मधुमल्ला/ मनसुनी बर्षा संगै मोरङको मिक्लाजुङ गाउँपालिका साबिक मधुमल्ला का २, ४, ५, ६ , ७, ८ र ९ का वडा हरुमा बाढीको संन्त्रास छानुका साथै मिक्लाजुङ गाउँपालिकाका ६ वटा वडाहरुमा नाका बन्धी जस्तै भएको छ । बर्षै पिच्छे राष्ट्रिय स्तरमा चर्चामा रहने स्थानीय नुनसरी बक्राहा खोलामा पानीको बहाब बढे संगै साविक मधुमल्लाका ७ वटै वडाका स्थानीय बासीहरुमा बाढीको त्रास छाएको हो । ०५४/०५५ तिर बहुचर्चीत रहेक ओपेकले बाँधेको बाँध भने केही ठाँउमा नमुना मात्र रहेको छ ।
करिब करिब ९० प्रतिस भन्दा बढी ओपेकले बाधेको बाँधको नाम निसाना नै छैन भने भएको एदा कदा केही स्थानमा समेत खोलाको मुलकोले कटान गरी जीर्ण बनाएको छ । धाम्मधुम्म र पानी पर्न थालेपछी अब के हुन्छ भनेर रातभरी जागै बस्नु पर्ने बताउँनु हुन्छ मिक्लाजुङ ७ का स्थानिय राजेस कुमार राउत । स्थनीय नुनसरी बक्राहा खोलाको सतह मानब बस्ती भन्दा खोलाको सतह अग्लो भएकै कारण यस्तो सन्त्रास उत्पन्न भएको होे ।हाल नुनसरी बक्राहा खोलाले इलामको चुलाचुली ६ नुनसरी समुदायिक वन, मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को मलामी टहरा आसपास मिक्लाजुङ ६को बक्राहा पुलको उत्तर खयर घारी नजीक पुर्वपट्टी अतिनै जोखीम रहेको र कच्चाधारको बाँध केही मिटर मात्र बाँकी रहेको हुँदा यो अवस्था यथावत केहीदिन रहिरहे सो स्थानबाट खोला गाउँ पस्ने र ठुलो मानविय क्षती हुने खतरा देखीएको स्थानीय ओमकुमार दाहालले बताउनुभयो ।
मिक्लाजुङ ६ कै बक्राहा खोलाको निर्माणधीन पुल उतर तर्फ बाट पनी खोला गाउँ पस्ने उच्च जोखीम रहेको छ । आज इप्रका मधुमल्ला र मिक्लाजुङका पत्रकारहरुको टोलीले स्थानीय बक्राहा नुनसरी खोला र मावा खोलाको कट्टान गरेको र उच्च जोखीम रहेको स्थानको स्थलगत अवलोकन गरीएको इप्रका मधुमल्लाका प्रहरी नायब निरिक्षक टेक बहादुर श्रेष्ठले बताउनु भयो ।
बर्षै पिच्चे चर्चामा रहने मानबिय जनधनको समेत क्षती पुर्याउने स्थानमा राज्य स्तर बाट तालीम प्रप्त पहरीहरु खटाउनु पर्ने अवस्था रहेता पनी सम्धन्धीत निकायले त्यस तर्फ ध्यान नदीनाले तालीम प्राप्त दक्ष जनशक्तिाको अभाब रहेको श्रेष्ठले बताउनु भयो । यस्तै मावा खोलाले मिक्लाजुङ गाउँपालीका वाडा नं. ८ को मावा तोरीबारीमा कट्टान तिब्र बनाएको छ ।
यसलाई नियन्त्रण गर्न स्थानीयहरु रातदिन नभनी ढुङ्गा स्याउला र तार जाली भर्ने काम गरीरहेको तर स्थीती भने सान्यीकरण नभएको स्थानीय सन्देस मुखीयले बताए । यस्तै असार १९ गते राती मावा खोलामा आएको बाढीले निर्माणधीन अवस्थामा रहेको मावा खोला पुललाई समेत खोलाले बगाएर लाखौंको क्षति पुर्याएको छ ।
