पथरी / कानेपोखरी गाउँपालिका वडा नं. ४ मा रहेको माझी गाउँ बर्खा लागेपछि जहिले बाढीको त्रासमा हुन्छन् । यो त्रास भने अहिलेको होइन् ५ बर्ष अघि देखिको त्रास अहिले पनि जिउँको तिउ छ । डाँस खोला हिउँदमा पनि ठुलो बग्ने गर्दछ । बर्खा लागे पछि त झ्न ठुलो नहुने कुरै आएन । अहिले गाउँबाट खोला लगभग २० मिटर टाढा छ । लगभग १५ मिटरको गहिराईमा खोलाको धार बग्ने गरेका छन् । त्यस ठाउँमा बर्षेनी कटान गर्दै आएका छन् । बाढीले जग्गा कटान गरेपछि त्यस ठाउँबाट दुई घर विस्थापीत भइसकेको छ । बाँकी १४ घर कति खेर बाढीले बगाउँने हो भनेर त्रासमा रात कटाउने गरेकाछन् । पूर्वमा डाँस खोला र पश्चिममा भलुवा पैनी पानी धेरै पर्र्यो भने दुवै खोला र पैनीको पानीले धेरै डरहुने गरेको खोला पीडित धनबहादुर धिमाल बताउँछन् । २०३६ साल भन्दा अघि देखि बस्दै आएको गाउँमा अहिले खोलाले कटान गरेर गाउँ बगाए भने उनिहरुको बस्ने ठाउँ हुर्दैन । अस अघिको क्षेत्र नम्बर २ का पूर्व सभासद चण्डीप्रसाद राईले खोला छेकथुन गर्न १ ठाउँमा तारजाली लगाई दिएर सामान्य छेकथुन भएको फागुलाल माझी बताउँछन् । उतिबेला तारजाली नलगाई दिएको भए हाम्रो माझी गाउँ पहिले नै बगाउँथ्यो होला । यस पटक पनि गाउँपालिकाको बजेटमा गाउँ भन्दा अलि माथी २ वटा स्पर(तारजाली) लगाएका छन् तर त्यस्तो तारजालीले थाम्दैन खोला ठुलो आउँछ, कटान गरिहाल्छ त्यहाँका खौरे माझी बताउँछन् ।
त्यहाँ मात्र होइन नारायण चौक पूर्व खोरियामा पनि उतिकै पीडा छ । गत बर्ष डाँस खोलामा आएको बाढीको कारण २२ घर डुवानमा परेका थिए । त्यस बेला ५ दिन घरछोडेर डाँडामा रहेको अर्काको घरमा बस्नु परेको थियो । बाढीले खेति योग्य जग्गा समेत बगर बनाइदिएका थिए । बस्ने ठाउँ घर पनि बालुवा लगाई दिएका थिए । अहिले पनि त्यस ठाउँमा समस्या उतीकै छ । अलिकति ठुलो बाढी आयो भने बाढी गाउँमा पस्ने डर हामी सबैलाई छ, त्यहाँका हस्तबहादुर लिम्बू बताउँछन् । त्यहाँ बाढी पस्यो भने लिम्बू र राई गाउँ हुदै मुसहर गाउँ पनि बगाउँने छ । त्यस ठाउँमा पनि सभासद चण्डीप्रसाद राई र गाउँपालिकाले तारजाली(स्पर) लगाइदिएका छन् । तर बाढी ठुलो आउने भएको स्पर पनि बगाउने गरेको त्यहाँका विवेग ऋषिदेव बताउँछन् ।
पथरीशनिश्चरे–६, स्थीत दोहलु टोलमा डाँस खोला बाढीको कारण गाउँ नै विस्थापीत हुन लागेको वडाध्यक्ष जयतामाङ बताउँछन् । यस बर्ष एउटा स्पर(तारजाली) लगायौ केही रोकछेक हुन्छकी तर यस खोलालाई ठुलै योजना ल्याएर गुरुयोजनाको तटबन्धन गरिएना भने धेरै समस्या हुने अध्यक्ष तामाङ बताउँछन् ।
यस ठाउँमा मात्र होइन डाँस खोलाको बाढीको कारण पूर्वपश्चि राजमार्ग अन्तरगत डाँसखोला पुलदेखि दक्षिणमा दोहमना सम्म जनधनको क्षति हुर्दै आएको छ । गत बर्ष खोलाको कटानको कारण पूर्वपश्चिम राजमार्गको पुल जोखिम बनेको थियो । यस बर्षमात्र कानेपोखरी गाउँपालिकाले ३०लाख र वडा नं. ४ ले १४ लाख गरी ४४ लाख छुट्याई काम समेत गरी सकेको छ । गाउँपालिकाले तटबन्धनको लागी चिंसाङ र डाँस खोलालाई १ करोड चालु आर्थिक बर्षमा विनियोजन गरेको छ । गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेका अनुसार गाउँपालिकाले जती लगानी गरे पनि खोला ठुलो भएकोले क्षती पनि धेरै हुने गरेको छ, खोलामा लगानी बालुवामा पानी लगाए झैँ भएको छ । यसलाई प्रदेश र केन्द्रिय स्तरबाट दिर्घकालिन योजना बनाएर तटबन्धन गर्नु आवश्यक रहेको बताए ।