केशव बिष्ट, सदस्य सचिव राखेप
इटहरी । विश्वभर विश्वकप रौनक छाइरहेको बेला नेपालमा भने २५ वर्ष पछि विश्वकप खेल्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले बताएका छन् । खेल क्षेत्रले मात्र नेपाल विश्वभर चिनाउन सक्ने भन्दै २५ वर्षपछि विश्वकप खेल्ने जनशक्ति तयारको लागि नेपालले सुरु गरेको उनको भनाइ छ ।
सदस्य सचिव विष्टले भने, ‘अब २५ वर्ष पछि नेपालले विश्वकप खेल्ने छ । विष्ट भन्छन्, ‘नेपालले साउथ एसियाको च्याम्पियन भएर साफ प्रतियोगितामा गोल्डमेडल पाएको छ, हामी अहिले एसिया लेबलमा स्टाब्लिस्ड हुने तयारीमा छौँ, १० वर्ष भित्रमा एसियाली प्रतियोगितामा टक्टर लिने तयारीमा छौँ ।’
देशभर फुटबलको विकास गर्ने रङ्गशाला तथा अन्य भौतिक संंरचना निर्माणको कामलाई ध्यान दिइरहेको सदस्य सचिब विष्टको भनाइ छ । ‘गाउँ गाउँबाट फुटबलको तयारी गर्दै २५ वर्ष पछि विश्वकप खेल्ने खेलाडी उत्पादन गर्नु पर्छ ।’ उनी थप्छन्, ‘विश्वकपमा भाग लिँदा देशै खुसी हुन्छ, यसको तयारीमा खेलकुद क्षेत्रका अगुवाहरु लाग्नु पर्छ ।
अब रोजगारमुखी फुटबल हुनुपर्छ
किशोर राई, मानार्थ उपाध्यक्ष एन्फा
सरकारको नेतृत्व अहिले बलियो स्थितिमा छ । एन्फाले पनि नयाँ नेतृत्व पाएको छ । अब योजना बनाएर नेपाली फुटबलको विकास गर्नुपर्छ । यदि योजनाबद्ध भएर नेपाली फुटबलको विकासमा लागे १० वर्षमा विश्वले चिन्नेगरी नेपाली फुटबल उदाउन सक्छ भन्ने मलाई विश्वास छ ।
हाम्रो छिमेकी राष्ट्र भारतले फुटबलमा पछिल्ला वर्षहरुमा अध्याधिक लगानी गरेको छ तर पनि हामी उ बराबर फुटबल खेली रहेका छौ । अब सरकारले तीन तह स्थानीय, प्रदेश र संघियको ढाँचामा फिट हुने गरी योजना बनाएर फुटबलको विकासमा लाग्नुपर्छ । अहिले छिमेकी राष्ट्र भारत र चीनमा पनि फुटबलबाटै राम्रो जीवन चलिरहेको छ । नेपालमा पनि सरकारले विभिन्न कर्पाेरेट हाउस र उद्योगी व्यवसायीसँग सहकार्य गर्नुपर्छ । फुटबल खेलेरै नाम र दाम कमाउन सक्ने वातावरण सरकारले निर्माण गर्ने र १० वर्षे योजना बनाएर जाने हो भने हामी चाडो प्रगति गर्न सक्छौ । खेलाडीको लागी अन्तराष्ट्रिय बजार पनि अब खोज्नुपर्छ । विभिन्न देशका लिगमा गएर खेल्न सके नेपाली फुटबलको विकास गर्न धेरै टाढा छैन । त्यसकालागी फुटबल अब रोजगारमुखी हुनुपर्छ ।
विश्व फुटबल टाढा छैन कर्ण लिम्बू, पुर्व राष्ट्रिय खेलाडी तथा प्रमुख स्ट्राइकर रमपम झापा-११
नेपालमा फुटबलको बिकासका लागि हरेक स्थानीय तहमा तालिमको आयोजना गर्नुपर्छ । फुटबल खेल्न मन पराउने सबैले बच्चैदेखि तालिम लिन पाउँनुपर्छ । त्यसबाट छनौट भएका खेलाडीलाई १२ महिनै तालिम दिने ब्यवस्था मिलाउनु प¥यो । २०७० देखि लीग फुटबल भएको छैन । लीग हुँदा पनि ३ महिना हो , बाँकी ९ महिना बेरोजगार हुनुपर्ने अवस्था छ । त्यसको अन्त्य हुनुपर्छ । अहिले १, २ वटा क्लबले अनुबन्धन गरेर खेल खेलाइरहेका छन् । त्यो पनि मौसमी अनुबन्धन हो । सधैलाई अनुबन्धन गरेर फुटबलको बिकासमा काम गरे बिश्वकप फुटबल हाम्रा लागि टाढा छैन । यहाँ फुटबल खेलाडीको भविष्य सुरक्षित छैन । खेल जीवनपछि सबैको गन्तब्य बैदेशिक रोजगार हुने गरेको छ । राज्यले त्यसको बिकल्प दिनुपर्छ । अनि खेलाडीमा उत्प्रेरणा आउँछ । अर्काे कुरा भौतिक संरचना निर्माणमा राज्य गम्भिर बन्नु पर्छ । एउटा अन्तराष्टिूय खेल आयोजना गर्ने रंगशाला छैन । यो दुःखद होइन ? प्रत्येक प्रदेशमा एक वा दुइवटा रंगशाला बनाउनु अहिलेको आवश्यकता हो । खेलाडी छनौटमा राजनीतिकरण हुनु अहिलेको प्रमुख समस्या हो । नातावाद का कारण खेलाडी छनौट भएर पनि नेपालको अन्तराष्टिूय प्रदर्शन बलियो हुन नसकेको हो । क्षमतावान खेलाडीले अवसर पाएको खण्डमा नेपाल पनि बिश्वकपको यात्रामा पुग्न सक्ने देखिन्छ ।