एन्ने लाउडरको एउटा भनाइ छ–हरेक अभिभावकले आप्mनो बच्चाको लागि के के गरिनँ भन्दा पनि के के गर्न सिकाएँ, जसको माध्यमबाट जीवनमा आपूmलाई सफल मानव व्यक्तित्व सावित गर्न सकेँ भन्ने कुरामा गर्व गर्ने संस्कारको विकास गरौँ भन्ने उद्गारबाट यो लेख प्रारम्भ गर्दैछु । सबैलाई थाहा छ, यो युग सूचना र प्रविधिको हो । यिनै युगका सुन्दर उपहार हुन् इन्टरनेट वा वाईफाई सेवा आदि इत्यादि । यस्तै, पिसी र पिसीमा कन्सोल जस्तैः ल्यापटप, नेटबुक, ट्याब्लेट, ह्याण्डहेल्ड प्रणाली, आइपोड र स्मार्टफोनहरू आदि इत्यादि पर्दछन् । अब त बालबालिकाहरूका उपनाम समेत डिजिटल राख्दा फरक पर्दैन । जो भोलिका देशका कर्णधार समेत हुन् । आज सर्वत्र अभिभावकको टाउको दुखाइ नै आफ्ना बालबालिकालाई कसरी भिडियो गेमबाट छुट्कारा दिने भन्ने हो । असामान्य बालबालिका बाहेक एकान्नब्बे प्रतिशत बालबालिका अधिकाशसमय मोबाइल, आइप्याड र ल्यापटपमा चुर्लुम्म डुबेको पाइन्छ । स्वभाविक रूपमा आधुनिकताले आविष्कार गरेको कुनै पनि प्रकारका प्रविधिलाई साक्षात्कार गर्नु अनिवार्य छ । यो प्रविधि उत्पादन गर्ने कम्पनीले समेत आजका बालबालिकालाई नै लक्षित गरेर बजारमा ल्याएको हो । तर हरेक प्रविधिको फाइदा र बेफाइदा हुन्छ । जसलाई सही ढङ्गले सदुपयोग गर्दा मात्र सकारात्मक प्रभाव राख्दछ ।
सृष्टिकर्ता ब्रह्माले समेत राम्रा र नराम्राको मिश्रणबाट सबथोक सृष्टि गरीसके पछि राम्रैराम्राको सम्मिश्रणबाट सृष्टि गर्दा खाडी मुलुकमा पाइने उँटको सृष्टि भएको भन्ने कहानी छ । जुनसुकै प्रविधिलाई पनि अनुशासित भई सदुपयोग गर्नु उत्तम हुनेछ । जे चिज पनि अधिकतम् प्रयोगले नकारात्मक हानि मात्र गर्दछ । हरेक खेलको नियम भए झैं हरेक प्रविधिको सही सदुपयोग गर्ने एउटा सीमा हुन्छ । अनुशासन हुन्छ । त्यहाँ अनुशरण हुन्छ । तर हाम्रा अधिकांश बालबालिकाहरु निश्चित सीमा र अनुशासनमा रहेर भिडियो गेम खेलाउन अभिभावक सफल भएका छैनन् । यो ज्वलन्त समस्याले अपवाद बाहेक सबैलाई सताएको हुनुपर्दछ । यस्ता प्रविधिको सही सदुपयोग गर्नाले फाइदा छ । एक अध्ययनले आठ वर्षदेखि बाह्र वर्षसम्मका बालबालिकालाई हप्तामा तेह्र घण्टासम्म भिडियो गेम खेल्न आदत बसेका नानीलाई आँखा र हात बीचको समन्वयात्मक सन्तुलन राम्रो विकास भएको पाइन्छ । बच्चाहरुको मांसपेशीको राम्रो विकास गर्न टेवा पु¥याउँछ । विद्यालयमा समेत यस्ता बालबालिकाले उत्कृष्ट प्रदर्शन गर्ने पाइन्छ । तर भिडियो गेमको अधिकतम् प्रयोगले बच्चाहरुको स्वास्थ्यमा समेत नकारात्मक असर पु¥याएको पाइन्छ । सक्रिय रुपमा खेल्नुपर्ने खेलहरुमा सहभागी हुन इन्कार गर्ने गर्दछ । शारीरिक अभ्यासहरु गर्न अल्छी लाग्ने बानीको विकास भएको