धनकुटा । मालपोत कार्यालय धनकुटामा रजिष्ट्रेशन पास गर्दा जग्गा लिने र दिने बीचको आपसी मिलेमतोले गर्दा राजस्व छली हुने गरेको निमित्त कार्यालय प्रमुख रामबहादुर कार्कीले बताएका छन् । आ.व.०७४÷०७५ को प्रगति विवरण स्थानीय सञ्चारकर्मीहरूमाझ सार्वजनिक गर्ने क्रममा निमित्त प्रमुख कार्कीले जग्गाको मूल्याङ्कन पुस्तिकालाई व्यवस्थित गर्न रजिष्ट्रेशनको सेवा शुल्कमा राजस्व छली हुने गरेको बताएका हुन् । उनले स्थानीय तहबाट गलत तरिकाले सिफारिस आउने गरेको र ऋणी–धनीबीच एक आपसमा मिलेर मूल्य कम देखाउँदा राजस्व छली हुने गरेको बताए । तर, उनले विदेश जानु प¥यो, कुनै पनि बैङ्कमा सम्पत्ती देखाउनु प¥यो भनेमात्र सेवाग्राहीले जग्गाको वास्तविकभन्दा बढी मूल्य देखाएर रजिष्ट्रेशन पास गर्ने गरेको दाबी गरेका छन् । मालपोत कार्यालय धनकुटाले आव ०७४÷०७५ मा जग्गा रजिस्ट्रेशन र अन्य दस्तुर असुलीबाट २ करोड, १८ लाख, ३ हजार, ५ सय ८२ रुपैयाँ आम्दानी गरेको निमित्त कार्यालय प्रमुख कार्कीले बताए । उनले आ.व.०७४÷७५ को लक्ष्य २ करोड, ४२ लाख, ५९ रहेको भएपनि राजस्व छलीका कारण पुग्न नसकेको बताए । पुर्जा बिक्रीबाट ९३ लाख, रोक्का दस्तुरबाट १ लाख, ३१ हजार, १ सय, रजिष्ट्रेशन सेवा शुल्कबाट ३५ लाख, ४० हजार, ५ सय, नाम्सारी दस्तुरबाट ४ लाख ७५ हजार ५ सय ७८, पुँजिगत लाभकरबाट २० लाख ९१ हजार ७ सय १३ गरी जम्मा २ करोड ८१ लाख, ३५ हजार ४ सय ५५ रुपैयाँ भएको निमित्त प्रमुख कार्कीले बताए । तुलनात्मक रूपमा १२ महिनामध्ये पौष महिनामा सबैभन्दा बढी ४९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको तथ्याङ्कमा देखाइएको छ । आव ०७३÷०७४ मा भने २ करोड, ३८ लाख, ६० हजार लक्ष्य थियो भने प्रगति २ करोड, २७ लाख, ३७ हजार, ३ सय २१ रुपैयाँ भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । अर्का मालपोत अधिकृत जितमान जिमीले आव ०७४÷७५ मा महिला २५ प्रतिशत, दलितलाई २५ प्रतिशत, अपाङ्ग र वृद्धलाई २५ प्रतिशत गरी ३४ लाख, ४० हजार, ६१ रुपैयाँ राजस्व छुट गरिएको बताएका छन् । जिमीले मालपोत कार्यालयले आव ०७४÷७५ मा जम्मा गरेको राजस्व आम्दानी जिल्ला समन्वय समिति धनकुटामा ९४ लाख, ८२ हजार, ९ सय, ३५ रुपैयाँ, राजस्वमा ३८ लाख, २१ हजार ९ सय ५७ रुपैयाँ, मालपोत कार्यालयलाई प्राप्त कुल रकमको ७ प्रतिशत ६ लाख ६३ हजार ८ सय ६ रहेको बताएका छन् । त्यसैगरी मालपोत कार्यालयको लागि प्राप्त ६ लाख मध्येबाट नापी कार्यालयलाई २ लाख र बाँकी ४ लाख मालपोत कार्यालयमा नै रहने प्रगति प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी अघिल्लो वर्ष जग्गाधनी १ लाख २५ हजार १ सय २५ जनाले जग्गाको रजिष्ट्रेशनको कारोबार गरेकोमा यस वर्ष २ हजार ३ सय ३ जनाले मात्र रजिष्ट्रेशनको कारोबार गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । यस वर्ष १ हजार १ सय ४१ जग्गाधनीको नाममा रहेको जग्गा खारेज गरिएको छ । त्यसैगरी अघिल्लो वर्ष १ लाख ७० हजार १ सय ८५ कित्ता जग्गा कारोबार भएकोमा आव ०७४÷७५ मा १ हजार७ सय ९५ कित्ता जग्गाको कारोबार गरिएकामा यस वर्ष ८ सय ९५ कित्ता खारेज गरिएको मालपोत अधिकृत जितमान जिमीले बताए । आईटी जनशक्तिको अभावमा मालपोत कार्यालयको तथ्याङ्कलाई कम्प्युटराइज गर्न चुनौती देखिएको मालपोत अधिकृत जिमीले औँल्याए । मालपोतको सबै खाले सेवालाई अनलाइन सिस्टममा लान नसक्दा धेरै समस्या झेल्नु परेको कार्कीले बताए । उनले हालसम्म मुलुकको ४६ जिल्लामा अनलाइन सेवा शुरु भइसकेकाले अब चाँडै धनकुटा जिल्लामा पनि अनलाइन सेवा सुरु हुने कार्कीले बताए । उनले अहिले १ जनामात्र मालपोत कार्यालयमा कम्प्युटर अपरेटर रहेकाले पनि काम सुरु हुन नसकेको बताए । उनले अनलाइन सेवा सुरु गर्दा कम्तीमा ५ जना कम्प्युटर अपरेटर आवश्यक पर्ने भएकाले विभाग र मन्त्रालयले धनकुटामा पहिलो पटक कम्प्युटर अनलाइन सेवा सुरु गर्न प्राथमिकतामा राखेको बताए ।