गर्मी र वर्षा मौसमको सुरुवात सँगसंगै विषालु सर्पको डसाइ सम्बन्धि घटनाहरु बाक्लै रुपमाविभिन्न संचार मध्यमहरुमाआउनथालेका छन्। स्रोतकाअनुसार, सर्पदंश बाट नेपालमा हरेक वर्ष १६२ जनाले (प्रति एक लाखमा) ज्यानगुमाउने गर्दछन्। प्रायजसो किसान, गोठाला, खेताला, माझी, वनतथा खेतबारीमाकामगर्ने व्यक्तिहरु सर्पदंशको उच्चजोखिममा पर्ने गर्दछन्। सर्पले कहिल्यै पनीमानिसलाई शिकारको रुपमाखोजिखोजि डस्ने गर्दैन। तर अन्जानवस कसैले सर्पलाई टेक्न पुगेमावात्यसलाई जिस्क्याएमा सर्पले खतरा महसुस गरी आफ्नो प्रतिरक्षा को लागि डस्ने गर्दछ।

[caption id="attachment_50527" align="aligncenter" width="1800"] फायलफाेटाे[/caption]

के हुन् त सर्पदंशका लक्षणहरु ? सर्पदंशको लक्षण सर्पको प्रजाति अथवा विषको रसायनिक संरचना अनुसार फरक-फरक किसिमको हुने गर्दछ। तराईमा हुने सर्पदंशहरु मध्ये अधिकांश ‘ईलापिडी’ भनिने समूहअन्तर्गत पर्ने गोमन र करेत प्रजातिका विषालु सर्पहरुको डसाइबाट हुने गरेको पाईएकोछ। उक्त प्रजातिका सर्पको डसाईबाट व्यक्तिमा स्नायुघात भई निम्न लक्षणहरु देखा पर्ने गर्दछन्।  आँखाको ढकनी भारी महशुस भई हेर्न सक्ने गरी आँखा उघार्न नसक्नु । मुख खोल्न तथा जिब्रो बाहिर निकाल्न नसक्नु ,कुनै पनी कुरा निल्ननसक्नु ,सास फेर्न गारो हुनु, हात खुट्टाका मांसपेशी नचल्नु,  मुखबाट निस्किएको रालले घाँटी टालिएर सास फेर्न नसक्नु, डसेको ठाउँ को घाउ पाक्नु सुन्निनु र तन्तुहरु मर्न थाल्नु ‘भाईपेरिडी’ भनिने समूहअन्तर्गत पर्ने हरेउ सर्पको डसाई बाट भने गिजा, पेट, आन्द्राआँखा, तथा शरीरमालागेका घाउ-चोट आदिबाट बाहिरी तथा आन्तरीक रक्तश्राब हुने गर्दछ।

बच्ने कसरीे त सर्प दंश बाट? कुनै पनी सर्प देखिएको खण्डमा त्यसलाई समात्ने, जिस्क्याउने तथा चलाउने जस्ता कार्य नगरौं । रातको समयमा बाहिर निस्कनु परेमा चप्पल लगाउनुको सट्टा कडा किसिमका जुत्ता तथा पुरै खुट्टा ढाक्ने खालको लामो, बाक्लो पेन्ट वा ट्राउजर लगाउने गरौँ । घर खेत आदिमा देखिने दुलादुलीहरु तथा रुखका खोक्रो मुढाहरु, बाक्लो घाँस, झाडी, काठको थुप्रो तथा इँटा, ढुङ्गाजस्ता निर्माण सामग्रीहरु थुपारेको ठाउँमा जथाभावी रुपमा हात नहालौं । घर वरिपरी मुसा बस्ने दुलादुली छन् भने समयमै टालटुल पारौं । यदि घरमा मुसाको बिगबिगी छ भने त्यसलाई नियन्त्रण गरौँ किनकि यिनीहरुले सर्पलाई आकर्षित गर्ने गर्दछन् । घरआँगन छेउछाउ तथा वरिपरि रहेका लामालामा घाँस झारपात भएमा तिनलाई मसिनो गरी छाटौँ, भुइँमा नसुतौं, सधैं झुल टाँगेर मात्र सुत्ने गरौँ  । रातको समयमा बाहिर निस्कनु परेमा सदैव टर्चलाइट अथवा बत्तीको प्रयोग गर्ने गरौँ ।   बच्चाहरुलाई सर्पहरु लुकेर बस्न सक्ने सम्भावित स्थान र क्षेत्र तिर जान बाट रोकौं ।  मादकपदार्थ सेवन गरेको बेलामा सर्पलाई जिस्क्याउने चलाउने जस्ता कार्य नगरौं, केवल बाहिरी बनावट र रङ्गको आधारमा सर्प विष रहित हो भन्ने कुरामा विस्वस्त नबनौं । आफ्नो बसोबास रहेको स्थानबाट सबैभन्दा नजिकैको सर्पदंशउपचार केन्द्र र त्यहाँ उपलब्ध हुने विष प्रतिरोधी औषधी भए नभएको जानकारी राख्ने गरौँ ।

