पथरी । मोरङ लेटाङ नगरपालिका – ३ मा रहेको प्राथमिक स्वास्थ केन्द्ररुपमा बिकास भएपनि अहिले स्वास्थ चौकी सरह संचालन हुदै आएको छ । पुरानै भवन,जनशक्तिको अभाव र केन्द्रको प्रयाप्त जग्गा नभएकै कारण स्वास्थ चौकीकै सरह सेवा दिर्दै आएको हो । २०४२ सालमा स्थापना भएको स्वास्थ चौकी एक दशक अघि प्राथमिक स्वास्थ केन्द्रको रुपमा विकास भएको थियो । केन्द्रमा प्रर्याप्त जग्गा, सुविधा सम्पन्न भवन र जनशक्ति नभएकै कारण अहिले सम्म स्वास्थ चौकीको रुपमा संचालन हुर्दै आएको केन्द्रका प्रमुख डा. बसन्त कुमार शाहले बताए । हेर्दा नै फोहोर देखिने सबै पुराना भवनहरु छन् । पुराना भवनमा बिरामी दैनिक चेकजाँच हुने गरेका छन् । केन्द्रले एक्सरे मेसिन भखरै सुरु गरेको छ । मेसिन राख्ने कोठाको अभावमा एक बर्ष अघि ल्याएको एक्सरे मेसिन १५ दिन अघि संचालनमा ल्याएको हो । डाक्टरहरुको भाषामा लेटाङ दुर्गम क्षेत्रमा पर्दछ । पहाडी क्षेत्रको फेदीमा रहेको लेटाङ बजार पुग्न पूर्वपश्चिम राजमार्ग स्थीत कानेपोखरी देखि लगभग ८ किलोमिटरको जंगल यात्रा गर्नुपर्ने हुन्छ । अहिले केन्द्रमा आकस्मिक सेवा छैन् । ओपीडि सेवा मात्र मुस्किलले चलेको छ । दुर्गम क्षेत्र भएकै कारण अहिले एक जना डा. बसन्त कुमार शाहको भरमा स्वास्थ केन्द्र संचालन हुर्दै आएको छ । डा. शाह नभएमा केन्द्रको सेवा ठप्प नै हुन्छ । केन्द्रमा नेपाल सरकारले डा. सुमन तामाङ र डा. सजिना भण्डारी दुई जना एमविविएस डाक्टर पठाएको थिए । ४ महिना अघि करार सेवा सकिएर डा. सुमन तामाङ गएका छन् भने डा .सजिनाले अन्तै सरुवा लिएर गएका छन् । केन्द्रमा तीन जना एमविविएस डाक्टर हुदा पालै पिलो चेकजाँज गर्न धेरै सहज भएको थियो अहिले एक्लै गाह्रो भैरहेको डा. शाह बताउँछन् । उता एकजन अहेव, एकजना एचए र एकजना कार्यालय सहयोगीको दरवन्दी पनि खाली रहेको छ । अहिले स्र्टाफ नर्स १ जना अनमी ३ जना,अहेव २ जना,कार्यालय सहयोगी १ जना, सुपर १ जना र ल्याव टेक्नीसियन १ जना कार्यरत छन् । अहिले लेटाङ नगरपालिका र आसपासका स्थानीयतहबाट दैनिक ५० देखि ८० जनाले उपाचारको सेवा लिदै आएको छ । एक बर्ष अघि १० देखि २० जना सम्मले उपचारको सेवा लिन आउने वडा नं. ३ का वडाध्यक्ष तथा स्वास्थ केन्द्रका अध्यक्ष देवराज चाम्लिङले बताए । स्वास्थ केन्द्रको नाममा १२ कट्ठा मात्र जग्गा छ, पुरानै भवनहरु छ । नेपाल सरकारबाट भवनको सहयोग आउन १८ कट्ठा जग्गा चाहिने भएकोले अहिले सम्म केन्द्रले प्रगति गर्न नसकेको अध्यक्ष चाम्लिङ राईले बताए । उनले भने–‘केन्द्र भएको स्थानमा जग्गाको धेरै महगो छ, किन्नै सकिन्दैन । केन्द्रको बिकासमा अव हाम्रो प्रयास जारी रहने छ । एम्बुलेन्सको पनि आवश्यकता छ । तर यहाँ नेपाल सरकारले निःशुल्क दिने औषधिको धेरै अभाव हुने गरेकोले सेवाग्राहीहरु अन्तै जाने गरेका छन् । ’ यस आर्थिक बर्षमा लेटाङ नगरपालिकाले प्राथमिक स्वास्थ केन्द्रको लागी डिजिटल एक्सरे मेसिन खरिद गर्न ९ लाख रुपैया बजेट विनियोजन गरेको नगरप्रमुख शंखर राईले बताए । केन्द्रमा २४ सैँ घण्टा प्रसुती सेवा संचालनमा छ । केन्द्रमा आर्थिक बर्ष २०७४÷०७५ मा १३० जनाले प्रसुती गरेको छ । त्यसैगरी २०७३÷०७४ मा ८४ जनाले सुरक्षित प्रसुती गरेका छन् । केन्द्रको तथ्याङलाई हेर्दा प्रसुती गराउनेको संख्या दोब्बरले बढेको प्रमुख डा.शाह बताउँछन् । मासिक २० जनाले सुरक्षित गर्भपतन गराउने केन्द्रको तथ्याङमा छ । यस स्थानकालाई सुरक्षित गर्भपतनमा ५० प्रतिशत पनि सेवा दिन नसकेको केन्द्रको भनाईछ । ३५ हजार भन्दा बढी जनसंख्या भएको लेटाङ नगरपालिकामा जाँते,वारङ्गी र भोगटेनीमा गरी जम्मा तीन वटा स्वास्थ चौकी र एउटा प्राथमिक स्वास्थ केन्द्र रहेका छन् ।