तेह्रथुम । छथर गाउँपालिका हमरजुङ्ग वस्ने श्याम विश्वकर्माले कतारको तातो घाममा ४ वर्ष सम्म भवन वनाउने लेवरको काम गरे । १७ तला सम्मको भवनमा जोखीमका साथ चढ्दा उनको डरले मुटु काप्थ्यो । तर घर फर्किने उपाय उनी संग थिएन । कतार जादा आफन्त र गाउँका साहु महाजन संग एक वर्ष भित्रमा दोव्वर वुझाउने शर्तमा सुनका गरगहना लगेका थिए । छाला नै पाक्ने तातो घाममा महिना दिन काम गर्दा मुस्कीलले उनले ८ देखी ९ हजार रुपैंया सम्म हात लाग्थ्यो । पकेट खर्च कटाएर ३ हजार रुपैंया वचत गरेर घर पठाउन प्रत्येक महिना धौ धौ हुन्थ्यो । विदेशी भुमीमा कटाएको त्यो दःुख उनी अहिले सम्झन पनि चाहदैनन् । ३४ वर्षिय विश्वकर्माले कतारी भुमीमा यतीलामो समय काम गर्दा घरमा ३ लाख रुपैंया पनि पठाउन सकेनन् । भन्छन् ‘जीवनको उर्जासील समयको पसिना अर्काको देशमा वगाईएछ ।’ कतार जांदा आफन्त र साहु संग खोजेको सुनका गहना विक्री गरेर उनले ८० हजार रुपंैया जम्मा पारेको थिए । त्यही पैसा मेनपावरमा वुझाएर गएका उनले सुन दिएकाहरुलाई दोव्वर वुझाए । ४ वर्ष कमाएको सवै पैसा जादा लगेको सुन किनेर दोव्वर वुझाउदा सकीयो । शिप, मेहनत र जांगर हुदा हुदै आफु संगै भएको त्यो शिपलाई चिनेर सदुपयोग गर्न नसकेको पिडा उनलाई कतार वाट घर फिर्ने वेला मात्र भयो । लगत्तै गाउू फर्किएर उनले प्रशान्त खुकुरी तथा कृषि औजार निर्माण उद्योग संचालन गरे । उद्योग संचालनक लागि स्थानीय साहु संग ऋण सहयोग लिएर शुरु गरेको आºनै उद्योगमा उनी अहिले खर्च कटाएर मासिक ३० हजार रुपैंया सम्म कमाई गर्छन् । उद्योगमा तीन जना युवालाई रोजगारी दिएका छन् । उनले उत्पादन गरेका खुकुरी सिंहापुर, वेलायत, जर्मन लगायतका मुलक सम्म पुग्छन् । अन्तराष्टिूय बजारका लागि काठमाडौंको ठमेलमा रहेका राजन श्रेष्ठ र भिम सुनारले व्यवस्था मिलाईदिएका छन् । खुकुरी टल्काउने ३० हजार मुल्य वरावरको मेसिन लद्यु उद्यम नामक संस्थाले सहयोग दिएको उनले वताए । आफुले संचालन गरेको उद्योगमा मासिक रुपमा ७० देखी १ सय वटा सम्म खुकुरी उत्पादन हुने गरेको विश्कर्माले वताए । प्रति खुकुरीको मुल्य न्युनतम १ हजार ५ सय देखी ५ हजार रुपैंया सम्म पर्छ । स्तरीय उत्पादन भन्दै आफुले तयार गरेका खुकुरी विदेशीले वढी मन पराउने गरेको उनले वताए । उद्योगमा साना, मझौला र ठुला गरी विभिन्न साईज र आकारका खुकुरी उत्पादन हुन्छन् । त्यसैले मुल्य पनि फरक पर्न गएको हो । खुकुरीको अलवा विश्वकर्माले उद्योगमा स्थानीय गाउूघरमा प्रयोग हुने र किसानलाइ नभई नहुने कृषि औजार समेत निर्माण गर्छन् । उनले उत्पादन गरेको कोदालो, हसीया, चिम्टा, वन्चरो, फाली, खुर्पा लगायतका कृषि औजारले गाउूमै राम्रो मुल्य पाएको स्थानीयवासी प्रकाश पाक्सावाले बताए । यी कृषि औजार मर्मत पनि आफैले गर्ने गरेकाले थप आम्दानी हुने गरेको विश्कर्माले वताए । ४ जना छोरा छोरीे पढाई र घर खर्च चलाउन पनि उद्योगको कमाईले पुगेको छ । उद्योगको क्षमता वढाएर उत्पादन वढाउने योजना उनले वनाएका छन् । हातमा शिप हुने धेरै युवाहरुले रोजगारीका लागि विदेश ताकेको देख्दा उनलाई यी युवाले आफुले जस्तै दुःख पाउने भए भन्ने लागेको छ ।