पानवारी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप अत्याधिक बढेको छ । चाप बढेपछि प्रतिष्ठानले विरामीलाई भुइमा राखेर उपचार गरिरहेको छ ।
६० वेडको प्रतिष्ठानको आकष्मिक कक्षमा पछिल्लो समय १ सय ४० भन्दा धैरै विरामी आउने गरेको कारण उपचारका कठिनाई भएको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकहरुको भनाई छ । आकस्मिक कक्ष ६० वेड क्षमताको भए पनि दैनिक एकसय विरामीसम्मलाई उपचार गर्न सकिने चिकित्सक बताउँछन् । तर सयभन्दा बढी विरामीको चाप हुने वित्तिकै उपचारमा कठिनाई हुने आकस्मिक कक्षका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल बताउँछन् ।
उनका अनुसार बिरामीलाई राख्ने ठाँउ हुँदा त उपचार गर्न सहजै हुन्छ तर राख्ने ठाउँ समेत नहुँदा त कसरी उपचार गर्न सकिन्छ ? एचाईभी संक्रमित, टिवी, क्यान्सर लगाएतका संक्रमण हुने रोगका विरामीलाई छुट्टा छुट्टे कक्षमा राखेर उपचार गनुपर्ने हुन्छ तर ठाउँ अभावका कारण एकै ठाउँमा राखेर उपचार गर्न बाध्य छौ । ६० जानको क्षमताभएको आकष्मिक कक्षमा दोब्बर भन्दा धेरै विरामी चाप रहेको हुने गरेको भन्दै उनले भने –‘उपचार गर्ने जनशक्ति हामीसँग छ, तर विरामी राख्ने ठाउँ छैन अब कसरी गर्नु उपचार ?’
सधै विरामीको चाप उच्च हुने प्रतिष्ठानको आकस्मिक कक्ष पछिल्लो समय गर्मी बढेसँगै विरामीको चाप बढेको आकस्मिक कक्षका चिकित्सक रविन भण्डारीले वताए । उनले भने–‘आकस्मिक कक्षमा सधै क्षमता भन्दा धेरै विरामीको चाप छ । त्यसमा पनि यो गर्मीले गर्दा थपिएका विरामीमको कारण भूइमा समेत राख्ने ठाउँ छैन ।’ रोगको प्रकृती अनुसार विरामीलाई छुट्टा छुट्टै कक्षमा राखेर उपचार गर्नुपर्ने भए पनि स्थान अभावमा सबै प्रकृतीका विरामी एकै ठाउँमा राखेर उपचार गर्न आफुहरु बाध्य भएको डा. भण्डारीको भनाई छ । आकस्मिक कक्षमा विरामीको चाप अनुसारको ठाउँ नहुँदा आफुले दिने सेवा प्रभावित भएको बताउँदै उनले भने –उपचारमा समस्या मात्र होइन हामी आफै पनि जोखिम मोलेर काम गर्न बाध्य छौ ।
प्रतिष्ठनाले आकस्मिक कक्षको ४० वेड क्षमताको अब्जरवेसन कक्ष निर्माण सूरु गर्न लागेको थियो । आकस्मिक कक्षमा विरामीको चापलाई मध्यनजर गर्दे आकस्मिक कक्षको क्षमता विस्तारको काम सुरु हुन नपाउँदै रोकीए पछि झनै समस्या भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आकष्मिक कक्षको क्षमता विस्तारको काम सुरु भएकै दिन स्वास्थ्य मन्त्रालयको निर्देशनमा काम रोकीएको थियो । प्रतिष्ठानको विषयमा छानविन गर्न उच्च स्तरिय छानविन समिति गठन भएको र समितिले काम गरिहेको अवस्थामा कुनै पनि विकास निमार्णको काम नगर्नू भन्दै मन्त्रालयले काम रोकेको हो । क्षमता विस्तारको काम रोकेसँगै आकष्मिक विभागमा कार्यरत चिकित्सकहरुलाई भने समस्या परेको छ । आकष्मिक विभागले विरामीको चाप अत्याधिक हुँदा उपचारमा समस्या भएको भन्दै बारम्बार आकष्मिक कक्षलाई विस्तार गर्नुपर्ने माग गर्दै आएको छ । प्रतिष्ठानका प्रवत्ता डा. पशुपति चौधरीले भने –‘२५ वर्ष अघि बनेको भौतिक संरचनाले नै अहिले धान्नु परिरहेको छ । पछिल्लो समय इमरजेन्सीमा अत्याधिक बिरामीको चाप छ, यसलाई सुदृढ गर्न हामी लागी परिरहेका छौ । २–४ वटा प्राविधिक कुरा मिल्न बाँकी छ, त्यो मिलेपछि विस्तार कार्य हुन्छ ।’