ताप्लेजुङ । पछिल्ला दिनमा जिल्लाका उत्पादनलाई प्रचार प्रसार गर्ने कार्य तिव्र वन्दै गएको छ । यही आकर्षणलाई लक्षित गर्दै विभिन्न शहरहरुमा जिल्लामा उत्पादित वस्तुलाई पुर्याउने उद्देश्यले छुट्टै पसलहरु पनि खुल्न थालेका छन् । जिल्लाका उत्पादनलाई प्रवर्द्धन गर्ने र महत्वबारे सिकाउँदै जाने उद्देश्यले साथै आन्तरीक तथा बाह्य पर्यटकलाई जिल्लामा नै उत्पादित तथा निर्मित बस्तु एकै स्थानबाट उपलब्ध गराउने उद्धेश्यले ताप्लेजुङमा कोसेली घर स्थापना गरीएको छ । जिल्लाकै उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारी तथा गैर सरकारी निकायको सहयोगमा सदरमुकाममा कोसेली घर स्थापना गरीएको हो ।

उपभोक्तालाई बजारको मुल्य भन्दा कम मुल्यमा र जिल्लाका गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रमुख उद्वेश्यले कोसेली घर सञ्चालन गरिएको सञ्चालक ललित गुरुङले बताए । कोसीली घर सञ्चालनसंगै जिल्लाका किसानहरुको मनोवल बढ्ने र सर्वसाधारण उपभोक्ता ठगिनबाट जोगिने उनको भनाई छ । कोसेली घरमा ताप्लेजुङको प्रख्यात तोङ्वाको भाडा, चौरी गाईको छुर्पि, घिउ, राडि, पाखि, धुपि, खुकुरी लगायत स्थानिय उत्पादन पाईन्छ ।विषेश गरि जिल्लाको मुख्य विषेशताको रुपमा छुर्पिलाई धेरै पर्यटकले रुचाउने गरेका छन् । त्यसै गरि तुङ्वा र सुकुटि पनि पर्यटकको दोस्रो रोजाईमा पर्र्ने गरेको गुरुङको भनाई छ ।

यहाँ उत्पादन भएको राडि पाखि तथा अल्लो द्धारा निर्मित कपडाहरु समेत जिल्लाको मुख्य उत्पादन हो । उद्योग विकास शाखावाट पनि समय समयमा यहाँका महिलाहरुलाई विभिन्न माध्यमवाट तालिमको समेत व्यावस्था गरि उनीहरुले उत्पादन गरेको सामग्री हरु समेत कोशेली घरले खरिद गर्ने प्रवन्ध मिलाएको उद्योग विकास शाखा ताप्लेजुङका उद्योग अधिकृत सुनिल आर्चायले जानकारी दिनुभयो । तालिमवाट सिकेका ज्ञान र सिपलाई सदुपयोग गरि रहेको र आफुले उत्पादन गरेको सामग्री समेत विक्रीको लागि समस्या नभएकाले पनि उनिहरु थप प्रोत्साहित भएको आर्चायको जानकारी दिनुभयो ।

यो सिजन पर्यटक आउने तथा पाथिभराको र्दशनको लागि आउने भक्तजनको भिड लाग्ने गरेको छ । हिजो आज त दैनिक ३० देखि ४० हजार सम्मको विक्री भैरहेको कोशली घरका संञ्चालक गरुङको भनाई छ । जिल्लामा आउने आन्तरीक तथा बाह्य प¥यटकले जिल्लामा उत्पादित बस्तु कोसेलीका रुपमा लैजान चाहने र ति सामाग्रि विभिन्न स्थानमा खोज्दा हैरान हुने भएकाले पनि कोसेली घरको आवस्यकता भएकाले स्थापना गरीएको सञ्चालकको दावि छ । ताप्लेजुङमा आउने पर्यटकहरुले जिल्लामा उत्पादन भएको सामग्रीहरु एकै ठाउँमा पाउन सके सजिलो हुने थियो भन्ने सुझाव समेत दिएपछि कोशेली घरलाई अझ वढाउँदै लगेको उहाँको भनाई छ । पर्यटकले कोशेली घरमा सामान खरिद त गर्छन् नै साथै उहाँका उत्पादन संग फोटो समेत खिच्नेको समेत भिड लाग्ने गरेको अनुभव सुनाउँछन् गुरुङ । जिल्लाका उत्पादनहरु कोशेलि घरको माध्यमवाट माग भए अनुसार धरान, विराटनगर, काठमाण्डौँ तथा वाहिरी देशमा समेत पुर्याउन सकिने गुरुङको भनाई छ । साथै कोशेली घरमा स्थानिय स्तरमा उत्पादन भएको वस्तुहरुलाई समेत खरिद गर्ने गरेको छ । जसवाट यहाँका ग्रामिण स्तरमा उत्पादित सामग्रीलाई विक्री नहुने समस्या पनि हटेको छ । पाथिभरा पर्यटन सेवा समाजले सञ्चालन गरेको कोसेलीघर स्थापनाका लागि लागि घरेलु, वातावरण संरक्षण मञ्च, कार्यालयले आर्थिक सहयोग गरेका छन् ।