सर्पले डसेमा तत्काल के गर्ने? सर्पदंशबाट व्यक्तिको मृत्यू हुने प्रमुख कारण, समयमै सम्बन्धित उपचार केन्द्रसम्म पुग्न नसक्नु हो । सर्पले डसेको थाहा पाउने बित्तिकै अथवा डसेको शंका लाग्न साथ निम्न कुराहरु प्राथमिक उपचारको रुपमा तत्काल अपनाउने गरौँ । सर्पले डसेको स्थानलाई साबुनपानीले राम्रोसँग धोई सफा गरौँ । सर्पले डसेको स्थानलाई (हात खुट्टा भएमा मात्र) लामो काठ बाँस लौरो आदिको काम्रो बनाई नहल्लिने गरी बाँधेर स्थीर राखौं । डसेको स्थान सहित सो को तल्लो र माथिल्लो भाग ढाकिने गरी चौडा किसिमको टाई, कपडा अथवा ब्यान्डेजले ठिक्कको कसीलो पारि फन्फनी बेरेर बाँधौं । यदि सर्पलाई अघि नै मारी सकेको भएत्यसको पहिचानको लागि मरेको सर्पलाई पनि बिमारीसँगै उपचार केन्द्रमा सुरक्षित तवरले लैजाऔं ।  बिमारीलाई हतोत्साहित हुन नदिन सान्तवना एवम् ढाडस दिँदै जतिसक्दो चाँडो मोटरगाडी, नभए मोटरसाइकलबाट विषप्रतिरोधी औषधी उपलब्ध भएको सर्पदंशउपचार केन्द्र लैजाउँ ।

के नगर्ने? अनावश्यक रुपमा धामी झाँक्री, झार-फुक तथा जडी-बुटीको पछि लागेर महत्वपूर्ण समय खेर नफालौं जसका कारणले उपचारमा ढिलाइ भई बिमारीको मृत्यु हुन सक्छ । सर्पले डसेको ठाउँमा धारिलो बस्तुले काट्ने, चिर्ने, अथवा कुनै तातो वस्तुले डाम्ने नगरौं ।  सर्पले डसेको ठाउँमा मुखले चुसेर अथवा कुनै यन्त्र प्रयोग गरेर रगत तान्ने कोशिस नगरौं ।  जडीबुटीको प्रयोग गरी वा बिजुलीको झट्का दिएर वा बर्फ लगाएर उपचार गर्ने कोशिस नगरौं  ।  विषालु सर्पले डसेको व्यक्तिलाई खोर्सानी खुवाउँदा पिरो महशुस हुदैन भन्ने धारणा गलत हो त्यसैले

यस्तो कार्य नगरौं सर्पले डसेको ठाउँमा जिउँदो कुखुराको मलद्वार लगाएमा विष चुस्छ भन्ने धारणा पनि गलत हो त्यसैले यस्तो कार्य नगरौं ।  सपेरा वा अन्य व्यक्तिले तन्त्र-मन्त्र गरी विष प्रतिरोधी भनी दिएको ताबिज, माला, बुट्टी तथाकथित् नागमणि भनिने जस्ता वस्तुहरुको भर नपरौं । अविषालु सर्पले डसेको भए तापनि विषको असर कम हुन्छ भन्ने ठानेर डोरी, प्लास्टिक, कपडा, तार, आदिले हातखुट्टा कसेर नाबाँधौँ जसले गर्दा उक्त अङ्गहरुमा रक्तप्रवाह बन्द भई पपछि हातखुट्टा नै बिग्रिएर काट्नुपर्ने सम्मको अवस्था आउन सक्दछ ।  सर्पलाई समात्न वा मार्न खोजेर अर्को डसाइको खतरा नमोलौं यस्तो कोशिसले उपचारमा ढिलाई भई बिमारीको ज्यानै समेत जान सक्दछ ।

मिलन खरेल प्राणी शास्त्र विभाग त्रिभुवन विश्व विद्यालय, केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरान (सन्दर्भ स्रोत: सम्बन्धित वेबसाइट, ’नेपालकाविषालु सर्पहरु’नामकनिर्देशिका)