निर्माणधिन पुल निर्माणको जिम्मा सर्मा–लामा स्वछन्द् जेभी काठमाण्डौले पाएको र २०७२ असार बाट सुरु भई ०७६ श्रावणमा निमार्ण प्रक्रिया सक्ने गरी निर्माण भईरहेको पुलको लम्बाई २५० मिटर रहेको छ । सो पुलको सुपर स्टक्चरको फर्मा खोलो बगाउँदा ज्याला सहिति गरेर २० लाख बढीको क्षती भएको पुलका इन्चार्ज गुरु प्रसाद ढुङ्गानाले बताए । यसै बिच मिक्लाजुङ गाउँपालिका बाढी र पहिरोको जोखीममा रहेको गाउँपालिका भएकाले बाढी नियन्त्रण्मा आवस्यक पहल कदमी र अत्यावस्यक कार्यहरु गरी मानविय जनधन क्षती हुनबाट बचाउन प्रयासरत रहेको गाउँपालिका अध्यक्ष देवी प्रसाद आचर्यले बताउनु भयो ।
यस्तो छ मिक्लाजुङका ६ वटा वडामा नाकाबन्दी यस्तै अबिरल बर्षा र झरी संगै मिक्लाजुङ गाउँपालिकका खोला र खहरेहरुमा पानीको सतह बढे संगै ति खोलाहरुमा कुनैपनी पुल नुहुँदा ६ वटा वडामा नाका बन्धी लागेजस्तै भएको वडा नं. १का वडाध्यक्ष नरबहादुर राईले बताउनु भयो । खोला र खहरेमा पानीको बहाब बढेकै कारण दैनिक उपभोग्य सामग्रीहरु समेत घरघरमा पुर्याउनु र बिरामी पर्दा औषधी उपचार गर्न जान समेत कठीनाइ रहेको मिक्लाजुङ वाडा नं. ३ का वडाध्यक्ष खगेन्द्र मादेनले बताए ।
मिक्लाजुङ वडा नं. १–६ वडा सम्मको भु–भागमा एक दर्जन बढी साना ठुला खोला रहेको र ति खोलाहरुमा दिगो प्रकारका पक्की पुल नहुँदा बिरामी पर्दा एम्बुलेन्स समेत पाउन कठिन भएको वडा नं. ४ की स्थानीय निर्मला राईले बताउनु भयो । मिक्लाजुङ वडा नं. १ लाई भने झनै ठुलो समस्या रहेको छ । हाला टाँडी रमीते सडक खण्डमा सडक बिस्तारको क्रम जारी रहेकाले सो बाटोमा आवत जावतमा समस्या रहेका छ ।
बैकल्पीक बाटो उर्लाबारी मंगलबारेबाट मिक्लाजुङ ५ को बेलटार हुदै १ नं. जाने बाटोमा समेत फोके भिरमा बर्षाका कारण बाटो असुरक्षीत भएका कारण जोखीमको यात्रा गर्नु पर्ने मिक्लाजुङ ५ का स्थानीय उत्तम चाम्लीङ राईले बताए । मिक्लाजुङ गाउँपालिकाका सबै वडा बाट गाउँपालीका केन्द्र मधुमल्ला जोडने बाटोमा एउटै पनी पक्की पुल नहुँदा १०–१५ मिनेटमा पुगीने गाउँपालीका केन्द्र आउन छिमेकी नगगरपाली उर्लाबारी हुदै करिब ३०–४० कि.मी. दुरी २ घण्टा लगाएर जोखीम पुर्ण यात्रा गर्न बाध्य भएको र दैनीकी कार्यालयको काममा आउन समेत प्रभाब परेका वडा नं. २ का वडाध्यक्ष गौरी प्रसाद राइले बताउनु भयो ।