पाँचथर । लिम्बू समुदायको मौलिक बाजा ‘केः’ (च्याब्रुङ) को बिषयलाई लिएर निर्माण गरिएको छोंटो फिल्म ‘केः’ अहिले सम्पादनको चरणमा छ । ‘च्याब्रुङ बनाउँदा अनिवार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानुनी प्रावधानको वरिपरी फिल्मको कथा घुमेको छ’ ‘केः’ का लेखक, निर्देशक सागर केरुङले भने । प्रदेश(१ को पहाडि जिल्ला पाँचथरमा पछिल्लो समय छोंटो फिल्म बनाउँने क्रेज बढेको छ । इतिहासको उत्खनन् र साँस्कृतिक जागरणको सन्देश दिन यस्ता फिल्म बन्ने गरेका छन् । आदिवासी जनजाति बाहूल्य जिल्ला हो पाँचथर । यहाँ बन्ने छोंटो फिल्म आदिबासी जनजाति समुदायका कुनै न कुनै ऐतिहासिक घटनाक्रम, संस्कृति र मिथमा आधारित छन् । जसले मौलिकता सिकाउँने काम गरिरहेका छन् । ‘तोने’ कै कुरा गरौं । अर्चना गुरुङ निर्देशित छोंटो फिल्म ‘तोने’ मा गुरुङ जातिको धनुषवाण हान्ने खेल मेतोनेलिफा पर्व र त्यसको ऐतिहासिकतालाई देखाइएको छ । यो चलचित्र २९ मिनेटको छ । गुरुङ समाजमा अहिले यो खेल नै लोप भएर गएको छ । ‘तोने’ का निर्माता सुजन गुरुङ भन्छन्(‘त्यसैले युवा पुस्तालाई आफ्नो संस्कृति बुझाउँन फिल्म बनाएका हौं ।’ पाँचथरमा निर्मित अर्को छोंटो फिल्म हो( तुम्याहाङ । यसले आदिवासी जनजाति लिम्बू समाजको परम्परागत न्यायिक प्रणाली तुम्याहाङ प्रथाको कथा भन्छ । लिम्बू भाषामा ‘तुम्याहाङ’ भन्नाले समाजका भद्रभलाद्मी भन्ने बुझिन्छ । आधुनिक न्यायिक प्रणालीको विकास हुनुपूर्व लिम्बू समाजका सबैखाले मुद्धामामिला तुम्याहाङहरुले मिलाउथे । जसलाई ३० मिनेटको ‘तुम्याहाङ’ मा देखाइएको छ । पाँच वर्ष अघि बनेको नरेन्द्रराज केरुङको ‘पुङसाम’ ले काठमाण्डौंमा भएको इन्टरनेशनल इन्डिजिनियस फिल्म फेस्टिवल २०१५ मा पब्लिक च्वाइस अवार्ड नै जित्यो । नौ मिनेटको उक्त फिल्ममा धनुर्धारी लिम्बू जातिको शिकार खेल्ने संस्कृति र शिकारी देउताको महत्वलाई देखाइएको छ । सागर केरुङ निर्देशित अर्को पाँच मिनेटको फिल्म ‘नाहेन’ मा आँखिडाहीको कथा छ । भगिराज राई निर्देशित ‘सायाबुङ’ मा राई संस्कृतिको कुरा छ । पाँचथरमा गएको आधा दशकमा दर्जन जति छोंटो फिल्म बनेका छन् । सानो बजार । सिमित दर्शक । लामो फिल्म बनाएर लगानि धरापमा पार्नुभन्दा छोंटो फिल्ममै रमाइरहेका छन् पाँचथरे फिल्मकर्मी । डकुमेन्टिूी शैलीमा बन्ने यी फिल्मको लगानि पनि कम हुन्छ । च्यारेटिबाटै लगानि उठ्छ । आफ्नै जीवन पद्धती, कला, संस्कृति हेर्न, बुझ्न दर्शकलाई करकाप गर्नु पर्दैन हलसम्म पु¥याउँन । विभिन्न स्थानहरुमा हुने फेस्टिवलहरुमा पुग्न(घुम्न पाएकै छन् निर्माता, निर्देशक । आउँदो दशैं अघि रिलिज गर्ने लक्ष्य राखिएको ‘केः’ का निर्माता टाइसन लिम्बूका अनुसार तीन देखि दश लाख सम्ममा यी फिल्म बन्छन् । स्थानीय स्तरमा कलाको प्रबद्र्धन गर्नु र साँस्कृतिक पुनर्जागरणको सन्देश दिनु यी फिल्महरुको मूख्य उदेस्य हुने छोंटो फिल्म निर्माणमा सक्रिय बुद्धराज लिम्बू बताउँछन् । ‘आजको डिजिटल दुनियाँमा नयाँ पुस्तालाई मौलिकता सिकाउँने सबैभन्दा प्रभावकारी माध्यम फिल्म भन्दा अरु के हुन सक्छ र ?’ उनले भने ।