हुन्छ । यसरी नै धेरै भिडियो गेम खेल्ने बच्चाहरुलाई टाउको दुख्ने गर्दछ । विस्तारै अस्पष्ट देख्न शुरु गर्दछ । छोटो दूरीको दृश्यमा समस्या आउने गर्दछ । यस्ता बच्चाहरुलाई बाहिरी समाजसँग समेत कम मात्र घुलमेल गर्ने बानीको निर्माण गर्दछ । सामाजिक गतिविधिहरुमा अरुची राख्ने गर्दछ । व्यक्तिगत रुपमा जिम्मेवारहीन बन्दै जानेछ । आफ्नो स्वास्थ्यको कम मात्र ख्याल राख्दछ । चाहिनेभन्दा कम अन्तरक्रिया गर्ने बानीको विकास हुने गर्दछ । प्राकृतिक सौन्दर्यमा कम लगाव हुने गर्दछ । म्यानुअल वर्कहरुमा समेत उत्कृष्ट प्रदर्शन गर्न असफल हुन्छ । म्यानुअल भन्दा भिज्युअल वर्कमा रमाउने बानीको विकास भएको पाइन्छ ।
यस प्रकारका बच्चा अर्गानिक खानाभन्दा जङ्क फुडमा धेरै रमाउने गरेको पाइन्छ । जसले अप्राकृतिक रूपले मोटाउने गर्दछ । हरियो सागपातमा अरुची राख्ने गरेको पाइन्छ । शारीरिक रूपले सक्रिय हुनुपर्ने कुनै पनि काममा संलग्न हुन कम रुची राख्ने गर्दछ । भिडियो गेमबाहेक अन्य दैनिक कार्यहरूमा कम तदारुकता देखाउने पाइन्छ । यस्ता एडिक्सन बानीबाट मुक्ति पाउनका लागि केही उपायहरु अपनाएर कम गर्न सकिन्छ । कडा नियम बनाएर मात्र गेम खेल्न दिनु पर्दछ । गृहकार्य सकेर मात्र गेम खेल्ने शर्त राख्नु पर्दछ । त्यो पनि अनिवार्य अभिभावकबाट अनुमति लिएर दिनमा दुईदेखि तीन घण्टासम्म मात्र खेल्ने नियमको कडा पालना गराउनु पर्दछ । कुनै एउटा आफ्नो कार्य सकेर मात्र गेम खेल्न पाउने नियमको आवश्यकता हुन्छ । यस्ता बच्चाहरुलाई धेरै व्यस्त राख्न सक्नु पर्नेछ । उसको हरेक दैनिकीलाई ख्याल राखेर समय तालिका बनाई व्यस्त राख्न सक्नु पर्दछ । अन्य मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय रूपमा संलग्न गराउनु पर्दछ । विभिन्न खेलहरुको प्रशिक्षणमा सहभागी हुनलाई प्रेरित गर्नुपर्दछ । जसरी हुन्छ, उसलाई हरेक दृष्टिकोणबाट व्यस्त राख्न सक्नु उत्तम उपाय हुन्छ । अतिरिक्त खेल एवम् मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय रूपमा खाख्नु पर्दछ । बालबालिकाहरूका असल र खराब व्यवहारहरू उनीहरुलाई दिने पुरस्कारले समेत निर्धारण गर्दछ । कहिलेकाहीँ अभिभावकहरूले आकस्मिक रूपमा दिने पुरस्कारले बालबालिकाको खराब बानीलाई प्रोत्साहित गर्ने गर्दछ । बालबालिकाको खराब बानीलाई प्रोत्साहित गरिन्छ भने त्यस्ता बानीहरु झन्–झन् बढ्दै जाने हुन्छ । त्यस्ता बानीव्यवहार जसलाई प्रा्ेत्साहित वा दण्डित गरिन्छ । जसका कारण कमजोर हुँदै जान्छ र भविष्यमा गएर हराउँदै जान्छ ।
यी माथिका उपायहरु अभिभावकले अवलम्बन गरेमा बच्चाहरुलाई केही हदसम्म भिडियो गेम खेलिरहने बानीबाट उन्मुक्ति दिन सकिन्छ कि भन्ने मेरो निश्कर्ष हो ।