इटहरी/ सरोकारवाला निकाय मौन सुनसरी –मोरङ सिँचाइ योजनाको नहर अतिक्रमण बढ्दै गएको छ । २०७० सालमा नहर आसपास बनेका घरटहरा सरकारी निकायले हटाए पनि ५ वर्ष पछि पहिलाकै जस्तो टहरा निर्माण गर्ने क्रम बढेको छ । तर सम्पूर्ण अधिकार पाएको सुनसरी–मोरङ आयोजनाको कार्यलय भने देखे पनि नदेखे झै गदै आएको छ ।  सिँचाइ आयोजनाको ६८ हजार हेक्टर जमिन छ । यो नहरको दायाँबायाँ पर्छ । सोही जमिनमा बनाइएका घर–टहरा भत्काएको ५ वर्ष पछि पुःन रामधुनी नगरपालिकाको झुम्का बजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढेको स्थानीयहरु बताउँछन् । नहरको डिल तथा नहर नै अतिक्रमण गरी बनाइएका घर–टहरा, गोठ तथा अन्य भौतिक संरचना हटाउन सिचाई आयोजनाले सकेको छैन ।

स्थानीय अगुवा तथा नेपाली काग्रेसका तत्कालिन ६ नम्बर क्षेत्रीय सभापति उपेन्द्र कटुवालले सरकारी निकायकै सहयोगमा अतिक्रमण भएकोले रोकिनुको सट्टा बढेर गएको आरोप लगाए । नहर स्तरउन्नतीका लागि सरकारले खासै चासो नदिएको उनको आरोप छ । नहर वर्षेनी मिचिने क्रम रहेको भन्दै कडाई गर्नुको विकल्प छैन उनी भन्छन् । नहर मिचिदै गएपछि उपभोक्ता चिन्तित बनेका छन् । गरीब र सुकुम्बावी मात्र नभई व्यापार व्यवसाय चल्न थाले पछि सिँचाइ आयोजनाको जग्गा अतिक्रमण भईरहेको रामधुनी ३ कै सागर खतिवडा बताउँछन । जुनसुकै बेला हटाउन सक्छ भन्ने राम्रोसँग ज्ञान उनीहरुमा भए पनि जवरजस्त सरकारी जग्गामा उनीहरु हड्प्दै बसीरहेको उनको भनाई थियो । नहरको डिलमा जोखिम मोलेर भए पनि सर्वसाधरणहरु टहरा हाल्दै बस्दै आएका छन नहरको डिलमा बनेको घर टहरा देखाउँदै खतिवडाले भने ।

नहरको डिलमा बस्दै आएका गणेश दमाईले आफ्नो बस्ने ठाउँ कहि नभएको कारण नहरको डिलमा बस्दै आएको बताए । ‘आफ्नो जग्गाजमिन केही छैन, रिक्सा चलाएको पैसाले बिहान–बेलुकाको छाक टार्न ठिक्क हुन्छ उनले भने । २१ वर्ष देखि यही नहरमा बस्दै आएको छु । २०७० सालमा हटायो फेरी यही आए बसे उनी भन्छन् । परिवार पाल्न र खानै ठिक हुने कमाई छ हामी कहाँ जानु उनले भने । आफुहरु मात्र नभई पहिला टहरा भत्काईएकाहरु पनि पुन टहरा बनाउँन थालेको बताए ।  नहर किनारमा पूर्व पहाडी जिल्लासँगै तराईका विभिन्न ग्रामीण क्षेत्रबाट आएका बासिन्दाले घरटहरा निर्माण गरेका छन् । लामो समय देखि नहरमै बस्दै आएकी साहाना खातुन पनि आफ्नो जग्गा जमिन नभएकै कारण लामो समय देखि नहरमा जोखिमपूर्ण पमा बस्दै आएको बताईन । जग्गा जमिन भएको भए किन यहाँ बस्थे र उनले भनिन् । उनीहरु जस्तै अन्यले पनि केहि नभएको भन्दै नहरको जग्गा अतिक्रमण गरीरहेका छन् ।  यस अघि छ करोड रुपैयाँ खर्चेर घर–टहरा भत्काइएको थियो। २०१८ सालमा सुनसरी मोरङ–सिँचाइ आयोजनाले चतरा नहर निर्माण गरेपछि नहर आसपास बग्रेल्ती घरटहरा निर्माण भएका थिए। त्यति बेला नहर आसपास हुनेखाने, मध्यम र निम्न वर्गीय परिवारले घरटहरा बनाएका थिए। चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार बिघा जग्गा सिञ्चित गर्छ। ५३ किलोमिटर लामो नहरको जग्गामा अतिक्रमण गरी घरटहरा बनाउने क्रम बढेको छ ।

नहरको जग्गा किनबेच हुदै सुनसरी–मोरङ सिचाई आयोजना अन्तगत नहरको जग्गा किन बेच सम्म हुने गरेको पाईएको छ । केहि अगुवाहरुले लामो समय देखि बस्दै आएको भन्दे ऐलानी जग्गा बिक्रि गर्ने गरेको पाईएको हो । रामधुनी ३ की ज्ञानु खड्काले आफुले ५८ हजारमा जग्गा किनेर बसेको बताईन । स्थानीय केहि अगुवाले नै ५८ हजारमा जग्गा दिलाइ दिएको उनको भनाई छ । लालीगुराँस विकास केन्द्रका अध्यक्ष देवान खड्काले टाठाबाठामा नहरको जग्गा समेत विक्रि गर्ने गरेको बताए । जग्गा किनबेच सम्म गर्ने गरेको भन्दै उनले भने सिचाईकै लापरवार्हीले जग्गा किनबेच र अतिक्रमण बढेको छ । त्यस्तै स्थानीय अगुवा डिल्लिबहादुर राईले पनि सिचाईको जग्गा दोहोन भईरहेको बताए । सिचाई आयोजनाकै हेलचेक्राईले अतिक्रमणका साथै जग्गा समेत किनबेच भएको छ उनले भने ।