यासोक/पाँचथरदेखि दैनिक दर्जन बढि सावारी साधनहरु तमोर काेरिडोरको सडक हुदै धरान, इटहरी, झापा र बिराटनगर जस्ता पुर्वका प्रमुख व्यापारीक केन्द्रमा आवत–जावत गर्ने गर्दछन् । निर्माणधिन अवस्थामा रहेको तमोर काेरिडोर सडकको पाँचथरदेखि धनकुटाको मुलघाट सम्मको सडकमा सानाठुला गरि ६ वटा खोलाहरु छन् । हिउद र बर्खाको समयमा सवारी साधनहरु खोला तर्ने गर्दछन् । खोलामा पुल नहुदा पनि खोला तर्नुपर्ने बाध्यता भएको सवारी चालक राकेश बिश्वकर्माले बताए । कहिलेकाही पहाडको सिरमा पानी पर्दा अचानक खोलाहरु बढ्ने गर्दछन् । बढेको खोला तर्न निकै सकस हुन्छ, उनले भने । पाँचथरदेखि धरान, इटहरी र बिराटनगरसम्म व्यक्तीगत काम र आफन्त भेटघाटको लागि पनि स्थानीयहरुको रुचि तमोर काेरिडोर नै हुने गर्दछ । खोलामा पुल नहुदा आफुले जोखिम मोलेरै भएपनि उक्त सडकको यात्रा गर्ने गरेको बिश्वकर्मा बताउँछन् ।

ताप्लेजुङको ओलाङचुङ गोलादेखि तराईको मुख्य शहरहरु जोड्ने तमोर काेरिडोरको दर्जन बढि स्थानमा अहिले सडक स्तरउन्नतीको काम हुदै आएको छ । सडकको अधिकांश क्षेत्र समयमै मर्मत सम्हार नहुदा जीर्ण भएको छ । भीरालो र सागुरो सडकमा यात्रा गर्दा जोखिम भए पनि छोटो समयमै गन्तब्यमा पुग्न सकिने भएकाले पनि स्थानीयहरुको रोजाई काेरिडोर नै हुने गर्दछ । सडकको अवस्था जीर्णभएपनि जसो तसो सवारी साधनहरु ओहोर दोहोर गर्ने गर्दछन् । तर खोलामा पुल नहुदा भने बर्खामा खोला बढ्ने कारणले गर्दा थप समस्या हुने पाँचथरको तुम्बेवा गाउँपालिकामा घर भई हाल धरानमा व्यवसाय गर्दै अाएका प्रकाश अधिकारीले बताए । कुनबेला पानी पर्छ, कुनबेला खोला बढ्छ थाहा हुदैन यस्तो अवस्थामा खोला तर्दा जोखिम उत्तिकै हुन्छ, सरोकारवाला र सम्बन्धित पक्षले चासो दिएर अल्पकालिन व्यवस्था गर्नुपर्ने उनि बताउछन् । पाँचथरको कुम्मायक गाउँपालिका तुम्बेवा गाउँपालिका सिमानमा रहेको सावाँ खोला, तुम्बेवा गाउँपालिका र धनकुटाको नावा खोला र धनकुटाको चौबिसे गाउँपालिकाको छरुवा खोला बढि जोखिम युक्त खोलाहरु हुन् । पानी परेर खोला बढ्दा घण्टाै सम्म सवारी साधनहरु छेक्ने गरेको र खोला घटेपछि मात्रै जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता स्थानीय सवारी व्यवसायी मोहनसुन्दर बुढाथोकीले बताए । चारपाङग्रे सवारी साधन त जसो तसो खोला तछर्न् तर दुइ पाङग्रे सवारी साधलाई भने समस्या हुने गरेको उनको भनाई छ । कतिपय दुई पाङग्रे सवारी साधनलाई बोकेर पनि खोला वारपार गर्नुपर्ने हुन्छ , उनले भने ।

तमोर नदिको आसपासमा खेति किसान गर्ने कृषकहरुको दैनिक जनजीवन परिपर्तन हुदै आएको छ । सडकको छेउछाउमा स्थानीयहरुले प्रशस्त मात्रामा व्यापार व्यवसाय र हाेटेल व्यवसाय सञ्चालन गर्दै आएका छन् । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरु बजारसम्म पुर्याउन यो सडकले ठुलो भुमिका खेलेको छ । तर खोलामा पुल नहुदा र सडक मर्मत सम्हारको अभावमा जीर्ण हुदा नागरिकले सास्ती भोग्दै आएका छन् ।