्य सन् १९६२ मा सकेको थियो र त्यतिबेला पुलको आयु ५० वर्ष प्राविधिकले तोकेका थिए । स्थानीयबासी चिया पसले समिर यादबले सप्तकोशीको पुलमा हिडिसक्नु नभएको भन्दै सरकार सँग गुनासो गरे । उनले भने सरकारी पक्षको पुलमा अनुगमन भएन भारतले पुललाई बेवस्ता ग¥यो यादबले भने । हामीले उफ्रेर हुदैन रहेछ खै त सरकारले पुललाई हेरेको उनको प्रश्न थियो । कोशी ब्यारेजको रेखदेखसँगै मर्मतसहितका सम्पूर्ण जिम्मेवारी रहेका विहार सरकार मातहत कोशी परियोजनाका अधिकारीले खेचाली गदै आएको उनको आरोप थियो । अहिले पनि पाँच लाख क्युसेक प्रतिसेकेण्ड बहाव गर्ने क्षमता कोशी ब्यारेजमा सुरक्षित रहेको प्राविधिकको दाबी छ । सन् १९९० यता कोशीमा पानीको बहाव पाँच लाखभन्दा कमै रहेको तथ्यांकले पनि कोशीको पुलमा खासै खतरा नरहेको भारतीय अधिकारी कोशी ब्यारेज कन्टूोल रुपका सब इन्जिनियर लाल दासले वताए । दासले पुल जिर्ण भएको कारण मर्मत गर्ने ठेक्का लगाउँने तयारी भएको वताए । कोशी ब्यारेजको तल्लो संरचना जीर्ण भइसकेको छ । जसका कारण ब्यारेजको तल्लो भागमा दर्जनौँ पिपलको बोट पलाइसकेको छ । सन् १९६२ का सप्तकोशीको ब्यारेज निर्माण हँुदा त्यति बेला साढे ९ लाख क्युसेक पानीको बहाबको क्षमता भएको बताइएको थियो । भारतको कोलकता स्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले सन १९५२ देखि सुरु गरी १९६२ मा कोशी ब्यारेजको निर्माण कार्य पुरा गरेको थियो । त्यसपछि कोशीको पानीलाई ब्यारेजमा नियन्त्रण गर्ने प्रयासको थालनी भएको हो । ब्यारेज निर्माण भएको ६ वर्ष पछि मात्र ब्यारेज भएर सबैभन्दा बढी पानीको बहाब भएको मापन गरिएको थियो । कोशी ब्यारेज स्थित नियन्त्रण कक्षको रेकर्ड अनुसार सन १९६८ को ५ अक्टुबरका दिन ब्यारेज भएर अहिले सम्मकै सबैभन्दा बढी ९ लाख १३ हजार क्युसेक पानीको बहाब भएको थियो । त्यसपछिको अत्यधिक बहाब १२ अगस्ट, १९९० मा पाँचलाख ९० हजार क्युसेक मापन गरिएको थियो । ५ अक्टुबर, १९६८ देखि १२ अगस्ट, १९९० को बीचमा पाँचलाखभन्दा कम र एकलाख ५० क्युसेक भन्दा माथी पानीको बहाब भएको नियन्त्रण कक्षको रेकर्डमा उल्लेख छ । कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक पानीको बहाब हुने बितिकै खतराको सुचक भन्दै रातो झण्डा फहराउनुका साथै रातो बती बाल्ने नियम छ । २०१० का दिन कोशी ब्यारेज भएर तीनलाख ४० हजार चारसय ६० क्युसेक प्रति सेकेन्डको बहाब मापन भएको थियो ।०६५ साल भदौ २ गते कोशीको पुर्वी तटबन्ध सुनसरीको पश्चिम कुसहामा भत्किँदा कोशी ब्यारेजमा पानीको बहाव एकलाख ६७ हजार क्युसेक मात्र थियो । त्यतिबेला नेपाल तर्फ सुनसरीको पश्चिम कुसहा, श्रीपुर, हरिपुर र लौकही गाविसका ४२ हजार जनता घरबारविहिन भएका थिए भने बिहारका एकदर्जन जिल्ला जलमग्न भएका थिए ।