इटहरी/ खोरेत रोगका कारण इटहरी आसपासका क्षेत्रको दुई सय पशु चौपाया बिरामी परेका छन् । यो क्रम अझ बृद्धि हुँदै जान थाले पछि किसानहरु चिन्तामा पर्ने थालेका छन् ।
[caption id="attachment_91770" align="alignnone" width="960"] न्यू बुढासुब्वा कृषि फर्मका खोरेत रोग लागेका गाई[/caption]एकातिर रोग बढ्दै गर्इरहेको र अर्को तर्फ उपचार हुन नसक्दा समस्या दिनानुदिन बढ्दो अवस्थामा रहे पनि इटहरी उपमहानगरले भने किसानहरुलाई वेवस्ता गरेको किसानहरुको आरोप छ । गाई वस्तुमा आएको खोरेत नामक सरुवा रोगको महामारी फैलिएको इटहरी १ आँपगाछीमा न्यू बुढासुब्बा कृषि फर्म सञ्चालन गदै आएको मनराज पुरीले बताए । उनले भने ४ गते एउटा गाईमा आएको सरुवा रोगले पुरै गोठमा फैलिएको जनाए । गाउँभरीको गाई वस्तु विरामी हुदै मर्ने थाल्दा पनि इटहरी उपमहानगरपालिकाले वेवस्ता गरेको उनको आरोप थियो । कृषकहरुको लागी पशु डाक्टर तथा प्राविधिक उपमहानगरपालिकामा भए पनि हेर्ने सम्म नआएको उनको गुनाासो थियो ।
बारम्बार रोग वारे जानकरी गराएपनि पशु स्वास्थ्यले औषधि तथा भ्याक्सिन नभएको बताउँदै आएको किसानहरुको भनाई छ । ४ वटा गाई एकै पटक विरामी भएको आनन्द राईसमिलका सरोज कटुवालले बताए । गाईमा खोरेत रोगले समस्या आएको उनी बताउँछन्। केहि दिन अघि देखि गाई विरामी भईरहेको उनको भनाई थियो । रोग वारे जानकरी गराउँदा पनि पशुस्वास्थ्यले ध्यान नदिएको भन्दै इटहरी वासीले आक्रोश पोखेका छन् । रोग लागे पछि गाईले दुध नै थोरै दिने गरेको किसानहरु बताउँछन् । हलगडाका किसान लाल चौधरीले एउटा गाई विरामी भएको भए पनि अहिले सम्म कसैले वास्ता सम्म नगरेको बताउँछन् । उनी भन्छन् अहिले सम्म कोहि आएको छैन खै गाउँभरी खोरेतको महामारी बढ्यो भन्ने हल्ला छ । पछिल्लो कहि दिन यता खोरेत रोगले गाई वस्तुमा विरामी सरेको उनको भनाई थियो । त्यस्तै हवाईचौकका यादव कार्कीको गाईलाई पनि खारेत रोग लागेको छ । खोरेत रोग महामारीको रुपम आईरहेको भन्दै किसानहरुले पशु कार्यलयले ध्यान दिनु पर्ने माग गरेका छन् ।
उता यो रोग इटहरी तथा आसपासको क्षेत्रमा फैलिएको इटहरी उपमहानगरपालिका अन्तरगतको पशु स्वास्थ्य शाखाका डाक्टर राजेश प्रसाद पौडेलले बताए । रोगले पशु चौपाया समेत मर्ने थालेको बताए । उनले इटहरी १ मा एक चौपाया खोरेत रोगकै कारण मरेको जनाउँदै उपचार गर्ने खर्चे उपमहानगरपालिकाले नदिएको कारण उपचार गर्ने नसकेको जनाए । उनले भने खोरेत रोगको इटहरीमा महामारी फैलिएको छ मैले उपमहानगरपालिकामा केहि दिन अघि नै जानकारी गराए तर बजेट नदिएको कारण हामीले महामारी रोक्ने प्रयास गरेका छैनौ । नाकै भरी फैलिएको यो रोग कतिले आफ्नै खर्चमा औषधि प्रयोग गरिरहेका छन भने धेरैले उपचारै गरेका छैन । रोग बढ्ने क्रम जारी रहेको छ । गाई वस्तुमा खोरेत लागेमा खुरको बिचमा घाउ हुने , वस्तुलाई ज्वरो आउने , र्याल काढ्ने लगायतका लक्षण देखिने डाक्टर पौडेलले बताए । एउटा घरमा खोरेटको समस्या देखिएमा पुरै गाउँमा नै यसले प्रभावित पार्ने हुनाले सुरक्षा अपनाउन डाक्टर पौडेलको आग्रह छ ।
इटहरी उपमहानगरपालिकाको प्रशासकिय अधिकृत सञ्जय अधिकारीले खाता सञ्चालन नभएको कारण समस्यामा समस्या भएको बताए । खोरेत रोगले बस्तुहरु धेरै विरामी परेको कारण यसलाई चासोको साथ हेरिएको बताए । हामी पुशलाई लागेको खोरेत रोगको विषयमा चाडै छलफल गछौ र निकाश निकाल्छौ । तर किसानहरुले भने उपमहनगरपालिकाले बारम्बार वेवस्ता गदै आएको बताउँदै आएका छन ।