इलाम / इलाम नगरपालिका वार्ड नम्बर आठ धोविधारामा रहेको इलाम अदुवा प्रशोधन उद्योगकी उषा निरौला महिला उद्यमीहरुको प्रेरणकी स्रोत बनेकी छिन् । वि.सं २०७० सालमा किराना पसलबाट सुरु भएको उद्योगको इनपा ६ खरेलडाडाँमा आफ्नै भवन छ । ५० हजारको लागतमा स्थनपना भएको इलाम अदुवा प्रशोधन केन्द्रमा हाल ६० देखि ७० लाखको कारोबार हुने गरेको छ ।
अदुवा प्रशोधन केन्द्रमा वार्षिक ५० क्विन्टेल अदुवा र ४० क्विन्टेल अकबरेको कारोबार भएको उनी बताउँछिन् । सिजन नै पिच्छे मूल्य फरक हुने अदुवा तथा अकबरेको हिउँदको समयमा केही कम मूल्य र वर्षातको समयमा ढुसी लाग्ने लगाायत समस्याका कारण जोगाउन मुस्किल पर्ने हुनाले जनशक्ति बढी खर्च गर्नुपर्ने बाध्यता रहेकाले केही बढी मूल्य उपभोक्ताले तिर्नुपर्ने बताउँछिन् ।
अदुवाको कैन्डी,चक्लेट,जुस तथा अकबरेको अचार,पेस्ट जिल्लाका विभिन्न स्थान इलाम बजार,फिक्कल,पशुपतिनगर तथा जिल्ला बाहिर विर्तामोड,धरान,काठमाडौँ तथा हाल पोखरा समेत निर्यात हुने गरेको छ ।
उद्योगमा गत वर्षसम्म मेसिनको अभाव रहेको थियो तर उन्नति कार्यक्रमको २५ लाखको प्रोजेक्ट मार्फत अदुवाका लागि आवश्यक मेसिन समेत ल्याएसकेपछि कारोबार समेत बढेको उनको भुनाइ छ । वि.सं २०७३ सालमा उन्नती कार्यक्रम मार्फत अदुवा प्रशोधनका लागि पाँचथान मेसिन जुटेको बताउँछिन् । जसमा अदुवा कैन्डी तयार पार्न धुने,बोक्रा छोडाउने,चाना बनाउने,सुकाउने र अदुवालाई धुलो बनाउने मेसिन रहेको छ । मेसिन जोडिनसेका कारण दैनिक कति कार्य गर्ने भन्ने थाहा हुने छ र यसले जनशक्ति बचाउने अनुमान गर्न सकिने उनी बताउँछिन् । उन्नति कार्यक्रले मेसिन मात्र नभई कृषहरुलाई अर्गानिक उत्पादन गर्न तालिम तथा उद्योगमा ६० जना कृषक आवद्ध गराउन समेत सफल भएको बताउँछिन् ।
इलाम नगरपालिका र माईजोगमाई गाँउपालिकाका कृषकले उत्पादन गरेका अदुवा तथा अकबरेलाई उद्योगले खरिद गर्ने र कृषिलाई अर्गानिक बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउँछिन् । यस्ता कार्यक्रम मार्फत उद्योग र उद्यमीलाई मात्र हैन समग्र कृषकलाई समेत उद्यमी बन्न टेवा पुग्ने उनको भनाइ छ । आफ्नो उद्योगमा काम गर्ने महिलाहरुलाई रोजगार मात्र हैन उद्यमी बनाउन उषा प्रेरणाकी स्रोत बनेकी छिन् । गत वर्षमा उनको उद्योगमा काम गर्ने महिला हाल आफ्नै उद्योग गर्दै गर्दा आफूलाई गर्भ महसुस भएको बताउँछिन् ।
उद्योगमा हाल चार जना महिला कर्मचारी रहेका छन् जसमा क्याम्पस पड्दै गर्ने विद्यार्थीहरु समेत रहेकाले उनीहरुलाई समेत आत्मनिर्भर बनाउने इच्छा रहेको बताउँछिन् । इलामका विभिन्न स्थानीय तहहरुमा उद्योग सम्बन्धी तालीम दिदैँ जाने गरेको र पैसा भन्दा पनि ग्रामिण महिलाहरुलाई उद्योगप्रतिको आकर्षण गरि बढी भन्दा बढी उद्यमी बन्न प्रेरित गरि आर्थिक सम्वृद्धि ल्याउने लक्ष्य भएको बताइन् । अदुवा प्रशोधन केन्द्र स्थापना गरि सञ्चालन गरेपश्चात उनी आफू सफल उद्यमी मात्र भइनन् उद्योगमा काम गर्ने महिलाहरुलाई समेत सफल उद्यमी बनाउन प्रेरणाकी स्रोत बनिन् ।
हाल अदुवा प्रशोधन केन्द्र नाम रहे तापनि अकब ६० प्रतिशत रहेको तर अबको केही वर्षमा भने अदुवाकै मात्र प्रशोधन केन्द्र बनाउने लक्ष्य रहेको बताइन् ।