पाँचथर । जलवायु परिवर्तन संगै पाँचथरको बिभिन्न गाउँपालिकामा खानेपानीका मुहान सुक्न थालेका छन । प्रर्याप्त बर्षाद नहुदा गाउँमा भएका कुवा, पँधेरा र धाराहरु धमाधम सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ ।
सरकारले सूखा क्षेत्रको समस्या समाधानको लागि खानेपानी बिभाग अन्तरगर्तगतको सूखा क्षेत्र विभाग स्थापना गरि सुःखा क्षेत्रमा काम गर्दै आएको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकामा बृहत तमोर पम्पीङ खानेपानी आयोजनाको काम हुदै आएको छ । तमोर नदिको पानी विधुतीय प्रबिधिबाट बस्तीमा पुर्याउँको लागि धमाधम योजनाको काम हुदै आएको छ ।
जिल्लाको तुम्बेवा गाउँपालिकालाई पनि सूखा क्षेत्र घोषणा गरि तमोरलिफ्ट खानेपानी आयोजनाको कामहुदै आएको छ । नेपाल सरकारको ७० करोडको लगानीमा निर्माण हुने आयोजनाको ठेक्का कन्काई प्रेरा जेभीले पाएको छ ।
जेभीले ४५ करोडमा ठेक्का बिट गरेको छ । २०७४ साल असार मसान्तमा ठेक्का सम्झैता गरेको निर्माण कम्पनीले ३० महिनाको समय अवधि भित्र आयोजनाको काम सम्पन्न गर्नु पर्ने हुन्छ । २८ सय घरधुरीका १३ हजार चार सय १९ जनसख्यालाई लक्षित गरि सुरु गरिएको योजनाले दश, प्रतिशत मात्रै प्रगति हासिल गरेको छ ।
गाउँपालिकाका स्थानीयले आयोजनाको एक प्रतिशत रकम ७० लाख जम्मा गरेका छन । समुन्द्र सतहबाट १९८१ मिटरको उचाईमा रहेको गाउँपालिकामा खानेपानीको चरम अभाव छ । पानी अभावले दिन प्रतिदिन विस्थापित हुने स्थानीयको संख्या वर्षेनी बढ्दो क्रममा रहेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।
यस्तै सुखा क्षेत्र मध्येकै अर्को गाउँपालिका हो कुम्मायक’ कुम्मायक गाउँपालिकाको समस्या पनि तुम्बेवाको भन्दा कम छैन । सबै भन्दा पहिलो पटक २०७० सालमा सुखा क्षेत्र घोषणा गरिएको नै कुम्मायक गाउँपालिका हो ।
खानेपानी अभावमा दैनिक बसाईसराईको संख्या बढ्दो क्रममा छ । २०७० मा कुम्मायक गाउँपालिकालाई सुखा क्षेत्र घोषणा गरी २०७३ साल देखि प्रेरास्वामी नारायण जेभीले आयोजनाको काम गर्दै आएको छ ।
कुल ५२ करोडको लगानीमा निर्माण हुदै आएको आयोजनाले तीन हजार ४३ घरधुरीका १३ हजार ८ सय ४० जनसख्या आयोजनाबाट लाभान्वित हुने लक्ष्य लिएको छ । हाल सम्म ७० प्रतिशत काम पुरा गरेको निर्माण कम्पनीले २०७५ साल सम्ममा योजनाको काम सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
तमोर नदिले छोएको पुर्वको पाँचथर, तेह्रथुम र धनकुटाका अधिकाम्स नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएकाले विभागले पानी लिफ्ट गर्ने प्रणाली अपनाएको सुख्खा क्षेत्र बिभागका प्रमुख शंकरमणी ज्ञवालीले बताए ।
उनले वातावरणीय प्रभावका कारण देशका बिभिन्न स्थानमा खानेपानीको अभाव देखा परेको भन्दै, अबको प्रबिधि बस्ती मुनी खेर गईरहेको पानी लिफ्टको गरि बस्तीमा पुर्याउनु रहेको छ उनले भने । खानेपानी अभाबलाई नै सम्बोधन गर्नको लागि नेपाल सरकारले सुखा क्षेत्र बिभागको स्थापना गरि काम गर्दै आएको छ । नेपालको ७७ वटा जिल्ला मध्ये सबै भन्दा बढि खानेपानी योजनाको लागि पाँचथर जिल्लामा मात्रै एक अरब भन्दा बढिको काम हुदै आएको ज्ञवालीको भनाई छ ।